Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसपी विष्टलाई डिएनए चेक गरेर किन चोख्याउन खोजेको होला?

Posted on October 9, 2018 by Salokya

कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले निर्मला बलात्कार तथा हत्याकान्डमा लापरवाही गरेको र उनको कार्यशैलीबाट स्थानीय बासिन्दा असन्तुष्ट रहेको भन्ने कुरा धेरै अघिदेखि नै आएको थियो। त्यो भन्नुको मतलब उनले नै बलात्कार गरेको भन्ने चाहिँ थिएन। त्यसो भए उनको रगतको नमूना निकालेर निर्मला पन्तको लाशको योनीबाट संकलन गरिएको भेजिनल स्वाबमा भेटिएको वीर्यको डिएनएसित किन भिडाइएको होला? घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिको प्रतिवेदन पढ्दा यो प्रश्न उठ्यो। शंका बरु उनका छोरामाथि थियो। तर बाबुछोराकै डिएनए चेक गर्न किन परेको होला? प्रतिवेदनमा उल्लेख भए अनुसार एसपी विष्टले त अनुसन्धानमा लापरवाही गरेको, प्रमाण नष्ट गरेको आदिको विषयमा पो छानबिन गर्नुपर्ने त। डिएनए चेक गरेर मिलेन भन्दै चोख्याउने सर्टिफिकेट किन दिनु परेको हो? नबुझेको कुरा!

प्रतिवेदनको निश्कर्ष र सुझाव खण्डमा उनीबारे यस्तो छ-

त्यसैगरी उनकै कारण प्रहरीप्रतिको विश्वास गुमेको पनि प्रतिवेदनमा औँल्याइएको छ

उनको लापरवाही देखाउने अन्य पनि बूँदा छन्-

बाबुलाई धम्कीको आरोप पनि छ

यति सब गर्ने एसपी विष्टलाई हिरासतमा नै लिई अनुसन्धान अगाडि बढाउने हो कि निलम्बनमात्र गरेर रगतको नमूना लिई डिएनए चेक गर्न लगाएर मिलेन है भनेर चोख्याउने सर्टिफिकेट दिने? कुरो कहाँ नमिलेको हो?

 

9 thoughts on “एसपी विष्टलाई डिएनए चेक गरेर किन चोख्याउन खोजेको होला?”

  1. prithvi says:
    October 12, 2018 at 8:21 pm

    निर्मला को लाश कम्मर मुनी नाङै बनाएर पानीमा डुबाएर भित्र सम्म पानी पसाएर राखेकाले त्यहा कुनै पनि बिर्य हुने सम्भावना नै रहदैन त्यस्माथी एकजना महिला प्रहरिले छ्याप छ्याप योनी पखालेकी समेत थियिन, यस्तो मा अपराधीको बिर्य जती परिक्षण गरेपनी मुख्य योनी भित्र हुनु पर्ने स्याम्पल बिर्य नै नभये पछी पत्ता लाग्ने कुरै भएन, सबै देखावटी मात्र हो । कसैलाई थाहा छ योनी भित्र कुनै बिर्य भेटिएको थियो? त्यस्को स्याम्पल काम लाग्ने गरेर सुरक्षित छ वा थियो?

    Reply
  2. Basant says:
    October 12, 2018 at 12:04 am

    धन्यबाद सालोक्य जी प्रस्ट पारिदिनुभएकोमा, देशकै रास्ट्रिय पत्रिकाले अस्पस्ट समाचार सम्प्रेषण गर्दा जनमानस मा गलत संदेश जाने हुदा सबैले बुझ्ने गरि छुट्टै ब्लग लेखेर फेरि पनि सबैलाई ब्लग मार्फत सचेत गर्नुभएकोमा तपाइलाई साधुबाद

    Reply
  3. Basant says:
    October 11, 2018 at 3:09 am

    सेतोपाटी अनलाइनले “निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले विष्ट लगायत चार जनाको मात्र डिएनए परीक्षणका लागि नास्ट पठाएको तर निर्मलाको भजाइनल स्वाबको नमूना नपठाएको तेस्पछि नास्टले चार जनाको डिएनए प्रोफाइल तयार पारेर प्रहरीलाई पठाएपछि प्रहरीले डिएनए नमिलेको निष्कर्ष आफैं निकालेको” भन्ने कुरा पो लेखिएको छ त् साचो कुरा चाही के रहेछ सालोक्य जी

    Reply
    1. Salokya says:
      October 11, 2018 at 12:22 pm

      नास्टले डिएनए चेक गर्दैन भन्ने कुरा थाहा रहेनछ। नेपालमा डिएनए चेक दुई ठाउँमा हुन्छ- प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र स्वतन्त्र निकायका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला। ‘राष्ट्रिय’ नास्ट अन्तर्गत पर्दैन। थप थाहा पाउन १४ र १५ असोजका यी दुई समाचार पढ्नुस् http://www.pahilopost.com/content/20180930171914.html
      http://www.pahilopost.com/content/20181001173704.html

      Reply
  4. सागर says:
    October 9, 2018 at 10:28 pm

    यो विष्ट र एस्को छोरो-भतिजो नै अपराधी हो । डीएनए देखावटी मात्र हो। विष्टले आफ्नो बीर्य पखाल्न लगाएको भन्ने सुनेको थिएँ कसको बीर्य हलेछन् अपराधि बाऊ छोराले ? ऊखाने र परचण्डेले कति पैसा खाएका छन् यो अपराध लुकाउन लाई ? अहिले बाऊ छोरालाई उम्काएर
    अबको बाह्र बर्षमा अर्को को निर्दोशलाई फसाउने योजना छ? धिक्कार छ ।

    Reply
  5. Abhishek says:
    October 9, 2018 at 9:47 pm

    यो घटनामा प्रहरी बिस्टको छोराको पनि DNA टेस्ट हुदैछ कि छैन? कसलाई थाहा छ येसबारेमा बताइदिनु होला.

    Reply
    1. Salokya says:
      October 10, 2018 at 12:30 am

      बाउ छोरा र मेयरका भतिजा तीनै जनाको भएर पनि रिजल्ट नेगेटिभ आइसक्यो त। कस्तो थाहा नपाउनु भएको तपाईँले?

      Reply
  6. Shankar says:
    October 9, 2018 at 3:22 pm

    यो पुलिस बिस्ट नै मूल अपराधी मानिनु पर्छ , किनभने प्रमाण नस्ट बनाउने , आफ्नो डी येन ये भिडाएर भिडाएर चोखो प्रमाणपत्र लिने ?
    के डी येन ये रिजल्ट नै सहि तरिकाले गरेको छ भन्ने के ग्यारेन्टी?सायद यो ओली पक्ष्य्को ये माले परेछ कि ?
    नेपाल हो , स्यालको पनि सिङ्ग निस्किने ठाउ , प्रचंडे माउ , मा कु ने लेनिन बनेको , गिर्जा हिरो भएको देश | ३३ किलो सुन बेपता हुने देश |

    Reply
  7. hita says:
    October 9, 2018 at 10:37 am

    निर्मला बल्तकार र हत्या काण्डको हरीविजोग । बलियो सरकारको लाचारी पन
    …Shame on you….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme