Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युएनमा प्रम ओलीले गरेको भनिएको दमदार भाषणको दम यही रहेछ? Weather लाई Water, Sound लाई Second उच्चारण

Posted on September 29, 2018September 29, 2018 by Salokya


‘अरिङ्गाल’ हो कि ‘मौरी’हरुले युएनमा प्रधानमन्त्री केपी शर्मा ओलीले खतरै भाषण गरेको भनेर सोसल मिडियामा हल्लिखल्ली मच्चाएपछि के रहेछ भनेर हेर्न मन लाग्यो। नभए खासमा युएनको महासभामा नेपालको भाषणको परम्परा धान्ने विषयमात्रै हो। विश्वकै ध्यान तान्ने खासै नयाँ केही हुने हैन। तर अरिङ्गालहरुले ओबामाको मोटरकेडलाई ओलीको सवारी अमेरिकामा यसरी भयो भनेर हल्ला चलाउँदै नेपालको नाक ठाडो बनाएको र त्यसलाई सांसदले समेत सेयर गरेको पनि देखियो। (छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस् पुरानो ब्लग) इन्टरनेटमा दमदार भाषण गरेको भन्दै प्रशंसाको पुल बाँधिएको थियो। विश्व मञ्चमा सिर उठाउने पहिलो नेपाली प्रधानमन्त्री बने ओली, बाबुराम पछि परे- एउटा हेडलाइन। अर्को हेडलाइन थियो- महासभामा दमदार भाषण दिँदै ओली बने शिर ठाडो पारेर भाषण दिने पहिलो नेपाली प्रधानमन्त्री। अर्कोमा थियो शानदार सम्बोधन, हैट ठूलै कुरा पो हेर्न छुटाएछु, मेरो आधा जिन्दगी नै खेर जान्छ कि क्या हो जस्तो लाग्यो र भिडियो हेरेँ।

एउटा कुरा चाहिँ ऐतिहासिक नै भएको रहेछ। प्रधानमन्त्रीले भाषण गर्दा आँखा तलको कागजमा नलगी दायाँ र बायाँ मुन्टो हल्लाउँदै बोलेका रहेछन्। प्रधानमन्त्री ओलीले पहिलो पटक प्रम्पटर प्रयोग गरेको गते मेमा काठमाडौँमा भएको मार्क्सवाद सम्बन्धी सम्मेलनमा थियो। हेर्नुस् त्यतिबेलाको ब्लग। अहिलेसम्म युएन महासभामा भाषण गर्ने सबै नेपालीले कागज पढेरै भाषण गरेका थिए। यस पटक प्रम ओलीले भने प्रम्पटरमा पढेछन्।


प्रम्पटर भनेको वक्ताको अगाडि राखिएको स्क्रिन हो जसमा भाषणका अक्षर देखिन्छन् र त्यही हेरेर वक्ताले पढ्ने गर्छन्। कागजको साटो प्रम्पटर- यही रहेछ उपलब्धि। यसैलाई शिर ठाडो पारेको भनेर अरिङ्गालहरुले आफ्नो नाक ठाडो पारेका रहेछन्। सही हो, कागज पढ्दा शिर निहुरिन्छ, प्रम्पटरमा पढ्दा शिर ठाडो हुन्छ।

तर दमदार भाषण चाहिँ थिएन है। यस्तो प्रविधि प्रयोग गरेपछि अरु देशकाहरुले जस्तो प्रधानमन्त्रीलाई प्राक्टिस पनि गराउनु पर्ने नि। गराएनछन् कि के हो, गल्ती त प्रशस्तै भएछ।

कागजमा पढ्दा जस्तो अकमकिने, गल्तीहरु हुने हो, त्यस्तै प्रशस्तै भएका रहेछन्। हेर्नुस् यो भिडियोमा विस्तृत


जस्तै यसमा भएको sanctity लाई उनले पहिला sancity उच्चारण गरे।


यसमा bridging लाई उनले झुक्किएर bringing भने सुरुमा।


प्रम्पटरको स्क्रिन धमिलो भएर हो कि यसमा it उच्चारण गर्नुपर्ने ठाउँमा i गरे प्रमले। पछि सच्याए।


यसमा weather लाई प्रमले water उच्चारण गरे सुरुमा।


यसमा रहेको sound लाई प्रमले second उच्चारण गरे, पछि सच्याएनन् पनि।

प्रविधिको उपयोग गर्नु राम्रो कुरा हो। तर यसका लागि आवश्यक अभ्यास र तयारी पनि आवश्यक हुनुपर्‍यो। प्रम्पटर खासमा खरर कण्ठ गरेको जस्तो गरी भाषण दिनका लागि हो। प्रम्पटर हेरेर भाषण गर्दा पनि अकमक्किने, गलत उच्चारण गर्ने हो भने त कागज र यसमा के फरक रह्यो र !

बरु बंगलादेशका प्रधानमन्त्रीले बंगालीमा र भारतका विदेशमन्त्रीले हिन्दीमा सम्बोधन गरे जस्तो नेपालका प्रधानमन्त्रीले पनि नेपालीमा सम्बोधन गरिदिए के बिग्रन्थ्यो र। राष्ट्रवादी भनेर चर्चामा आएका प्रधानमन्त्रीले झन् एउटा नयाँ इतिहास नै बनाउँथे, युएन महासभामा पहिलो पटक नेपाली भाषण गर्ने भनेर। अरुले नबुझ्लान् भन्ने चिन्तै छैन, भाषण अरुले लेखिदिने हो, अरुले अनुवाद गरिदिने हो। अनुवाद गरिएको प्रति सबै उपस्थितहरुकोमा भइहाल्थ्यो। अनि लाइभ वेबकास्टमा पनि अनुवाद गरेर अंग्रेजी र अरु भाषामा वाचन भइहाल्थ्यो।

भाषणको टेक्स्ट मैले युएनको वेबसाइटमा हेरेको थिएँ। यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। सबै भाषण हेरेको भए अरु पनि गल्ती भेटिन्थे होला, हेरिएन। तपाईँलाई मन लागे भाषणको टेक्स्ट माथिको लिङ्कमा र पूरा भाषण तल हेर्न सक्नुहुन्छ।

कहिले कसले गरे युएनमा भाषण?

७२ औँ महासभामा शेरबहादुर देउवा

७१ औँ महासभामा प्रकाशशरण महत

७० औँ महासभामा प्रकाशमान सिंह

६९ औँ महासभामा सुशील कोइराला

६८ औँ महासभामा खिलराज रेग्मी

६७ औँ महासभामा नारायणकाजी श्रेष्ठ

६६ औँ महासभामा बाबुराम भट्टराई

६५ औँ महासभामा भीम रावल

६४ औँ महासभामा माधवकुमार नेपाल

६३ औँ महासभामा पुष्पकमल दाहाल

9 thoughts on “युएनमा प्रम ओलीले गरेको भनिएको दमदार भाषणको दम यही रहेछ? Weather लाई Water, Sound लाई Second उच्चारण”

  1. Tilak says:
    October 2, 2018 at 12:53 pm

    He did a fantastic job in delivering the speech. झन्डै दमदार! His pronunciation is generally good, well enunciated. Mispronunciation of some words happens to everyone. He corrected them anyway. Let’s be objective. I am not an Oli fan but we should have guts to say good for good. The “Oxford Deuba” was a national shame when he was in the same forum.

    Reply
  2. Rajendra says:
    October 1, 2018 at 9:44 pm

    यत्तीको लाई ठीकै मान्नु पर्छ । एङ्ग्लिश नै पढेर हुर्किएका हामीले पनि यस्ता गल्तीहरू त भैहाल्छ नी ।

    Reply
  3. shovakhar baral says:
    September 30, 2018 at 7:41 pm

    सालोक्यलाइ यो लेख पछि एमाले इतर को मान्छे ओलि बोरोधी भनेर अवस्य वचन लाउछन ।बुढा ले गत चुनाबमा विद्या सुन्दर साक्यलाइ भोट हालेका हुन भन्ने चाहि मलाइ लाग्छ। सालोक्यका लेख हरु mysansar मा नियमित पढ्नेले यस्तो भन्दैनन। सबैका कुरा चाहे राम्रा नराम्रा सबै लेख्ने आट गर्छन।कम्जोरी औलाइदिदा झन खुसी हुनु पर्ने हो नि । जे भने पनि सहि हो हजुर भन्ने खालको देवत्वकरणले फाइदा गर्दैन झै लाग्छ।

    Reply
  4. Gopal says:
    September 30, 2018 at 2:01 pm

    सालोक्य जी जुम्रा हेर्दै जानुस अरु केही नदेखेपछि ।

    Reply
  5. Kamal Bishwokarma says:
    September 30, 2018 at 10:01 am

    मलाई सलोक्यको लेख हरु हेर्दा कम्युनिस्ट विरोधी खासगरी ओली बिरोधी लाग्छ फेरी के के मा कम्युनिस्ट विरोधी र ओली बिरोधी भन्लान? त्यो फेरहस्ती त दिन सक्दिनँ!!! अनि हनुमान, अरिंगाल जस्ता पगरी नि गुथाउलान, त्यो नि हैन!! तर कम्युनिष्ट चांही हुँ त्यो नि एमाले वाला!!!

    Reply
  6. Bijaya Adhikari says:
    September 30, 2018 at 8:48 am

    Naramro kuro matra lekhcha achel mysansar ramro kura kati bhanecha tasko कुरा chaina word mile chaina timile लेख्दा Ta कति bigrancha

    Reply
  7. madan bajracharya says:
    September 30, 2018 at 6:54 am

    यदि त्यो सम्मेलन नेपालमा भयको अरुदेसकाले आफ्नै भाषामा भासन गर्थे/ फेरी त्यो सम्मेलनमा अंग्रेजीमै बोल्नु पर्छ भन्ने केहि छैन, आफ्नै भाषामा भासन दिय पनि हुन्छ त् किन अरुले लेखेको आफुले नबुझ्ने अंग्रेजीमा भासन गरे होला?

    हुनत नेपालको कुनै भासा नसिक्ने नबोल्ने, मौका पायको आफ्नैको माझ पनि हिन्दिनै बोल्ने, आफ्नो भासामा कुनै सब्द कम भयो भने नेपालकै कुनै भाषाको सब्द प्रयोग नगर्ने हिन्दि सब्द्नै प्रयोग गरेर आफ्नो भाषालाई पनि हिन्दि जस्तै बनाउनुलाई भाषा समृद्ध बनायको भनेर गफ हाक्नेहरुलाइ नै गुरु बनायो होला सायास तेसैले…./

    Reply
  8. Raj says:
    September 29, 2018 at 11:47 pm

    एकदम राम्रो तर्क, सहि criticism!

    Reply
  9. राजेन्द्र रेग्मी says:
    September 29, 2018 at 11:46 pm

    हे हनुमान जि भकभके शेरे ले सुशील कोइराला वा बाबुराम ले माने गरेको कति सब्द बिदेशी हरुले बुझ्थिये होलान ओलि ले गल्ती नगर्लान भन्न सकिन्न तर केही वड को गलत उच्चारण हुन्छ त्यो पनि 8 कक्षा पास ले डिग्री पास हैन सेर बाहादुर बाबुराम सक्छन् त्यति को clear चट बोल्न

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme