Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो सुविन भट्टराईको उपन्यास ‘प्रिय सुफी’ को कभर पेज विवाद?

Posted on September 26, 2018September 29, 2018 by Salokya


युवामाझ एकदमै लोकप्रिय लेखक सुविन भट्टराईको अर्को कृति ‘प्रिय सुफी’ शनिबार विमोचन भयो। भोलिपल्टदेखि यसको कभर पेज विवादमा पर्‍यो। रिपब्लिका अङ्ग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरेले आफ्नो ट्विटमा एउटा हङ्गेरियन पुस्तक र प्रिय सुफी दुवैको कभर राख्दै लेखेका थिए- फरक छुट्याउनुस्! प्रकाशकलाई थाहा नै नदिई बदमासी गरे जस्तो छ है कलाकारले! सामाजिक सञ्जाल हुँदै अहिले त केही अनलाइनहरुमा समेत कभर डिजाइन चोरेको भन्दै समाचार आइरहेका छन्। प्रकाशक अजित बरालले पनि यस विषयमा स्पष्टीकरण दिइसकेका छन्। तर पनि ‘चोरेको’ आरोप दिने क्रम जारी छ। खासमा कुरा के हो त? आउनुस् विस्तारमा बुझौँ।

बहसको सुरुवात घिमिरेको यो ट्विटबाट भएको थियो-

फरक छुट्याउनुस्! प्रकाशकलाई थाहा नै नदिई बदमासी गरे जस्तो छ है कलाकारले! #PriyaSufi @subinbhattarai1 @fineprintbooks pic.twitter.com/TiskSw73iV

— Subhash Ghimire (@subhash580) September 23, 2018

यसको जवाफ प्रकाशक फाइनप्रिन्टका अजित बरालले यसरी दिए-

प्रिय सुफीको कभरमा चासो राख्नुभएकोमा धन्यवाद । कभरबारे तपाईं कतिपयको जिज्ञासा कभर क्रेडिट हेरेपछि समाधान हुनेछ भन्ने आशा छ ।  @fineprintbooks @subinbhattarai1 pic.twitter.com/vrxky7TBqh

— Ajit Baral (@AjitBaral) September 23, 2018

प्रिय सुफीको अन्तिम पेजमा दिइएको क्रेडिट यस्तो छ-

तर केहीले कुरा अझै बुझेनन्। हंगेरीको किताबको कभर चोर्ने अनि क्रेडिट ‘सटरस्टक’ भनेर लेख्ने? स्रोतै फरक पर्‍यो भनेरसमेत सामाजिक सञ्जालमा बहस भइरहेको देखियो।

ती बहसमा जानुअघि एक पटक इन्टरनेट चहारौँ, के हंगेरियन पुस्तकमा मात्रै यस्तो कभर छ त? एकछिन चहार्दा यी पुस्तक पनि भेटिए-

Saviours – Kliatba Kortského lesa by Mary Roe
अनि यो पनि

Dark Secrets #1 to #6 by Angela M. Hudson

यो सबको मूल फोटो भने यो रहेछ

सटरस्टकमा Mary Ro ले बनाएको यो Royalty-free stock vector ID हो 390565615। यसको विवरण Amazing vintage lantern on grass with magical lights of fireflies at night sky background. Unusual vector illustration. Inspiration card for wedding, date, birthday, tea or garden party लेखिएको छ। लिङ्क क्लिक गरेर हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्।

के हो त सटरस्टक भनेको?
सटरस्टकले फोटो, ग्राफिक्स, भिडियो र अरु editorial assets हरु कम मूल्यमा बेच्छ। क्रियटिभ एडिटिङका लागि यसका सामाग्री प्रयोग गर्नेहरु धेरै हुन्छन्। Jon Oringer ले आफ्नै डिजिटल फोटोहरु राखेर सन् २००३ मा यो कम्पनी सुरु गरेका थिए। यसको हेडक्वार्टर अमेरिकाको न्युयोर्कमा छ। न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो यो। २० करोडभन्दा बढी फोटो, भेक्टर ग्राफिक्स, इलुस्ट्रेसन यसमा छ।

कति पर्छ त किन्न?
कम्पनी चल्नुको एउटा कारण यसको सामाग्री किन्न पर्ने ज्यादै कम शुल्क पनि हो। यस्तो छ यसको वेबसाइटमा मूल्य विवरण-


फोटो वा ग्राफिक्स हरेक पटक डाउनलोड हुँदा यसका सिर्जनाकारले फ्ल्याट रेटमा रकम पाउने गर्छ।

‘प्रिय सुफी’को कभर के हो त?
सटरस्टकको भेक्टर ग्राफिक्स पृष्ठभूमिमा प्रयोग गरेर एक युवतीको चित्र यो किताबको कभरमा राखिएको छ। लेखक र प्रकाशकका अनुसार यो चित्र भने नेपाली कलाकार नीलम भुर्तेलले बनाएकी हुन्। लेखक सुविन भट्टराईले लेखेका छन्-

पुस्तकमै कभरको क्रेडिट सटरस्टक भनी दिइएको हुनाले यसलाई चोरी चाहिँ भन्न मिल्दैन। यसअघि फाइनप्रिन्टका र अन्य थुप्रै प्रकाशनका कभर पेजहरुमा पनि यस्तै विवाद भएको थियो। ती पुस्तकमा यसरी कभर क्रेडिट दिइएको थिएन।

तीन वर्षअघि सहदेव पौडेलले आफ्नो ब्लगमा उस्तै उस्तै…… किताबका कभर शीर्षकमा यो विषय सार्वजनिक गरेपछि यसबारे बहस सुरु भएको थियो। शायद् त्यसकै प्रभाव हुनुपर्छ, कभर क्रेडिट सटरस्टकलाई दिइएको।

यस्तो थियो त्यतिबेला बहसमा आएका कभरहरु-

बायाँतर्फको इन्टरनेट स्टक फोटो प्रयोग गरिएको कर्णाली ब्लुजको आवरण।


कुमार नगरकोटीको ‘मिस्टिका’ को आवरण ‘माइ क्याट नेम्ड लुकास’ सँग मिल्छ।


मोहन मैनालीको पुस्तक ‘मान्ठा डराएको जुग’ को आवरण ‘अ डान्स विथ स्याडो’ नामको पुस्तकको आवरणसँग ठ्याक्कै मिल्छ।


ब्रजेशको ‘यायावर’ को पुस्तकको आवरण पनि इन्टरनेटमा भेटिने अर्को फोटोसँग मिल्यो।

अपडेट : यी माथिका फोटोहरु सहदेव पौडेलको ब्लगले तीन वर्षअघि बहसमा ल्याएका हुन्। यसमध्ये ब्रजेशको यायावर पुस्तक यो आवरणमा छापिएन। उनका अनुसार प्रकाशकले नयाँ संस्करणका लागि यो कभर सुझाएकामात्रै थिए। तर सामाजिक सञ्जालमा यस्तो बहस भएपछि र उनले पनि यो स्टक फोटो रहेको थाहा पाएर इन्कार गरेपछि यो आवरण छापिएको थिएन।

अन्तमा जसले यो बहस सुरु गरेका थिए, उनै रिपब्लिकाका सम्पादक सुभाष घिमिरेलाई एउटा हुँडार ट्विटर ह्यान्डलले फर्काएको जवाफ पनि निकै चर्चामा रह्यो-

फरक छुट्याउनुस्! प्रकाशकलाई थाहा नै नदिई बदमासी गरे जस्तो छ है कलाकारले!
आफ्नै हाउसको लोगो पनि एक पटक हेर्ने कि 😉 pic.twitter.com/ciPNAuyLp3

— KuSamachar (@KuSamachar) September 23, 2018


यसको जवाफ भने सम्बन्धित मिडिया हाउसले कसरी दिने हो, प्रतीक्षा गरौँ।

2 thoughts on “के हो सुविन भट्टराईको उपन्यास ‘प्रिय सुफी’ को कभर पेज विवाद?”

  1. Birendra kathayat says:
    September 27, 2018 at 9:57 am

    जे भएको छ ठिक छ
    काग कराउँदै राख्छ पिना सुक्दै राख्छ
    I’m with subin dai

    Reply
  2. mohan sharma says:
    September 26, 2018 at 12:19 pm

    कवर को कुरो सुरु कस्ले गर्‍यो होला .
    १) कि त किताब कीनेर पढ्न अल्छी गर्ने ले (कभर मात्र पढ्नेले ).
    २) वा किताब किन्न पैसा नहुने ले (कभर facebook मा हेरेर )

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme