Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

७५ शब्दको एउटै वाक्य कसरी लेख्‍ने राष्ट्रपति कार्यालयबाट सिक्नुस्

Posted on September 24, 2018 by Salokya

राजतन्त्र हुँदा आधिकारिक विज्ञप्ति लेख्न बडा गाह्रो हुन्थ्यो। त्यतिबेला शब्द श्री ५ महाराजधिराजबाट सुरु हुनुपर्थ्यो। अपवादका रुपमा परमेश्वर अगाडि रहन सक्थ्यो। अनि जसरी हुन्छ एउटै वाक्यमा विज्ञप्ति सकाउनु पर्थ्यो चाहे जतिसुकै शब्द किन नहोस्। मुलुकमा राजतन्त्र हटेर गणतन्त्र आयो, तर परम्परा त्यसबाट फरक हुन सकेको छैन। अहिले पनि शब्द कोची कोची भए पनि एउटै वाक्यमा विज्ञप्ति बनाइन्छ। छोटाछरिता साना वाक्यहरु भएर विज्ञप्तिमा के फरक पर्छ, लेख्ने र लेख्न लगाउनेहरुलाई नै सोध्नुपर्छ। यस्तै एउटा नमूना भर्खरै राष्ट्रपति कार्यालयबाट आएको छ। ७५ शब्दको एउटै वाक्य बनाइएको छ। हेर्नुस् नमूना।

विज्ञप्तिमा प्रधानमन्त्री शब्दमात्रै चार ठाउँमा छ। त्यसैगरी २०७५ साल असोज ६ गते शनिबार एकै वाक्यमा दुई ठाउँमा परेको छ। नमूनै हो।

साथमा राजतन्त्र कालमा राजा र युवराजको सन्तान जन्मँदा कस्तो भाषा प्रयोग हुन्थ्यो, त्यो पनि हेरौँ-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme