Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साढे दुई सय वर्षअघि कान्तिपुर जित्ने पृथ्वीनारायण शाहको सैन्य योजना यस्तो थियो

Posted on September 25, 2018September 25, 2018 by Salokya


२५० वर्षअघि आजकै दिन पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारको क्रममा महत्त्वपूर्ण विजय हासिल गरेका थिए। २६ सेप्टेम्बर १७६८ का दिन भएको ‘ब्याटल अफ कान्तिपुर’ बारे सैन्य इतिहासमा विद्यावारिधी गरेका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले तत्कालीन सैन्य रणनीतिको विश्लेषण यसरी गरेका छन्।

जयप्रकाश मल्लको स्थिति
फौज: नगरकोटी – ३०० जना, क्षेत्री तथा नेवारहरु गरी ५० जना (अन्दाजी)

टार्गेट एनालाइसिस : राजदरबारभन्दा बाहिरी खण्ड, वरीपरी करिब चार कि.मी.को सर्कलमा पर्खालले घेरिएको। दरबार इलाका ५००X५०० गजको सर्कल कम्पाउन्डभित्र रहेको। बाहिरी कम्पाउण्डमा रहेका र शहरभित्र छिर्ने विभिन्न १० वटा भन्दा बढी ढोकाहरुमा द्वारपालेहरुको व्यवस्था भएको। दरबारको वरीपरी र विशेषत मूल ढोकामा हतियारधारी सेन्ट्रीहरु रहने गरेको। अन्य फौजहरु डेराडेरामा बस्ने चलन भएकोले, नियमित सामेली र इमर्जेन्सी स्ट्यान्ड टुमा दरबारमा उपस्थित हुने गरेकोले फौजहरु सामेल हुन केही समय लाग्ने भएको।

फौजको मनोभावना
गोर्खाली सेनाको बहादुरिता, मकवानपूरमा भएको गूर्गिन खां र सिन्धूलीगढी नजिकको पौवागढीमा भएको अंग्रेज क्याप्टेन किनलकको फौज विरुद्ध पृथ्वीनारायण शाहले पाएको सफलताबाट उपत्यकाको मल्ल फौजमा गोर्खाली सेनासँग लड्न सकिन्छ भन्ने मनोबल नभएको।

कुमाउं गढवालबाट भाडामा ल्याइएका नगरकोटी फौजहरुमा राष्ट्र प्रेमको भावना नभएको। जयप्रकाश मल्लले बेला बेलामा तलब पनि दिन नसक्दा राजा प्रतिकै वफादारितामा कमी आएको। गोर्खाली सेना भनेपछि उनीहरुमा त्रास पैदा भैरहेको।

राजा, रानी र अन्य भारदारबीचको फूटले गर्दा भएका सैनिक कमाण्डरहरु बीच पनि एकता नभएको। दरबारिया षड्यन्त्रकारी राजनीतिले गर्दा सेनापतिहरुबीचको वैमनष्यता, भाडाका सेना भएको र गोर्खालीहरुको बहादुरिताको डरले गर्दा समेत जयप्रकाश मल्लको सेनामा गोर्खाली विरुद्ध लड्छु भन्ने भावना नभएको। मनोवैज्ञानिक रुपमा सरेन्डर गरिसकेको अवस्था।

राजनीतिक अवस्था : सार्वभौमताको रक्षाको लागि पोलिटिकल विलको ठूलो भूमिका रहन्छ। तर दरबारिया फूट र भारदारीया दाउपेचले गर्दा जयप्रकाश मल्लका भारदारले नै भित्रभित्रबाट पृथ्वीनारायण शाहलाई काठमाडौँमा हमला गर्न उक्साइरहेका थिए।

हमला हुने दिन : त्यस दिन इन्द्रजात्रा भएकोले राजप्रासा देखि सामान्य जनतासमेत जात्राको रमझममा थिए। मदिरा, मासुसहितको भोजमा लठ्ठिएका जनतामा त्यसदिनको मध्यरातमा दुश्मनबाट हमला होला भन्ने कुनै चेतना नै थिएन।

गोर्खाली फौजको स्थिति
संवत् १८१९ सालमा मकवानपुर क्षेत्रमा गुरगिन खांको फौजलाई पराजित गरी उनीहरुबाट खोसिएका हातहतियारबाट खडा भएका सशस्त्र ५ कम्पनी।
संवत् १८२४ सालमा सिन्धुलीगढी नजिकको पौवागढीमा अंग्रेज क्याप्टेन किनलक विरुद्ध लडाइँ गर्दा उनीहरुसँग खोसेको हतियारहरुबाट सशस्त्र फौज अन्य – २ कम्पनी (अन्दाजी)
संवत् १८२४ मै पौवागढीमा हारखाई फर्केपछि हरिहरपुर गढीबाट काठमाडौँ पस्न खोज्दै गरेका उही क्याप्टेन किन्लकको फौजसँग खोसिएका हतियारबाट खडा भएको सशस्त्र फौज १ कम्पनी (अन्दाजी)
बनारसबाट ल्याइएका र गोर्खाली राजाबाट आदेश भै बनाइएका हतियारबाट खडा भएका सशस्त्र फौज २ कम्पनी (अन्दाजी)
खुँडा, खुकुरी, तरबार, भाला आदि परम्परागत हतियार हुने र अन कलमा जम्मा हुनसक्ने फौज २ हजार (अन्दाजी)। परेको बेला घरैपिच्छेबाट एक एक जना आउने नियमको उर्दीबाट जम्मा हुनसक्ने परम्परागत हतियारधारी फौज अरु ७ हजार। वि.सं. १८२५ सम्ममा गोरखाले परेको बेला एक पटकमा १५ हजार भन्दा बढी शस्त्र र अश्त्रधारी फौज परिचालन गर्न सक्तथ्यो।

कान्तिपुरको हमला गर्दाको अन्य विवरण :
(क) Main Headquarter – दहचोक
(ख) Tactical Headquarter – कीर्तिपुर
(ग) FRV – कंकेश्वरी (विष्णुमती नदी छेउ)
(घ) Axis of Advance : कीर्तिपुर-बल्खु- कालिमाटी– कंकेश्वरी – सोह्रखुट्टे -रानीपोखरी – हनुमानढोका दरवार। (कीर्तिपुरबाट विष्णुमती खोलालाई नछाडी अगाडि बढेको)
(ङ) Directions of attack: –

१) भिमसेनस्थान एक्सिस (सब्सिडरी)
फौज : मुख्य फौज २०० जना र रिजर्भ १०० जना।
काम : हनुमानढोका दरबारको दक्षिण पश्चिम परिसर र वसन्तपुर इलाकालाई कब्जा गर्नु।

(२) टुँडिखेल एक्सिस (सब्सिडरी)
फौज : मुख्य फौज ३०० जना र रिजर्भ १०० जना।
काम : महांकाल – संकटा हुँदै भण्डारखाल इलाका (हालको भूगोल पार्क र विशालबजार भएको ठाउँ) लाई कब्जा गर्नु।

(३) नरदेवी एक्सिस (मेन)
फौज : मुख्य फौज ३०० जना र रिजर्भ २०० जना।
काम : कंकेश्वरी – नरदेवी हुँदै हालको ग्यारीजन गण रहेको स्थानबाट राजदरवारलाई फ्रन्टल अट्याक गरी दरबार कब्जा गर्नु।
वि.सं. १८२५ सम्ममा गोरखाली राजा र सेनापतिहरु सयौं लडाइँमा तिखारी सकेकाले उनीहरुको हरेक लडाइँको योजना दूरगामी रहन्थ्यो। यसर्थ कान्तिपुर विरुद्ध हमला गर्दा गोरखाली सेनाको नफ्री १२०० जनाको हाराहारीमा रहेको थियो भन्ने विश्वास लिन सकिन्छ।

यसरी गरियो कब्जा
आक्रमण र कब्जाको विवरण इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तकमा यसरी दिएका छन्-

पृथ्वीनारायण शाहले आफ्ना दुवै छोरालाई नुवाकोटमा राखी अरू भाइ र वंशराज पाँडे, तुलाराम पाँडे, केहरसिंह बस्न्यात आदि भारादार र एक हजारजति सुशिक्षित गोर्खाली सैनिकलाई इन्द्रजात्राका आरम्भकै दिन कीर्तिपुरमा जम्मा गरेर तीन टोलीमा बाँडी तीनतिरबाट आक्रमण गर्ने योजना ठीक गरिसकेका थिए। ज्योतिषी कुलानन्द ढकालले पनि २६ सेप्टेम्बरका रातका तीन बजे शहरभित्र पस्ने साइत तोकिदिएका थिए। यस सालको इन्दजात्राको आरम्भ २२ सेप्टेम्बरबाट सुरु भएर ७ दिन रहन्थ्यो। कुलानन्द ज्योतिषीले आक्रमण गर्ने साइत २६ सेप्टेम्बरका रातको आरम्भकाल बताएका थिए। यस रातका आरम्भदेखि नै राजा जयप्रकाश मल्ल कुमारीका रथमा बसेर पहिले गणेशको त्यसपछि भैरवको रथ अघि लगाएर राजदरबारबाट अलिकति पूर्वतिर लागी त्यसपछि दक्षिणतिर हुँदै झोछेँटोलको मूलसडक पक्री यंगाल, लगनटोल, ब्रह्मटोल, ध्याचलखुटोल हुँदै कोहिटीमा पुगेर त्यहाँबाट जैसीदेवललाई दाहिने पारी मजिपाट, चिकॅमुगल र अटकोनारायणस्थान हुँदै गणेशस्थान (काठमाडौं) सम्म आई उज्यालो हुँदानहुँदै कुमारीलाई उनका निवासस्थानमा भित्र्याएर उज्यालो भएपछि आफ्ना राजदरबारमा भित्रिने यिनको नियम थियो।

अचेलको गद्दी बैठक बनेको ठाउँमा भूपालेन्द्र मल्लका समयमा नयाँ राजदरबार बन्यो। यस दरबारका अगाडि पश्चिमपट्टीको चौतारामा राजसभा बस्ने नियम थियो। इन्द्रजात्राका साताभर राजसिंहासन त्यसै चौतारामा सजिएको बैठकमा रहन्थ्यो। सातै दिन कान्तिपुरभित्र यो चाड मनाइन्थ्यो। तर गोर्खालीले आर्थिक नाकाबन्दी शुरू गरेपछि चाड र रथयात्रा पनि फीका भैरहेको थियो। यो साल शहरका गिर्दापर्खालसम्म नै गोर्खालीको घेरा परेको हुनाले यो चाड स्थगित राख्ने कि चालु राख्ने भन्ने कान्तिपुरमा खलबल परिरहेको समयमा शत्रुलाई हटाउनमा कुमारीको उपर गरिएको भक्तिभावनाले पनि सहायता देला भन्ने विचार जयस्थिति मल्लले राखेर चालू राख्‍ने आज्ञा दिएका थिए। शहरभित्र उत्साह र उमङ्ग, नाच-तमासामा केही थिएन । गोर्खालीका भयले गोपुरहरू बन्द गरी त्यहाँ नगरकोटी सैनिकहरू राखिएका थिए। तर, खान्गी र खानाखर्च पनि बहुत कम पाइन लागेको हुनाले यिनीहरू उदास थिए।

साइतको समय आयो। शहरका तीन गोपुर फोरेर तीनैतिरबाट गोर्खाली सैनिक कान्तिपुर शहरभित्र घुसे। पश्चिमपट्टी नरदेवीटोलबाट घुस्ने दलको नेतृत्व स्वयम् पृथ्वीनारायण शाहले गरेका थिए। एक दल भीमसेनथानपट्टीबाट र अर्को टोली शहरका पूर्वभाग टुँडिखेलपट्टीबाट घुस्यो। यिनमा पृथ्वीनारायण शाहका भाइहरू पनि बाँडिएर रहेका थिए। जुनेली रात हुनाले चिरागको बन्दोबस्त गर्नुपरेको थिएन। नाच-तमासा बन्द रहेको हुनाले सबैजसो नागरिकहरू कोठाकोठामा सुतिरहेका थिए। गोपुरका रक्षक भएर रहेका नगरकोटीहरू पनि गोर्खालीका बन्चराले गोपुर फोर्नेबित्तिकै कुनाकाप्चातिर लागे र जयप्रकाश मल्ललाई यो समाचार दिन दौडे। शहरका तीन गोपुर फोरेर भित्र घुसेका सैनिकहरूले तीनैतिरबाट राजदरबारलाई घेरा दिन लाग्दा त्यहाँका रक्षक नगरकोटी सैनिकहरू गोर्खालीमाथि जाइलागे। लडाइँमा बीस-पच्चीस जना दोहरै परे र केही नगरकोटी घाइते पनि भए। बाँकी रहेका नगरकोटीहरू गोर्खाली सेनाका अगाडि केही चलेन। उनीहरु लडाइँको मैदान छोडेर भागे। कान्तिपुरको राजदरबारमा गोर्खालीले कब्जा जमाए। शहरको दक्षिणपट्टीको कोहिटीको गोपुर जयप्रकाश मल्ललाई भाग्न भनेर पृथ्वीनारायण शाहले नघेरीकन खुला छाडिदिएका थिए।

राजदरबारमा गोर्खालीको चोट खाई भागेका नगरकोटीहरूले त्यहाँ गोर्खालीको अधिकार भएको समाचार सुनाउँदा राजा जयप्रकाश मल्ल कुमारीको रथमै थिए। आफ्नो पराजय निश्चित देखेपछि उनी रथबाट उत्रेर कोहिटीका गोपुरबाट आफ्ना अङ्गरक्षक तीन सय जनाजति नगरकोटीका साथ पचलीतिरको बाटो गरी काठेसाँगुबाट वाग्मती तरी ललितपुरमा शरण लिन गए।

यता राजदरबारमा गोर्खालीको अधिकार भएपछि तिथि (पूर्णिमा) स्थिरवार (रवि), स्थिरनक्षत्र (उत्तरभाद्र) र स्थिरलग्न (सिंह) पारी राजदरबारका अगाडिका चौतारामा रहेको कान्तिपुरका राजसिंहासनमा श्री ५ पृथ्वीनारायण शाह विराजमान भए। कुमारीको रथ कोहिटीमा अलपत्र थियो। जयप्रकाश मल्ल भागिसकेका थिए। उनले आफ्ना भाइभारादार र आवश्यक गोर्खाली सैनिकसमेत पठाई कोहिटीबाट कुमारीको रथको यात्रा चलाउन लगाए। रथ वसन्तपुरस्थित कुमारी घरअगाडि आएपछि पृथ्वीनारायण शाहले विधिपूर्वक कुमारीलाई भवनमा प्रवेश गराए। कुमारी भित्रिएपछि उनका पाउमा ढोग दिएर राजदरबारमा जाने नियम जयप्रकाश मल्लले चलाएका थिए। पृथ्वीनारायण शाहले पनि यो चलन पूरा गरे।

(सुरुको पेन्टिङ क्रेडिट : lalitimpressions.com.np)

16 thoughts on “साढे दुई सय वर्षअघि कान्तिपुर जित्ने पृथ्वीनारायण शाहको सैन्य योजना यस्तो थियो”

  1. मुकेश यादव says:
    September 30, 2018 at 9:17 am

    अरे मदन बन्धु ले त् मलाई देख्दै नदेखेको कुरै न करेको मानिस को दिमाग मा के रहेछ थहा पाउने बडो मनोवैज्ञानिक भै टोपलानु भएछ /
    उपत्यकाका केहि नेवार परिवार प्रिथिबी नारन साही को उदय पछि बडो प्रगती करेका थिए / महेन्द्र काल देखी त् निकै नेवार लाइ दरवार का सचिव बनाइयो / अन्धो रुपमा जयगान करने र आफ्नो परिवार को आर्थिक अवस्था मजबुत पारने केहि यी नेवार बन्धु हरुलाई महेन्द्र ले “यी कातर छन , मेरो विरोध कैले करने छैनन्…अब इन्लाई आर्मी मा राखने कुरा त् भएन कातरता का कारण तर बुद्धि तिखो छ इनको र भारदार र सचिव मा राम्रो कर्छन भनेका थिए अरे

    अब मदन सर पनि त्यस्तै परनु भयो कि ? जे होस् म मनोवैज्ञानिक त् होइन हजुर को दिमाक भित्र भएको कुरा थाहा पाउने

    बरु रमाइला को लागि यो प्रिथिवी नारन साही र गोरखनाथ किम्बदन्ती र स्तुति फैलाउने यो स्तुति पाठ करनु र भजन करनु होला मदन सर्

    बाबा गोरखनाथ सेवक सुख दाये, भजहुँ तो मन लाये।
    बाबा चेला चतुर मछिन्द्रनाथ को, अधबधु रूप बनाये।।

    शिव में अंश शिवासन कावे, सिद्धि महा बनि आये।। बाबा 1 ।।
    सिंधिनाद जटाकुवरि, तुम्बी बगल दबाये।।

    समरथन बांध बघम्बर बैठे, तिनिहि लोक वरदाये।। 2 ।। बाबा ।।

    मुन्द्रा कान में अति सोभिते, गेरूवा वस्त्र लगाये।
    गलैमाल कद्राच्छे सेली, तन में भसम चढ़ाये।। 3 ।। बाबा ।।

    अगम कथा गोरखनाथ कि महिमा पार न पाये।।
    नरभूपाल साह जिउको नन्दन पृथ्वीनारायण गाये।। 4 ।।
    बाबा गोरखनाथ सेवक सुख दाये, भजहुँ तो मन भाये।।

    Reply
  2. roha says:
    September 30, 2018 at 12:18 am

    जो जे भएपनि पुरानो कुरा एस्तो उस्तो भन्नु भन्दा अब हामी कता जाने भन्ने नेपाली हरु को चिन्तन हुनु पर्छ जस्तो मलाई लाग्छ, नत्र हामी पनि अब रुअनदा तिर लाग्ने छौ

    Reply
  3. madan bajracharya says:
    September 28, 2018 at 12:09 am

    मुकेसज्यू
    तपाईंमा आफु मधेसी भयको भावना भन्दा नेपालि भयको भावना न्यून नै देखियो/ मान्छे माटोमा उब्जिंदैन/ शाह होस् मधेसी होस् नेवार होस् बा कुनै पनि जाति र समुदायको, उनीहरु पुर्खौं देखि नेपालमा बसेको हुन् सक्छ तर उनीहरु बा कसैको पुर्खा पनि उनीहरु बसोबास गरेको माटोमै जन्मेको होईन कहिँ बात आयर बसोबास गरेको हो/ मुख्य कुरा त् यो हो कि उनीहरु आफु बसोबास गरेको माटो प्रति इमान्दार छ बा छैन भन्ने नै हो/ यो कुरामा शाह बंशको राजाहरुलाई आलोचना गर्ने कुनै ठाउ छैन/ शाह बंशको राजाहरुले केहि गल्ति अवस्य गरेको छ तर नेपालको माटो र नेपालको रास्त्रियता प्रति उनीहरु इमान्दार्नै भयको छ/ तर आफुलाई नेपालि भन्नु भन्दा मधेसी भन्नुमा गौरव गर्ने, तराईको भुमिमा कल्ले पो अतिक्रमण गर्ला र भनेर शाह राजाहरु कुनै सतर्कता अपनायन तेसैको लाभ उठायर अहिले आफुलाई मधेइ भन्नेको पुर्खाहरु बिहार बात तराईमा बस्न थाले/ उनीहरुले नेपालको तराईको भुमिको लाभ त् उठायो तर नेपाल र तराईको भुमि र तराईमा बस्ने अरु नेपालि प्रति इमान्दार भयनन/ यसको दुई उदाहरन्हारू म भन्छु/
    ०१. भारतको कयुं राज्यहरुले अंग्रेज धपाउन संघर्ष गर्दै गरेको बेला अंग्रेजले नेपालमा पनि हमला गरे/ तर उनीहरु तराईको घना जंगल छिचोलेर नेपालको मूल भूमिमा पस्न पनि सकिरहेको थियनन र जहातहा नेपालीको सेना सिट लडाईमा हारी रहेको थियो/ तेतिबेला नेपालको तराईमा बिहार बात आयर बसोबास गर्नेहरुले अंग्रेजको साथ् दियर नेपाल प्रति मात्रै गद्दारी गरेको थियन उनीहरुको भारत प्रति पनि गद्दारी गरेको थियो/ ती मधेसीहरुकै रास्त्रघाताले गर्दा अंग्रेजको सेना तराई नाघ्न सकेको थियो/ तेसैले सुगौली सन्धि हुँदा अंग्रेजले नेपालमा बसेर पनि एपालालाई गद्दारी गर्ने मधेसीलाई नेपालको सरकारले कुनै सजाय गर्न नपाउने शर्त पनि राखेको थियो/
    ०२. बिहार वाट नेपालको तराईमा बस्ने खाने तर उनीहरु आफुलाई तराईको भूमिमा स्वागत गर्ने नेपालि सिट होईन बिहारी सिटी रगत रोटि बेटीको नाता भयको भन्दै अनेकौं नेपाली जात समुदायको तराईलाई नेपाल र भारत बिचको मध्यदेस बनाउने भनेर मधेसीकरण गर्न खोज्नु के तराई कब्ज्याउने अनि टुक्राउने पछि बिहारीकरण गर्ने आशय होईन?

    शाह राजाहरु चाहे निरंकुश भयारै किन नहोस उनीहरु को सक्रिय राजतन्त्र चलिरहेको बेला बिहार बात आयर तराई कब्याउने टुक्राउने र पछि बिहारमा मिलाउने सोच भयका मधेसीहरुलाइ तराईमा बस्न केहि त् बाधा गरेनन तर उनीहरुलाई अहिलेकाले जस्तै नेपालको तराईलाई नै मधेसिकरनको नाममा बिहारीकरण गर्ने बोलि त् के आशय पनि व्यक्त गर्न दियको थियन/ यसैले हो तराईलाई मधेसिकरनको नामा मा बिहारीकरण गर्ने नियत भयकाले पृथ्बी नारायण शाह लगायत शाह राजाहरुलाई गालि गरेको/

    Reply
  4. Ram Thapa Magar says:
    September 27, 2018 at 5:20 am

    मदन ji,
    तपाई को भावना को कदर गर्छु/ मेरो भनाइ नेपाल मा अहिले जनजाति भएपछि खसको बिरोध गर्ने धेरै रुचौछन. नेपालमा अहिले जुन इस्सुए आएपनि बिरोध गर्नु पर्ने, सरकार जे काम गरेप्नानी birodh गर्नुपर्ने र अस्थिरता हेरेर रमाउने नेपाली बडी भए/
    मेरो बिचारमा देशमा स्थिरता आउन पर्यो/ जात, भाषा भन्ने कुरा एस्तो रहेछ कि जुन सुकै बेला पनि इस्सुए बनेर हो हल्ला गर्न सकिने कुरा/ मदेश,पुर्वमा राइ लिम्बु देशै टुक्राउने भासन गर्छन/ एस्लाई मिडिया ले प्रोत्साहन दिनुहुदैन भन्ने मेरो कुरा हो/

    Reply
  5. मुकेश यादव says:
    September 26, 2018 at 11:07 pm

    डाहाड़े काँठे प्रिथिवी नारन साही इ इ हे ………
    .
    शाह भनेको इरान तिर बाट झरेका मुसलमान का सन्तान हुन् / तिनका सन्तान मध्ये केहि गोरखा मा झरे र शाह बंश कहलाई ले /

    डाहाड़े काँठे शाह हरु ले नेपाल उपत्यका को धन दौलत र कलाकारिता र संस्कृति देखेर डाह ले सल्किएर अनेक छल कपट करेर जितेको हो / अनि त्यस डाहाड़े काँठे का सन्तान ले २०० वर्ष मा पनि तस्तो खाल को केहि पनि विरासत बनाउन सकेनन बरु घिचेर सक्याए र आखिर मा आफनै राज वंश पनि विलिन परे यी मुरख ले /

    अझ जंगबहादुर र तिनका सन्तान बाट कठपुतली बनन पुगे यस डाहाड़े काँठे प्रिथिवी नारन साही का नपुंसक सन्तान १०४ बरस सम्म राणाक कठपुतली बनेर राणाको मल चाटे / बरु राणा हरु ले केहि बनाए / काँठे शाह का सन्तान ले त् सबै बेचेर मात्र खाए

    अनि अनेक थरि कथा लिख्छ्न यस डाहाड़े काँठे का सन्तान बारे / इन्डिया भागेर गएको त्रिभुवन ले प्रजातन्त्र ल्याए / महेन्द्र ले त् विश्व भरिमा सबै भन्दा राम्रो पंचायती व्यवस्था ल्याए भनेर इतिहास मा लेखे छन / फेक न्युज भनेको यहि हो /

    काठमांडू भ्याली का नेवार हरु को भाषा, संस्कृति लाइ डाहाड़े काँठे प्रिथिवी नारन साही ले मिटाएको छ / कुमारी लाइ ढोग दिएको भनेर मिथ्या फैलाउने ? डाहाड़े काँठे प्रिथिवी नारन साही का खान नपाएका पाखे सैन्य ले उपत्यका मा कति लुट पाट बलात्कार र चोरी बाजी र आगजनी करे भन्ने साँचो कुरा इतिहास मा त् लेखेनन् /

    त्यस बेला को उपत्यका को बिल्डिंग हरु , कलाकरिता र संस्कृति त् यी पाखे हरु ले जिन्दगी मा देखेका थिएनन / आज सम्म हामि टुरिस्ट लाइ मल्ल काल र लिच्छवी काल का विरासत दिखाएर मुग्ध परछौं / शाह ले बनाएको के दिखाउने टुरिस्ट लाइ ? बरु मरपोक धिरेन्द्र ले त् क्रेन लगेर भक्तपुर का मुर्ति चोरेर युरोप बेच्यो / भुत्रो बनाउथे काँठे शाह ले ? बरु लुटी लिए /

    पछि राणा सासन मा ब्रिटिश को मल चाटेर यी पाखे सैन्य ले लखनउ मा त्यस्तै लुट बलात्कार र आगजनी करेका थिए

    प्रिथिवी नारन साही को अचाक्ली , नाक कान काटने , लुटने , बलात्कार करने कुरा पनि बाहिर आउनु पर्छ /

    Reply
  6. Anil Stha says:
    September 26, 2018 at 5:20 pm

    तेस बेला को ठुलो राज्य सहर काठमाडौँ को जम्मा फौज संख्या जम्मा ३५० जना, एसको मतलब ललितपुर को पनि अन्दाजी ३५० को हाराहारी र भक्तपुर को पनि ३५० | तेस बेलाको एशिया कै समृद्ध ३ सहर काठमाडौँ, भक्तपुर र ललितपुर को कुल फौज १००० आसपास रहेको अनि गोर्खा राज्य जुन ठाउँमा दरबार समेत थिएन भौतिक पुर्बधर केहि थिएन, व्यापार बेबसाया थिएन तेस राज्य को फौज १२०० | मलाई अलि विश्वास लागेन |
    मकवानपूरको गूर्गिन खां र सिन्धूलीगढीबाट अंग्रेज क्याप्टेन किनलकको फौज माथि पृथ्वीनारायण शाहको बिजय होइन बरु उनीहरु पृथ्वीनारायण शाहको सहयेताको लागि आएको हुनु पर्छ | येसरी चै मात्र गोर्खाली सेनाको संख्या बढेको हुन सक्छ |

    Reply
  7. madan bajracharya says:
    September 26, 2018 at 4:47 pm

    राम थापा ज्यु
    तपाइंको कुरा राम्रै लाग्यो/ हामीलाई फेरी पनि नेपालमा उहिले जस्तो जात जातको राज्य चाहिंदैन/ नेपालको कुनै पनि जात बा समुदायको नेपाली राजा बनोस बा रास्ट्रपति,तर सिंगो नेपाल “हामी नेपालि हाम्रो नेपाल भन्नेको साझा नेपाल बनोस र नेपालको कुनै पनि भूभागमा आफुलाई नेपालि सिट होईन बिहारी सिटी मात्र रगत रोटि र बेटीको नाता भयको भन्नेको स्वायत प्रदेश नबनोस/ तर के गर्ने भारतको नाकाबन्दीको प्रतिकार गर्ने राजालाई पहिला संबैधानिक पछि स्वर्गीय नै बनायर रगत नेपाल भित्र नेपालीको बगाउने तर सन्धि दिल्लीमा दिल्लीकै कापी कलम र भाखामा सन्धि गर्नेले तराईलाई नेपाल र भारत बिचको मध्य देस बनाउन चाहनेको बहुमत बनाउन ४५ लाख नागरिकता बाँडेर देसमा संघिता लादि छाडे/ मित्र मैले पृथ्बी नारायण शाहको अनादार गरेको होईन मात्र उसको कमजोरी औंल्यायाको हो/ नेपाल नेताले बनायको देस होईन राजाले बनायको देस हो/ नेपालमा खराव भन्दा खराव राजा भन्दा अलिकति मात्रै राम्रो भन्न लायक नेता पनि कुनै छैन/ जो छन् ती सबै भारत प्रवाशमा रहंदा उधारोमा खायको समोसाको मोल नेपालको श्रोत सुम्पेर तिर्ने तिराउने मात्रै छन/ तेसैले म घनघोर नास्तिक भय पनि अहिले राजनीतिमा सोझो बिरेन्द्र होईन चतुर र महसुर महेन्द्र लाई फर्काउने कोहि तान्त्रिक निक्लोस भनि चाहन थालेको छुँ/

    Reply
  8. गणेश शिवाकोटी says:
    September 26, 2018 at 5:14 am

    पृथ्बी नारायण शाह मगर बंशको हुनुहुन्थ्यो !

    Reply
    1. देबेन्द्र बस्नेत says:
      September 27, 2018 at 8:29 pm

      मदन्ज्युउ हजुरको कुरा एकदम चित्त बुझ्यो। प्रजातन्त्र , लोकतन्त्र गणतन्त्र जे जसो कुरा गरेपनि , काङ्ग्रेस , एमाले , माओवादी जो आयेपनी राजा महेन्द्र ले जत्तिको आफ्नो स्वाभिमानमा रहि पचास बर्षा अगाडि गरे जत्तिको बिकाश पनि आज सम्म भएको छैन । त्यो बेलाको नेपाल र नेपालीको जति इज्जत र स्वाभिमान थियो अहिलेका भाते harule बेचेर खाइसके।
      तेसैले म पनि महेन्द्र जस्तो राजा र राज्तन्त्र कै पक्षमा ।

      Reply
  9. madan bajracharya says:
    September 25, 2018 at 10:09 pm

    रोशनज्यु
    हो/ इन्द्र जात्रा मनाउन जय प्रकाश मल्लले आफ्नो सेनालाई समेत बिदा बस्न दियको थियो/ तेसै बेला पृथ्बी नारायण शाहले हमला गरेको थियो/ यसैले इन्द्र जात्रा नेवारले मनाउन र हेर्न नहुने समेत भनियको थियो/ तर मल्लहरु राजा भयको मा पछि शाहहरू राजा बने पनि नेवारहरुलाई खासै केहि फरक छैन मित्र किन भने मल्ल राजाहरु पनि नेवार थियनन/ उनीहरु नेवार मल्ल बनेको र राजस्थान बात भागि आयकाको सन्तान शाह बनेको कुरो उस्तै उस्तैनै छ/

    उहिले नेपाल मानिने भूभागमा नेवारहरुको अन्य भागमा अरु आदिबासी जनजातिको बसोबास थियो/ अन्य भूभागमा नेपालको आदिबाशी जनजातिकै राजा बने पनि उपत्यका मा कहिले पनि नेवार राजा बनेको थियन/ पृथ्बी नारायण शाहको छल पूर्ण उपत्यका विजय गरेको बेला राजा रहेको आफ्नो थर “मल्ल” राख्ने उपत्यकाको तिनै राजाहरु अरि देव को सन्तान हरु थिय/ अरि देव नेपालको राजा भय पछि मात्रै आफ्नो थर “मल्ल” राखेको थियो/

    पछि मल्ल बनेको “देव” समुदायको राजाहरु र “पछि शाह” “गोर्खाली” ” खस” बनेका बीच फरक भनेको केहो भने मल्ल बनेको देव जातको राजाहरुले मनैले नेपालको संस्कृति अंगाल्यो, नेपालकै नारि सिट बिबाह गरे,आफु पनि नेवार बनेर आफुलाई पूर्णत नेपालमै समर्पित गरे/

    तर पछि शाह गोर्खाली बनेका राजस्थान बात भागि आयर नेपालको राजा बनेका हरुले तेसो गरेनन/ उनीहरुको थर “शाह” पनि थियनन/ उनीहरु खस पनि होईन गोर्खाली पनि होईनन/ उनीहरु नेपालको राजा बने पछि नेपालकै जनजाति अदिबाशिको थरलाई अरिदेवाले मल्ल थर स्वीकारे जस्तै स्वीकारेनन्/ उनीहरुले भारतीय सितै मात्र बिबाह गरेर नेपालको नारीलाई समेत बिबाह गरेर नेपालको रानी बन्ने अवसर दियनन/ उनीहरुको निमित भारतीय नारि र भारतीय संस्कृति नै ठुलो भयो र उनीहरुले नेपालको आदि बाशी जनाजातिकालाई आफुले हरायकोले दवाई राख्नु पर्ने रैती ठाने/ यस्तो कुपरम्परा महेन्द्रले तोडे/ तेसैले महेन्द्रलाई हामीले शाह बंशको नेपाल र नेपालीपन स्विकार्ने अर्को “अरि देव” मान्न सकिन्छ/

    Reply
  10. kiran joshi says:
    September 25, 2018 at 9:54 pm

    काठमाडौँ हार्नु को कारण आपसी बेमेल र प्रिथ्बिनारायण शाह हो छल कपट हो | एउटा लाटो ले पनि पत्यौदैन कि सुसम्पन्न काठमाडौँ अनि कंगाल गोर्खा को सैन्य तुलना यो इतिहास सबै १००% झुठो हो | तोड मोड गरेर बनेको.. कुनै किताब को साभार गर्नु भन्दा अलि अनुसन्धान गरेर लेख्ने गर्नु होला…

    Reply
  11. पृथ्वी says:
    September 25, 2018 at 5:15 pm

    पृथ्वी नारायण ले कुमारी को खुट्टा ढोगेछन, मुसल्मान सम्राट हरु अल्लाउद्दिन खिल्जी वा औरङजेब ले काठमाडौं जितेको भये के हुन्थ्यो होला? नेपाल का बाँकी जनजाती हरु को हालत के हुन्थ्यो होला?

    Reply
  12. Ram Thapa Magar says:
    September 25, 2018 at 1:41 pm

    संसार मा कुनै पनि देश २०० वर्ष अगाडी को रुप मा छैनन्//अमेरिका,रसिया, इंडिया, जर्मनी लगाएत सबै देशहरु लडाई बाट बनेका छन्/ प्रिथिवी नारायण शाह ले नगरेकी भए कसैले गर्थ्यो , त्यो पनि नभएको भए तपाई हामि इंडिया भित्र हुन्थियौ/अहिलेको २१ सताव्दी मा आएर कुन देशमा छु भन्ने कुरा गौण हो/ देश ले खान दिदैन , जहाँ सुसाशन छ त्यही ठिक/ जात भाषा गर्ब गरेर खाली खुट्टा र गरिबी कोहिपनि चाहदैनन्/ यदि साचिकै रास्ट्रियता कुरा गर्ने हो भने गफ मात्रै हो/ पाए १००% नेपाली अमेरिका अस्ट्रेलिया जान्छन, नपाएर मात्रै हो/ एउटा सानो काठमाडौँ, ललितपुर र भक्तपुर भन्ने छुट्टै आवस्यकता छ ता/ त्यसो भए/ मधेश छुट्टै राज्य चाहियो भन्ने सी के राउत पनि ठिक हुन् भन्नु पर्यो नि ता मदन बज्राचार्य जी / मदन जी नै अमेरिका नागरिक हुनुहुन्छी कि जस्तो लाग्छ मलाई त/
    यस्तो जातिय द्वेष ल्याउने कुरा नगर्नुस/ म पनि मगर हु/ मगर राज्य भनेर अर्को १० बर्से युद्ध गर्नु मलाइ छैन/

    Reply
  13. madan bajracharya says:
    September 25, 2018 at 5:10 am

    पृथ्बी नारायण शाहको उपत्यका जित्ने चाहना र गोरखालीको बहादुरि भन्दा उपत्यकाको मल्ल राजाहरु हार्नुको मूल कारण मल्ल राजाहरुको आपसी बेमेल, उनीहरुको आफन्त र भारदारहरुनै बेईमान हुनुनै हो/ पृथ्बी नारायण शाहले उपत्यकामा पहिला पनि हमला गरेकै थियो र त्यो हमलामा उसको गोरखाली फौज मल्ल सेना सिट हारेको थियो/ उसको उपत्यका कब्जा गर्ने अन्तिम पटकको प्रयासमा उसले बिना युद्ध उपत्यका कब्जा गरेको थियो र त्यो कसरि सम्भव भयको थियो भन्ने कुराको ईतिहास्नै साछी छ/

    पृथ्बी नारायण शाहको उपत्यका राज्य बिस्तार अनेकौं जातको सानो सानो देसहरुमा तुक्रियाको नेपाललाई यकिकरननै गर्छु भनेर गरेको त् होईन तर उसको राज्य बिस्तारको चाहना र प्रयासले आजको नेपाल निर्माणको कारण बन्यो/ यसैले उसलाई मान्न कर लागेको हो/ नभय पृथ्बी नारायण शाह नै नेपालमा स्थानीय जनजाति आदिबाशिलाई “दवाई राख्नु पर्ने आफुले हरायको रैती” ठान्ने राजाहरुको गुरुनै थियो/

    Reply
  14. Roshan Karmacharya says:
    September 24, 2018 at 8:12 pm

    काठमाडौँ का नेवार हरुको लागि कालो दिन पनि हो यो !

    Reply
  15. Shankar says:
    September 24, 2018 at 3:26 pm

    हालै भएको राजदरबार हत्याकाण्ड मा मूल भूमिका कसको थ्यो ?
    निर्मला लाइ कसले बलात्कार गरेर मार्यो?
    सुनकाण्ड मा क कसको मूल भूमिका थ्यो ?
    येस्ता कुरा त् आजको स्मार्ट फोन , कम्प्युटर इन्टरनेट प्रबिधि भएको नेपाल मा जबाफ छैन , भुत्रो तेती पहिलेको कुरा आखा ले देखे जस्तो कसैले बयान गर्न सक्छ नेपाल मा ?मानिस को सिर्जन सिल दिमाग ले जे लेख्यो लेख्यो , लेख्नेले मनोरन्जनको लागि लेख्यो , पढ्ने ले मनोरन्जनको लागि पढ्यो | तर मालाई यी कुरामा सत्यता ५-२० प्रतिसत जाति मात्र होला जस्तो लाग्छ |इन्दियामै पनि झासिकी रानी , पृथ्बी राज चौहान जस्ता बिर अरे भन्छ , येसो इन्दियनको संगत गर्यो चोर, लुचा, फ़्रड , बेइमान नै धेरै भेटिन्छ | जाहा आसाराम बाबु , रकी बाबा र र अरु २ दर्जन फ्रद भनेर समातिएका बाबा हरु कुनैबेला देउता नै भनेर पुजा गरिएका जस्ता पुजित थिए | तेस्तो मानिसको इतिहास , र ठुला ठुला कुरा को के बिस्वास ?
    आज कै इन्डिया मा पनि यो मोदीले भर्खर फ्रान्स बाट लडाकु बिमान किन्दा अम्बानी को
    कम्पनीलाई बिसेस ठेक्का र सर्बाधिकार दिएको रहेछ | तर जनतामा अर्कै भ्रम फिजायेछ |
    तर फ्रान्स को रास्ट्रपति ले त्वित्तर मा हामीलाई येसरी मोदी सरकार ले हात बाधिदिएको थ्यो भन्ने खुलासा गरेपछि आर्को ठुलो भ्रास्ताचार काण्ड को आसंका हुदै गर्दा राहुल गान्दिले सदनमा इन्दाइरेक्त रुप ले मोदी सरकार लाइ चोर भनिदिएछ |
    येसरी बेइमानी , हत्या , ठगीलाई राजनीति नाउदियेको इतिहास र बर्तमान भएको ठाउको कुन कुरो सहि कुन कुरो गलत ?
    नेपाल त् झन् पछिला दिन मा इन्डियाको फोटो कपि भएको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme