येँयाः अर्थात् इन्द्रजात्रा लिच्छवी कालदेखि नै काठमाडौँमा मनाउँदै आएको जात्राका रुपमा लिइन्छ। तर विभिन्न कालमा यसमा अनेक चिज थपिने र हटाउने हुँदै आएको छ। काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लका पालामा इन्द्रजात्रामा कुमारी, गणेश र भैरवको रथयात्राको चलन सुरु भएको थियो। त्यतिबेला राजा जयप्रकाश मल्ल स्वयं कुमारीको रथमा बसी यात्रा चलाउँथे। तर २५० वर्षअघि विक्रम संवत् १८२५ मा इन्द्रजात्राकै क्रममा गोर्खाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरी सत्ता कब्जा गरेपछि जयप्रकाश मल्ल रथबाटै पाटनतिर भागे। यो रथयात्रा जयप्रकाश मल्लका पालामा सुरु भएर उनकै पालामा अन्त्य पनि हुनसक्थ्यो। तर पृथ्वीनारायण शाहले विजय यात्राका रुपमा यसलाई उपयोग गर्दै जात्राका अघिल्तिर आफ्नो सेनाको मार्चपास गर्न लगाए। अझै पनि इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रा आदिमा पृथ्वीनारायण शाहकालीन कालो र सेतो रङ्गको परम्परागत सैनिक पोशाक लगाएका सैनिकहरु हिँड्ने चलन कायमै छ।
पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाहले हनुमानढोका दरबार अगाडि यःसिं (लिङ्गो) गाड्ने चलन सुरु गरे।
शाह वंशलाई छायामा राखेर राणा वंशको जगजगी सुरु भएपछि पनि इन्द्रजात्रामा एउटा नयाँ चलन थपियो। जंगबहादुर राणा श्री ३ हुनुअघिसम्म इन्द्रजात्रामा क्वनेयाः भनी तल्ला टोलहरुमा र थनेयाः भनी माथिल्ला टोलहरुमा दुई दिन मात्रै कुमारी, गणेश र भैरवको रथयात्रा हुन्थ्यो। जंगबहादुरकी एक ल्याइते किलागलमा बस्ने रहेछन्। सर्वशक्तिमान भएका जंगबहादुरलाई यी ‘नानिचा’ले भनिछिन्- मैले पनि जात्रा हेर्न पाए हुन्थ्यो। जंगबहादुरले आदेश दिए- उनको टोलमा पनि रथ तान्नू। त्यसपछि सुरु भयो नानिचा याः भनी तेस्रो दिन पनि रथ तान्ने चलन। यो दिन कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर पुगेर रथ यात्राको समापन हुन्छ।
२००७ सालमा आन्दोलन भयो र राणा र तत्कालीन आन्दोलनकारी शक्ति नेपाली कांग्रेसको संयुक्त सरकार बन्यो। प्रधानमन्त्री मोहनशमशेर जबरा थिए। गृहमन्त्रीमा थिए नेपाली कांग्रेसका वीपी कोइराला। गृह मन्त्रालयको प्रस्तावमा इन्द्रजात्रासम्बन्धी केही चलन परिवर्तनको विषय क्याबिनेटले पास गर्यो। गृह सेक्रेटरीको नामबाट यो आदेशबारे नेपाल गजेटमा २००८ साल भदौ २५ गते सूचना छापिएको छ। यस्तो छ सूचना-
पाँच वटा परिवर्तन इन्द्रजात्रामा भएको यो सूचनाबाट देखिन्छ। सूचनामा जात्राहरु जति साबिकै बमोजिम गर्ने र विजय परेड चाहिँ साम्प्रदायिक भावना जतिसक्यो उति उठाउनु पर्ने हुनाले बन्द गरिने भनिएको छ। यसको अर्थ पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरे यता २००७ सालसम्म इन्द्रजात्रामा पृथ्वीनारायण शाहले लडाइँ जितेको सम्झना गर्दै विजय परेड निस्कने गर्थ्यो भन्ने बुझिन्छ।
अन्तिम मल्ल राजा जयप्रकाश मल्लका पालामा राजसिंहासन वसन्तपुरकै चोकमा राख्ने गरिन्थ्यो। २५० वर्षअघि काठमाडौँ कब्जा गर्दा उनी चोकमा राखिएकै सिंहासनमा बसेका थिए। यो सूचना हेर्दा २००७ सालसम्म कुमारीको रथ गद्दी दरबार अगाडि पुगेपछि सिंहासनारोहको उत्सव हुने गर्थ्यो भन्ने बुझिन्छ। २००८ सालको इन्द्रजात्रादेखि भने यसलाई रोकिएको रहेछ।
त्यसैगरी इन्द्रजात्राभर हनुमानढोकामा राति निजामती कर्मचारीहरुलाई हाजिर गराउने चलन, हनुमानढोकामा लिङ्गो खडा गर्दा जंगी अफिसर सामिल गराउने चलन रहेछ भन्ने पनि बुझिन्छ। इन्द्रजात्राको दिन सिभिल र मिलिटरी अफिसर कर्मचारीहरु सबैलाई विदा दिने चलन पनि २००८ सालदेखि नै सुरु भएको यसबाट देखिन्छ। इन्द्रजात्राको दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने चलन अझै कायमै छ।
२०६२/६३ को जनआन्दोलनपछिको संक्रमण कालमा राजाका रुपमा ज्ञानेन्द्र कायमै थिए। तर शक्तिहीन। राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको कार्यभार अन्तरिम कालमा गिरिजाप्रसाद कोइरालाले सम्हालेका थिए। त्यतिबेला गद्दी बैठकमा उपस्थित भई रथयात्रा हेर्ने परम्परा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धानेका थिए। तर इन्द्रजात्राको अन्तिम दिन कुमारीको दर्शन गरी टीका लगाउन भने गिरिजा र ज्ञानेन्द्र दुवै पुग्थे।
संविधान सभाको पहिलो बैठकले राजतन्त्रलाई विधिवत रुपमा अन्त्य गरेको घोषणा गरेपछि राष्ट्रपति रामवरण यादवले राष्ट्रप्रमुखका रुपमा यो परम्परा कायम राखे। त्यतिबेलासम्म पनि ज्ञानेन्द्र कुमारी घरमा पुगेर कुमारीको दर्शन गरी टीका लगाउने गर्थे। तर पछि एक्कासी ज्ञानेन्द्र त्यहाँ जान छाडे। पृथ्वीनारायण शाहको पालादेखि चलेको चलन उनैले भंग गरे।
गणतन्त्र आएपछि इन्द्रजात्रामा एउटा अर्को परिवर्तन पनि भएको छ- नानिचायाः अर्थात् राणा कालमा थपिएको रथयात्राको दिन महिला मात्रले रथ तान्ने चलन सुरु भयो। त्यसैगरी पूर्णिमाको भोलिपल्ट हाथुद्यः (श्वेत भैरव) को मूर्तिबाट हाथु हायेकेगु (जाँडको धारा बगाउने) मा महिला मात्र सहभागी हुने नियम पनि गणतन्त्र कालमा नै थपिएको हो। आज बुधबार यही चलन अनुसार महिला सहभागी भए-
एसको मतलब चलन जे चलायो , तेही त् चल्ने रहेछ | भन्दा एस्लाई पनि आधुनिकी कारण गरेर
आफनी गौरब बढाउने हो कि ?
सबै नेपालीको मूल उद्देश्य नेपाल जोगाउने हुनुपर्छ अब | आजको नेत्र्रित्त्व बर्ग अबको नेपाल को नारा बिकास र सम्ब्रिड्डी ( ओली प्रचण्ड दुबैको भासन को मूल सार ) भन्थे , उनीहरु को व्यक्तिगत चै १००० गुणा सम्पत्ति बढ्यो , त्यो भन्दा बढी अकुत सम्पत्ति जोडे , आफु र आफ्ना कार्यकर्ता लाइ बेस्कन पोसे , धमला मार्का हरु जमिन बात आकास मा पुगे तर देश कंगाल र माग्ने जहा को तही | न प्रसासनिक सुधार , न कुनै ठोस बिकास निर्माण | मेलम्ची अझ कहिले आउने ? रिङ्ग रोड़ कहिले सक्ने ? खै मेट्रो रेल ? खै काठमांडू फोहोर ब्यबस्थापन ? साला पाखे चोर हरु |
दिन्दहादे निर्मला बलात्कार गरेर हत्या गर्ने को अत्तो पत्तो छैन , तेत्रो सुन मिलोमतो गरेर खान्छ |
राजदुत पद लाइ पैसामा किन बेच ? के हो यो ? भिर पाखाको बानर हरु | मधेस तिमीहरुको अधिन मा किन बस्छ अब ?
आफ्नो स्रोत र साधन छ , बुद्दिजिबि र आफ्नै कल्चर छ , तिमीहरु संग जात भात बिहे चल्दैन | येसरी कतिदिन चल्छ ?तेसैले नेपाल जोगाउने सोच सबैमा आवस्यक छ |