Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाटभटेनी सुपरमार्केटमा गाईको हड्डीको सुप भएको चाउचाउ, थाहै नपाई खानुभो कि?

Posted on October 7, 2018 by Salokya

विशेष अदालतमा पूर्व अध्यक्ष गौरीबहादुर कार्की शाकाहारी हुन्। माछामासु खाँदैनन्। इष्टमित्रले कोसेलीका रुपमा उनलाई ‘राम्रो चाउचाउ’ भन्दै कोरियाली शिन राम्युन चाउचाउ ल्याइदिए। भाटभटेनी सुपरमार्केटमा किनेको चाउचाउ भनेर स्टिकरबाट प्रष्ट भयो। यसमा के के छ भनी प्याकेटको खोलमा ध्यान दिएर हेर्दा पो उनले थाहा पाए- यसमा त गाईको हाडको सुप राखिएको रहेछ। कार्कीले चाउचाउ प्याकेट सुरक्षित राखेर माइसंसारलाई केही फोटोहरु पठाए।

चाउचाउको प्याकेटको अघिल्लो भाग।

चाउचाउको प्याकेटको पछिल्लो भाग। पहेँलो लगाइएको अक्षरमा हेर्नुस्।

उनी लेख्छन्- ‘गौमाताको चाउचाउ सूप कतिले थाहा नपाएरै खाइसके होलान्। हे भगवान् कसरी बच्ने???’

यो चाउचाउ अलि अगाडि नै किनिएको हो। अहिले भाटभटेनीमा यस्तो गाईको हड्डीको सुप भएको चाउचाउ बिक्रीमा छ कि छैन, तपाईँहरुले सपिङ गर्दा ध्यान दिनुस् है। धेरै नेपालीलाई प्याकेटमा एक्सपाइरी डेट त हेर्ने बानी छैन, के के राखेर बनाइएको छ भनी हेर्न फूर्सद हुने कुरा भएन। थाहै नपााई खाँदा खासै केही बिग्रने हैन। तर कसैले यदि गाईलाई माता मान्ने धार्मिक आस्था राख्छ भने उसको आस्थामा चोट त पुग्छ नि।

 

12 thoughts on “भाटभटेनी सुपरमार्केटमा गाईको हड्डीको सुप भएको चाउचाउ, थाहै नपाई खानुभो कि?”

  1. Shankar says:
    October 8, 2018 at 5:35 pm

    जाना जानी गाइको , गोरुको मासु धेरै नेपालीले खान्नान | अब त्यो मिसिएर , झुक्केर , औसधिमा को के कुरा भो र ?
    औसधिको रुप मा त् जे खाएपनि हुन्छ | मान्छे , धर्म , राजनीति , यो खाउ त्यो न खाउ , देवता सब मान्छेले बनाएको नियम न हो | बुझ्ने मानिसलाई यी कुराले कुनै बाधा दिदैंन |

    Reply
  2. prithvi says:
    October 8, 2018 at 2:36 pm

    यो नयाँ नेपाल हो, हामीले पशु अधिकार मानव अधिकार बुझ्न जरुरी छ, खसी, बोका, कुखुरा, हास, माछा, अण्डा, इत्यादी सबै प्राणी हत्या हुन, यिनिहरुको हत्या, मासु इत्यादी मा रोक लगाइनु पर्छ तर गाई चै काट्न पाउनु पर्छ । गाई काट्न पाउनु मानव अधिकार हो, कुनै अन्य पशु पछी माछा को हत्या गर्नु मासु सेवान गर्नु पशु अधिकार बिरुद्ध हो । वास्तव मा गाई काट्न नपाएका ले नै नेपाल को बिकास नभएको हो, गाइकाट्न पाउने बित्तिकै हाम्रो देश पनि जापान अमेरिका जस्तो भै हाल्छ

    Reply
  3. Basant says:
    October 8, 2018 at 12:32 pm

    बाचुन्जेल मान्छे के अनेक नाटक गर्छन, आफ्नों मनले खाऊ भन्छ भने प्याकेट मा के मिसिएको छ हेर्न जरुरि देख्दिन अधिकांश महिला ले लगाउने कस्मेटिक प्रडक्ट मा साबुन क्यान्डी स्विटमा जिलेटिन या एनिमल फेट प्रयोग भएको पाइन्छ अरु त् कुरै छाडौ हामीले लिने स्वाश पशुपतिमा पोलेको लाश को समिश्रण छैन भनेर कसैले प्रमणित गर्नु सक्छ? मेरो प्रश्न ..

    Reply
  4. Prakash Bhattarai says:
    October 8, 2018 at 9:11 am

    हाल म कोरियामा छु । यो चाउचाउ मा गाईको मासु हुन्छ भनेर कोरियन भाषामा प्रष्ट लेखेको छ ।

    Reply
  5. मुकेश यादव says:
    October 8, 2018 at 6:00 am

    अनि नलेखेको मा खाए केहि नहुने ? वाहियात ? आइइस क्रिम मा भएको जेलेटिन मा कति बरस देखी गाइ गोरु को हड्डी र छाला बाट निकालेको जेलेटिन हालेको छ / ल्याप ल्याप चटाई करने आइस करिम ? बाहिर बाट मगाएको भिटामिन क्याप्सुल (सबै त् हैन तर निकै धेरै ) मा नन भेज जेलेटिन त्यसमा धेरै गाइ गोरु को जेलेटिन हुन्छ

    सुद्ध साकाहारी भए पकेट मा भएको केल्मिकल र रसायन युक्त छाउ छाउ किन घिचनु परयो ? लुब्ध हरु / जाऊ सुद्ध तरकारी र फल खाऊ /

    कतै नभएको हाँडी गाँव को जातरा करने ? तमासे

    अनि इनै गाइ गोरु नखाने “हिन्दु” भनौन्दा हर्रु आफुले घर मा राखेको गाइ को दुध बरसौं सम्म घिचन सम्म घिचेर जब गाइ बूढो भएर थाकछ अनि सार्की लाइ बेचेर नयाँ गाइ खरिद करछ्न /

    हिप्प्पो क्रीट हरु

    Reply
  6. Kapil Tamu says:
    October 8, 2018 at 2:14 am

    Capsule मा आउने औशाधि कार्कीसरहरूले कति सेवन गर्नु भयो होला? अवश्य त्यो capsule को ingredients पनि चेक गरेरै लिने गर्नु हुन्छ होला. प्राय सबै gelatine (animal body parts) बाट बन्ने गर्छ. ति parts सबै गाइ, गोरु,माछा र सुगुरकोबाट लिने गर्छन….

    Reply
  7. Alex says:
    October 8, 2018 at 1:55 am

    साथी ले “RAMEN” भन्न खोजेको जस्तो लग्यो “RAMYAN ” भयो जस्तो लग्यो I

    Reply
  8. Prakash says:
    October 8, 2018 at 12:46 am

    Their vegetarian one is the only one without beef extract.

    Reply
  9. Bijaya says:
    October 8, 2018 at 12:20 am

    Sachet means प्याकेट भित्र को सानो सानो मिनी प्याकेट मा राखेको powder हो | त्यो नहाले हुन्छ बीफ नखानेले | यसै पनि mono सोडियम glutamate र अन्य रसायन ले भरिएको noodles हो Not recommended for human consumption

    Reply
  10. madan bajracharya says:
    October 7, 2018 at 9:40 pm

    नेपालको संबिधानले आआफ्नो धर्म र संस्कार मान्न पाउँछ/ के खाने के लाउने भन्ने कुरा पनि धर्म र संस्कार भित्रै पर्ने कुरा हो/ हिन्दु धर्म मन्नेमा धेरै समुदायले गाई गोरुको मासु खान्छन/ तर कुनै समुदायकाले खांदैनन/ हो गाई गोरुको मासु खाने हिन्दुहरु नेपालको शासकीय पदमा कहिले आशिन हुने मौका पायनन तर गाई गोरुको मासु नखाने हिन्दु समुदायका नै देसको कानुन बनाउने राज गर्ने बने/ त् के तेसैले नेपालमा गाई गोरुको मासु खाय ठुलै अपराध हुने भयको हो? नभय के हिन्दुहरुले पहिले गाई गोरुको मासु खान्दैन्थ्यो?

    फेरी मनमा खुल्दुली लाग्ने अर्को कुरा पनि छ/ ल माने गाई गोरुको बध गरेर मासु खानु आमा मारेर मासु खानु जत्तिकै हो र गाई सबैको आमा नै हो/ त् नेपालमा लाखौ गाई गोरु होलान तिनीहरुमा हरायक दिन सयौं गाई गोरु कालगतिले र सडकमा छादियकाहरु पानि पनि खान नपायर मर्दै पनि होलान/ यो सन्दर्वमा आज सम्म पनि कुनै “गाई माता हो गाई गोरुको मासु खानु अपराध हो” भन्नेले ती मरेका गाई गोरुको धार्मिक र बिधि पुर्यायर अन्तेस्ती गरेको कुरा सुन्नमा पनि आयको छैन, तर गाईको मासु खाईने हिन्दुस्तानमा लग्दै गरेको चाहि पटक पटक सुने पढेको कुरा हो/

    पहिला सहर गाउँमा सडकमा फ़ालियको गाई गोरुलाई पानि पिउने ब्यबस्था थियो/ तर अहिले गाई गोरुको मासु खानु बध गर्नु अपराध हो भन्नेकै राज चलेको बेला तेस्तो ब्यबस्था सबै मासियो र तेस्को निराकरण उनीहरुले गरेनन/ गाई गोरुको मासु खानु अपराध हो गो माता हो भन्ने को राज चलेको देसमा यस्तो त् हुनु नपर्ने थियो/ नेपालमा कोहि मरेमा “गो दान” गरायर पाय जत्तिको गाई दान लिनेहरु पनि छन्/ के गर्छन तिनीहरुले तेसरी दानमा लियका गाईहरु; पालि राख्छन?

    कुनै पनि प्राणि मरे पछि लास बन्छन/ लास कसैको निमित मासु हो कसैको निमित मल हो र कसैको निमित अर्को बस्तु बा औषधि बनाउने रसायन हो, खाने कुरामा मिसाईने मसला हो/

    Reply
    1. सागर says:
      October 8, 2018 at 1:25 am

      धत् एत्रो धेरै खोक्नेलाई नेपालमा गाईं मार्नु अपराध हो खानु होईन भन्ने थाहा रहेनछ ।
      नेपालमा केहि जातिले (जस्तै सार्की) गाईं मरेपछि खान्छन् । गाइने मारेर खान चाहने जात छैन । मुसल्टे भनेको जात हैन, धर्म हो ।

      Reply
  11. zakie says:
    October 7, 2018 at 12:11 pm

    येस्मा बीफ को फोटो अगाडिनै छ नि | खान आगाडी आफुले खाने कुरा को जान करी राख्नु राम्रो हो | यो “RAMYAN” मिठो वाला हो तर पैसा दबल भन्दा महँगो रहेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme