Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नो लागि आफैले ताली बजाउँदै प्रम केपी शर्मा ओली

Posted on September 27, 2018September 27, 2018 by Salokya


संयुक्त राष्ट्र संघको महासभाका लागि न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। यसै क्रममा उनी एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पनि सहभागी भए। अन्तर्क्रियामा नेपालीमा जस्तै नभए पनि प्रधानमन्त्री ओलीले अंग्रेजीमा आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा समेत विचार राख्न पछि परेनन्। कार्यक्रमको सञ्चालन अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले गरेका थिए। कार्यक्रम सकिएपछि सहभागीहरुलाई प्रधानमन्त्री ओली उपस्थित हुनुभएकोमा धन्यवाद प्रकट गर्न भने। सहभागीहरुले ताली बजाए। सहभागीहरुसँगै प्रधानमन्त्री ओलीले पनि ताली बजाउँदै गरेको देखियो। खासमा ताली उनका लागि बजाउन भनिएको थियो। आफ्ना लागि आफैले ताली बजाएको दृश्य रमाइलो देखियो।

हेर्नुस् त्यो रमाइलो दृश्य-

उनले आफ्नो चिरपरिचित शैलीमा If there were no mountains, then there would be no life..no river..no fountain… …Mountains are high, plains are low, but they are inter related. So we have to tolerate each other…. भनेको पनि रमाइलो छ। हेर्नुस् भिडियो-

प्रधानमन्त्रीले हाइ ड्याम र रिजर्भ्वायर प्रोजेक्टहरु विद्युत उत्पादनका लागि मात्र हैन, ग्लोबल वार्मिङ कन्ट्रोल गर्न आवश्यक भएको तर्क गरेका छन्। हेर्नुस् भिडियो-

जबकि अध्ययनहरुले चाहिँ ठीक उल्टो यस्ता ड्यामका कारण ग्लोबल वार्मिङ बढ्ने बताउँछन्-

4 thoughts on “आफ्नो लागि आफैले ताली बजाउँदै प्रम केपी शर्मा ओली”

  1. Subash shrestha says:
    September 30, 2018 at 7:45 pm

    Our former pm Kevin Rod is very much admired personality in Nepali community in Aus. He clearly has a comprehensive knowledge on recent political development and history aspects of Nepal.

    Reply
  2. Shankar says:
    September 29, 2018 at 7:53 am

    मदन जी
    सुनिन्छ फेरी भारतीय लाइ नागरिकता सरल रुप मा उपलब्ध गराउन २ तह मा नागरिकता बिधेयक पारित हुदैछ| सायद मोदीको छल खेल पनि येसैको लागि हुन् सक्छ , हेर्नुस चित्रबहादुर के सी को अन्तर्वार्ता ( हालैको )| चित्रबहादुर को सबै कुरा मन न पर्ला तर यो नागरिकता बिधेयक सम्बेदन सिल कुरा हो |
    भनेपछि काजुको रास्ट्रबाद फेक त् हैन ?

    Reply
  3. madan bajracharya says:
    September 28, 2018 at 11:05 pm

    ओलीलाई अहिलेनै आलोचना गरिहाल्नु उचित हुँदैन/ नेपालमा कांग्रेसलेनै सबै भन्दा बढी शासन गरेको थियो र उनीहरुको शासनकालमा उनीहरुकै शासन व्यवस्थाले सामाजिक राजनैतिक आर्थिक छेत्रमा सबै भन्दा बढी बिकृति ल्यायको र उनीहरुकै नीतिको कारणले नेपाल सबै कुरामा भारत आश्रित मा दल्लिन परेको हो/ ओलीको नेतृत्वको सरकारले कांग्रेसले नेपाल लाय पुर्यायको त्यो अबस्थामा बात मुक्त गर्न सक्ला नसक्ला त्यो त् समयले भन्छ तर ओलीको नेतृत्वको सरकारले कमसेकम त्यो अबस्था बात मुक्त गराउन कुरैमा र कागजमा मात्रै भय पनि केहि त् गरेकै छ/ तेसैले केहि कुरौं ओलिके हो के गर्छ हाम्रो सामुन्ने आई हाल्छ/

    याहा निर हामीले विचार गर्नु पर्ने अर्को कुरा के हो भने, राजा सक्रिय भयको बेला र राजालाई संबैधानिक बनायको २०४८को संबिधान जारी भयको बेला भारत नेपालमा सरकार कमजोर बनाउन चाहन्थे/ तर अहिलेको कथित संघीय बा लोकतान्त्रिक संबिधान जारि भय पछि तराई को संदर्वामा उसको स्वार्थ पुरा भारतको स्वार्थमा बाधक नबन्ने प्रण गरेकाको बहुमत मात्रै होईन २/३ बहुमत भयकै सरकार चाहिन्छ/ यसो नभय भारतलाई चाहिने सबै जलश्रोत भयको तराईलाई मुखले नेपाल सम्म पनि भन्न घिनाउनेको स्वायत र उनीहरुले चाहेमा नेपाल बात अलग्गीने घ्गोसना समेत गर्न सक्ने मधेश नामको नेपाल भारत बिचको “मिनी भारत हुने मध्य देस” बनाउने सक्दैन/ भारतको आशय बमोजिम संबिधान संसोधन गर्ने कुरामा यमाले पार्टी र यमालेको नेतृत्वमा बनेको सरकार बाधक बनेको थियो/ तव यमालेको नेतृत्वको सरकारमा सामेल भयको मावोबादिले यमालेको नेतृत्वको सरकार बिरुद्ध अविस्वास को प्रस्ताव राखेर ढालेर कांग्रेस सिट मिलेर मधेश्बादिको माग र भारतको आशय समेटेर संबिधान संसोधन गर्न खोजेको पनि थियो/ तर सकेन र तेतिनै बेला संसदीय चुनाव गर्नु पर्ने भयो/ नागरिकको बहुमत यामलेकै पछयमा देखीय पछि हिजो भारतको चाहना र मधेशाबादिको माग अनुसार संबिधान संसोधन गर्न नमानेकोमा अविस्वाश को प्रस्ताव राख्ने मावोबादी यामलेकोमा बिलय हुन् आयो/ यो कुरा तेती सहजै पचाउन सकिने कुरा होईन/ किनभने कांग्रेस भारत परस्त पार्टी त् होनै तर यो लाईनमा मावोबादी पनि कम त् छैन/ किनभने जनयुद्ध कालमा भारत मुर्दावाद भन्ने मावोबादिले दिल्ली सम्झौता हुनु अघि “नेपालमा भारतको स्वार्थको बाधक नबन्ने”……/ त् के यमालेलाई भारतको अगाडी झुक्न नदिन सहयोग गर्ने मावोबादी यमाले सिट मिलन आयको हो बा …….? यसको उतर स्पस्ट सिट पाउन केहि समय त् लाग्छ नै/

    Reply
  4. Vishnu says:
    September 28, 2018 at 3:50 pm

    There is nothing wrong how he has presented himself and answered the questions. The hydro project surely helps decrease the global warming. Why always criticism and negativity,???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme