Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक वर्षअघि छापिएको फोटोले अहिले तनाव

Posted on October 1, 2018October 1, 2018 by Salokya


यतिबेला एउटा कुकुरले जिउ छोपेको नाङ्गो फोटो फेसबुक र ट्विटरमा खुब भाइरल भएको छ। फोटो राखेर फोटो छाप्ने पत्रिकालाई र मोडललाई गाली गर्नेहरु थुप्रै छन्। फोटोजेनिक हैन भद्दा देखिएको फोटोमा शुक्रवार सुन्दरी लेखेको कारण शुक्रवार नामको ट्याब्ल्वाइड साप्ताहिकले छापेको भन्ने बुझिन्थ्यो। तर कहिले छापिएको भनेर गाली गर्नेहरुले खोज्दै खोजेनन्। सोसल मिडियाको फिडमा आएपछि धेरैलाई लाग्यो होला, भर्खरै छापिएको हुनुपर्छ। तर होइन रहेछ। यो फोटो त एक वर्षअघि २०७४ असोज २७ गतेको अङ्कमा छापिएको रहेछ। तर भर्खरै छापिएको जस्तो गरी पोखरामा नेकपासँग मिल्न बाँकी अखिलको माओवादी अर्थात् क्रान्तिकारीले पत्रिका जलाएछन्। त्यतिमात्र हैन सम्पादकहरुलाई भौतिक कारवाही समेत गर्ने धम्की दिएछन्। पत्रिका त कहाँबाट पाउनु र, त्यही सोसल मिडियामा भाइरल भएको फोटो प्रिन्ट गरेर जलाएका रहेछन्।

शुक्रबारको इपेपरमा हेर्दा  २०७४ साल असोज २७ गते यो फोटो छापिएको रहेछ। इपेपर हेर्न यहाँ क्लिक गर्नुस्।

कुकुरवाला फोटो सानोमा र अर्को टाट्टु देखाएको फोटो ठूलोमा गरी ब्लो अप छापिएको रहेछ। यसमध्ये माथिपट्टीको काटेको फोटोमात्र भाइरल बनेको रहेछ।

जुम गरी हेर्दा देखियो फोटो खिच्नेको नाम

रमेश दुवालको फेसबुक पेजमा प्रशस्तै मोडलहरुको फोटोसुट हेर्न पाइन्छ।

शुक्रवारको साइटमा यो फोटो ठूलो राखिएको छ। तर भाइरल भने पत्रिकाकै फोटो भएको हो

तीन कुरो बुझियो, पहिलो- गाली गर्नेहरु यो पत्रिकाका पाठक हैन रहेछन्। नत्र एक वर्षसम्म त्यस्तो फोटो छापिएको थाहै नपाउने त हुने नै थिएन।

दोस्रो- पत्रिकामा छापिएको फोटोको प्रभाव खासै नहुने रहेछ। फेसबुक र ट्विटरमा भाइरल भएपछि मात्रै चर्चा हुने रहेछ।

तेस्रो- फोटो पत्रिकामा छाप्दा हैन, सोसल मिडियामा भाइरल हुँदा तनाव हुने रहेछ। अहिले पत्रिकादेखि मोडलसम्मलाई तनाव भइरहेको छ। मोडलले त आफ्नो फेसबुकमा अनुमति बिना फोटो छापिएकोमात्र हैन फेक भएको समेत आरोप लगाइन्।

फेक फोटो भएको भए र अनुमति बिना छापिएको भए उनले एक वर्षअघि नै आपत्ति जनाइसक्नु पर्ने हो। फोटोमा त्यस्तो फेक भएको कुनै संकेत पनि देखिन्न।

को हुन् लक्ष्मी आचार्य?
लक्ष्मी आचार्यले आफूलाई मोडल र सिङ्गर भनेर चिनाएकी छिन्। नेपाल आजमा राखिएको अन्तर्वार्ता अनुसार उनी टिम्बर कर्पोरेसनकी जागिरे पनि हुन्।

यसो युट्युबतिर हेर्ने हो भने उनका प्रशस्त जिब्रो टोक्नुपर्ने खालका भिडियो र भनाई भेटिन्छन्।


धन्न यी कुनै भाइरल भएनन्। नत्र उनले फेक आवाज पो भन्ने थिइन् कि।

अहिले आएर किन भाइरल?
अहिले सरकारको निर्देशनमा केही पोर्न साइटहरु ब्लक गरिएका छन्। अहिले बलात्कार र महिला दुर्व्यवहारको घटना पनि बढ्दो छ। यही मेसोमा कसैले यो फोटो सोसल मिडियामा राखे होला। विषयवस्तु समाजको जल्दोबल्दो सान्दर्भिक भएकोले तत्काल प्रतिक्रिया सुरु भइहाल्यो। एकपछि अर्को गर्दै फैलन थालिहाल्यो। फेसबुकमा कसैको बच्चा जन्मिएको भन्ने ४ वर्ष पुरानो पोस्टमा कमेन्ट गर्नुस् त, त्यो पोस्ट नयाँ झैँ गरी देखिन्छ। अनि भटाभट बधाई भन्ने कमेन्टको लर्को लाग्छ। त्यहीँ मिति भए पनि हेर्ने फूर्सद कसैको हुन्न। यो त झन् मिति नै नभएको फोटो थियो। शुक्रवार भन्ने पत्रिका किनेर नहेर्नेहरुले कहिले छापिएको थाहा पाउने कुरै भएन।

छाप्‍न पाइने कि नपाइने त?
मोडल आचार्यले भने जस्तो अनुमति बिना र फेक फोटो छाप्न पाइन्न। त्यसरी छापिएको हो भने कारबाहीको प्रक्रिया अगाडि बढाए हुन्छ। फोटो खिच्ने र छाप्ने दुवै कारबाहीको दायरामा आउँछन्। कारबाही प्रक्रिया अगाडि नबढाउने हो भने चाहिँ आरोप प्रत्यारोपमा सीमित हुन्छ यो कुरा। फेक जस्तो त फोटो हेर्दा लाग्दैन। अनुमति दिएको नदिएको चाहिँ खिच्ने र खिचाउनेको कुरा हुन्छ।

सहमतिमा चाहिँ पाइन्छ त? यसमा ठूलो बहस छ। विश्वभर ट्याब्ल्वाइड पत्रिका भनेको यस्तै सेन्सेसनल क्राइम, सेलिब्रिटी गसिप र सेक्सका स्टोरी र ग्ल्यामर फोटोहरु छाप्ने भनी चिनिन्छन्। बेलायतको दि सन भन्ने ट्याब्ल्वाइडले त पेज थ्री कोलममा टपलेस मोडलको फोटोसमेत छाप्थ्यो। वर्षौँको बहस र विरोध भपछि सन् २०१५ देखि यो कोलम बन्द भयो। अहिले नेपालमा ट्याब्ल्वाइड पत्रकारिता कान्तिपुरको ‘साप्ताहिक’, नेपाल रिपब्लिक मिडियाको ‘शुक्रवार’ र अन्नपूर्ण मिडियाको ‘सम्पूर्ण’ ले गरिरहेका छन्। यी पत्रिकाहरुको प्रभाव र पहुँच त यही फोटो कान्डबाट नै बुझिहालियो। फोटो छापिएको एक वर्षसम्म मान्छेलाई थाहै नहुने रहेछ। पत्रिका पाठकविरुद्ध जान सक्दैनन्।
त्यसैले पाठकले नरुचाए भने यस्ता फोटो छाप्न सक्दैनन्।

त्यो ब्लोअपका फोटोहरुमा चाहिँ न ग्ल्यामर देखिन्छ न फोटोजेनिक लुक्स। भद्दा देखिने फोटो नछापेकै भए हुन्थ्यो जस्तो लाग्यो मलाई त।

यस्तै फोटोकै कारण अपराध हुने तर्क चाहिँ वाहियातै लाग्छ मलाई। अपराधी मनोवृत्ति त यो फोटो फेसबुकमा सेयर गर्दै यसलाई चैँ किन बलात्कार गरेन भनेर लेख्नेहरुमा देखिन्छ। बलात्कारी सोच त उनीहरुकोमा छ, हैन र?

2 thoughts on “एक वर्षअघि छापिएको फोटोले अहिले तनाव”

  1. Deurali Kanchha says:
    October 1, 2018 at 10:54 am

    मलाई जहाँ सम्म लग्छ यो फोटो भरत दाहाल को फेसबुकको कमेन्ट पछि पुन भाइरल भएको हो | भरत दाहालको फेसबुक पेज मा गएर यो फोटो हेर्न सकिन्छा https://www.facebook.com/bharat.dahal.१२१
    भरत दाहाल आफ्नो फेसबुक पेजमा लेख्छन

    बलात्कारमा काे काे जिम्मेवार छन् ?

    १. “कुमारीहरू अामा बन्न पाउनु पर्छ”, “लिभिङ दुगेदर महिला अधिकार हाे” भनेर ल्पेकार्ड हल्लाउँदै हिंड्ने एनजिअाेका जँड्याहा पुतलिहरू।

    २. मानिसलार्इ नैतिक अनुशासनमा राख्ने शिक्षा समाप्त पारेर प्राथमिक स्कूलदेखि याैन शिक्षा पढाउने नीति बनाउने साम्राज्यवादका उपभाेक्तावादी दलालहरू।

    ३. समाजका सबै भन्दा शिक्षित हाैं भन्ने दाबि गर्दै पत्रिकामा स्तन र महिलाहरूकाे पेन्टीभित्र भित्र हात घुसारेका फाेटा प्रकाशित गर्ने कुलङ्गार
    मिडीया हाउस र पत्रकारहरू।

    ४. जस्ताे अपराध गरे पनि दण्ड हुँदैन भन्ने मनाेविज्ञान तयार पार्न भूमिका खेल्ने दलियतन्त्र।

    ५. लैंगिक अधिकारका नाममा नेपाली समाजकाे मूल्यलार्इ ध्वस्त बनाउन परिचालित पश्चिमा एनजिअाे र अार्इएनजिअाेहरू।

    ६. महिला शरिरलार्इ व्यापार र भाेगकाे साधन मान्दै अाएका बजारवादी साेंचका अपराधिहरू।

    Reply
  2. Kamal says:
    October 1, 2018 at 9:27 am

    पैसा र प्रचार को लागि जे पनि गर्न र पुरै नांगिन पनि पछि नपर्ने येस्तै लाज पचेका मोडेल भनौदा हरु ले गर्दा पुरै कलारिकता बदनाम भयको छ. यो modeling र prostitution पनि अब त उस्तै हुन लाग्यो. समाज मा अस्लिलता फैलाउने येस्ता लाज पचेका आइमाई (यी बास्तव मा कलाकार होइनन) लाई जेल मा कोचनु पर्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme