Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भ्रष्टाचार रोक्ने ‘लोदरे’ फर्मूला – दिनदिनै तीन वाक्य घोक्ने

Posted on October 6, 2018 by Salokya

भ्रष्टाचार रोक्न हाल विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सात वर्षअघि गजबको फर्मूला ल्याएका थिए- भ्रष्टाचारीलाई किरा परोस् नारा। यो नारा चोकचोकमा टाँसेर, गन्जीमा छापेर चर्चित बनाइएको थियो। तर सरापेर भ्रष्टाचार अन्त्य हुन्छ त भन्दै मुद्दा समेत हालेपछि मिश्रले यसबाट हात झिके।

अहिले मुख्य सचिव लोदरे (लोक दर्शन रेग्मी) ले नयाँ फर्मूला ल्याएका छन्- सरकारी कर्मचारीहरुले दिनदिनै तीन वाक्य घोक्ने। गजब उपाय। मुख्य सचिवज्युलाई थाहा रहेछ- सरकारी कर्मचारी घोक्नमा पर्फेक्ट हुन्छन्। घोकेरै उनीहरुले लोकसेवा पास गरेका हुन्छन्। असोज १६ गते मंगलबारको शुभ साइतमा मुख्य सचिवले यस्तो निर्णय गरेका हुन्। 

निर्णय अनुसार हरेक दिन बिहान अफिसमा आएर काम गर्नुअगाडि सरकारी कर्मचारीले यी तीन वाक्य घोक्नु पर्नेछ-

१) म भ्रष्टाचार गर्दिनँ ।

२) म भ्रष्टाचार हुन दिन्नँ ।

३) म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।

यो वाक्य स्टिकर वा ब्यानर बनाई अफिसको देखिने स्थानमा टाँस्नु पनि पर्नेछ। अब यही स्टिकर र ब्यानर बनाउँदा आफ्नालाई ठेक्का पार्न कतिको भ्रष्टाचार हुने हो, त्यो चाहिँ तिनै बिहान बिहान तीन वाक्य घोक्नेहरुलाई थाहा हुने नै छ।

स्टिकर टाँसेर भ्रष्टाचार अन्त्य हुने भए त विगतमा पनि अख्तियार र प्रो पब्लिकले यस्ता नारा लेखिएका स्टिकरहरु बनाएर टाँसेकै थिए धेरै वर्षअघि नै- • भ्रष्टाचारीलाई प्रवेश निषेध, • भ्रष्टाचारमुक्त क्षेत्र, • भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौँ, • भ्रष्टाचारीलाई चुला बारौँ। खै भ्रष्टाचार घटेन त। बरु रमाइलो के भएको थियो भने त्यतिबेला भ्रष्टाचारविरोधी स्टिकर टाँस्न चाहनेले १० रुपैयाँ तिरेर स्टिकर किन्नुपर्थ्यो। एउटा स्टिकरलाई १० रुपैयाँ लिनु नै भ्रष्टाचार भएको भन्दै आलोचना भयो। किनभने यी स्टिकर पैसा लिएर बेच्न हैन, निःशुल्क बाँड्न बनाइएका थिए।

ल ठीक छ, मुख्य सचिवले निर्देशन दिएछन्। अब यसको कार्यान्वयन चाहिँ कसरी गर्ने रैछन्? सबै सरकारी कर्मचारीले यस्तो प्रतिज्ञा वाक्य घोक्यो कि घोकेन भनेर अनुगमन कसले गर्ने? कर्मचारीले कहाँ बसेर यो घोक्नु पर्ने हो? आफ्नो कुर्सीमा कि अफिसबाहिर लहरै उभिएर, केटाकेटीले स्कूलमा प्रार्थना गरे जस्तो? मनमनै वाचन गरे हुन्छ कि आवाज आउने गरेर घोक्नु पर्ने?

अनि सरकारी कर्मचारीले यी तीन वाक्य घोकिसकेपछि लास्टमा रामकृष्ण ढकालको गीत मनमनै गुन्गुनाए भने नि- यो त सब भन्ने कुरा न हो।

2 thoughts on “भ्रष्टाचार रोक्ने ‘लोदरे’ फर्मूला – दिनदिनै तीन वाक्य घोक्ने”

  1. Basant says:
    October 8, 2018 at 12:22 pm

    स्पस्ट भिजन नीति नभएको व्यक्तिलाई पार्टीको झोला बोकेकै भरमा कुर्सीमा राखेर सुसाशन र भ्रस्टाचार मुक्त देश को कल्पना गर्न सकिन्छ र एक रुपिया होस् या एक खर्ब भ्रस्टचार मुद्दा लाग्ने बित्तिकै ३ पुस्ते नामावली,सर्वस्व सहित ५/१० बर्ष जेल हालेर कालोसूची मा न राखे सम्म कोहि सुध्रिने वाला छैन

    Reply
  2. madan bajracharya says:
    October 8, 2018 at 2:28 am

    भ्रस्टाचार गर्नु हगेको खानेले पनि हगेको खानु जस्तै हो/ त् तेस्तो खानेलाई यो र त्यो भनेर गालि गर्नुको कुनै अर्थ छैन/ तिनीहरुलाई त् चौबाटोमा नाङ्गै बाँधेर “…” चाकु” दलेर झुंगा भकायर दिन भरि राख्ने र बाटोमा आयका सबैले मुखमा थुक्ने पर्ने कानुन बनाउने तेसपछी सय घुस खानेलाई सय दिनको दरले कालो अँध्यारो कोठामा थुन्ने अनि हरायक सनिवार फेरी चोकमा ……./

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme