Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपप्रम उपेन्द्र यादव र मन्त्री शक्ति बस्नेत पनि अब ‘डाक्टर’ :)

Posted on October 11, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै कोस्टा रिकाबाट डाक्टर उपाधि पाए। उनी त्रिपल डाक्टर उपाधिधारी भइसके। यसअघि भारतको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय र विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले डाक्टर उपाधि दिइसकेको छ।

ओली क्याबिनेटमै रहेका उपप्रम तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वनमन्त्री शक्ति बस्नेतले पनि डाक्टर उपाधि पाएका छन्। यी दुवै मन्त्रीहरु प्रधानमन्त्री केपी ओलीको सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा गर्न हाल विदेश शयरमा छन्।

बिहीबार लन्डन दूतावासमा आयोजित कार्यक्रममा उनीहरुलाई डाक्टर उपाधि दिइएको हो। तर नझुक्किनुस् है, प्रधानमन्त्री ओलीलाई जस्तै कुनै विश्वविद्यालयले मानार्थ विद्यावारिधी दिएको भने हैन। उनलाई मिस प्रसुन्ना कँडेलले यो उपाधि दिएकी हुन्। कँडेल नेप्लिज नर्सिङ एसोसिएसन युकेकी प्रेसिडेन्ट हुन्।

उनले सम्बोधनका क्रममा पाहुना मन्त्रीहरु दुवैलाई डाक्टर भनेकी हुन्। डाक्टरहरुसँग संगत भइरहँदा मन्त्रीलाई पनि डाक्टर भन्नु कुनै ठूलो गल्ती हैन। मन्त्रीहरु पनि खुसी नै भए होलान्। कसैले मन्त्रीद्वयलाई पनि मानार्थ डाक्टर बनाइदिए हुन्थ्यो नि।

डाक्टर सम्बोधन हुँदाको भिडियो

2 thoughts on “उपप्रम उपेन्द्र यादव र मन्त्री शक्ति बस्नेत पनि अब ‘डाक्टर’ :)”

  1. Shankar says:
    October 11, 2018 at 4:25 pm

    डाक्टर हैन डाँका , देश लुट्ने डाँका हरु भन्न खोजेको हो | जिब्रो चिप्लिएर डाक्टर भन्न पुगिछन केहि छैन , येसो भन्दैगर्दा उपेन्द्र र शक्तिले छेउ छौ हेरे होलान कतै अरुलाई त् भनेको हैन |
    नेपाल मा पद मा भएका कुन चै डाक्टर ले गतिलो गरे
    | हेरौ
    १) एउटा डाक्टर सदै रास्ट्रको को ढुकुटीमा बिदेस गएर उपचार गर्यो , तर यथार्थ मा तेस्लाई त्यो रोग नै लागेको रहेनछ , काठमान्डू मा घर भै कन घरभाडा लिन्छ |
    २) आर्को डाक्टर आफु अर्थ मन्त्रो भएको २ महिनामै २अङ्क को आर्थिक ब्रिद्दीदार भयो भन्छ , आफु अर्थ मन्त्रि बाट गए देशको अर्थतन्त्र डावाडोल भन्छ |
    ३) एउटा डाक्टर देखाउन घर अगाडी मुस्ताङ्ग , घर पछाडी प्राडो
    येस्ता धेरै छन् , डाक्टर र डाँका मा फरक के ?

    Reply
  2. Suraj thapa says:
    October 11, 2018 at 12:26 pm

    बधाई छ सबैलाई.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme