शनिबार दुई वटा किताबको विमोचन थियो। अहिलेका चलेका दुई प्रकाशकहरुको- दुवै ‘चलेका’ लेखक। फाइनप्रिन्टको प्रकाशनमा युवामाझ लोकप्रिय सुविन भट्टराईको ‘प्रिय सुफी’ नामको किताब। बुकहिलको प्रकाशनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आत्मसंस्मरण ‘न्याय’।
दुई प्रकाशकको प्रचार सामाग्रीमा एउटा अचम्मको समानता देखियो- दुवैले ‘प्रवेश निःशुल्क’ लेखेका थिए। बुकहिलले अङ्ग्रेजीमा फ्रि इन्ट्री लेखेको थियो भने फाइनप्रिन्टले नेपालीमा प्रवेश निःशुल्क।
साँच्ची, पैसा तिरेर किताब विमोचन चाहिँ कहिले भएको थियो हँ?
तपाईँले सम्झनुभएको छ किताब विमोचन पनि शुल्क तिर्नुपर्ने गरी भएको?
पक्कै छैन होला। किनभने त्यस्तो कार्यक्रम भएकै छैन।
त्यसो भए एउटा हैन, दुई दुई वटा प्रकाशकले किन प्रवेश निःशुःल्क लेखेर प्रचार गरेका होलान्?
के यसको अर्थ अब भविष्यमा केही परिवर्तन हुन लागेको हो? किनभने यसअघि प्रवेश निःशुल्क लेख्न पर्दैन थियो। मान्छे यत्तिकै आउँथे किताब विमोचनमा। त्यसो भए अब भविष्यमा विमोचन कार्यक्रममा सहभागी हुन पनि पैसा लाग्ने भएको हो?
कि त्यसको उल्टो अब किताब विमोचनमा गिफ्टसमेत पाइने हो? युवा पुस्ता लक्षित किताब विमोचन हुँदा हेल्थपोस्टहरुमा र अहिले त बसमा समेत पाइने ‘चाहे जति लैजानुस्’ खालको गिफ्ट पनि सहभागीलाई बाँड्ने त हैनन् अब।युवाबाहेक अरु पनि लक्षित किताबमा चकलेट, रुमाल वा यस्तै अरु गिफ्ट त दिने हैनन्?
बुझिनसक्नु छ किताब विमोचनको यो नयाँ शैली पनि।
रत्न पुस्तक भण्डारका निर्देशक गोविन्दप्रसाद श्रेष्ठको अन्तर्वार्ता केही समयअघि नयाँ पत्रिका दैनिकमा छापिएको थियो। रोचक थियो-
कथा, उपन्यासका नयाँ पुस्तक कतिजति बिक्री हुन्छन् ?
सेलेब्रिटीले लेखेको पुस्तक दुईदेखि पाँच हजारसम्म बिक्ला । त्यो कृति होइन, व्यक्ति बिकेको हो । सेलेब्रिटी भएका लेखक पनि अलिअलि बिक्छन् । तर, विशुद्ध लेखकका कथा, उपन्यास तीन सयदेखि हजार प्रतिसम्म मात्र बिक्छन् ।
हजार प्रति बिक्यो भने त्यो बेस्ट सेलिङ हो । प्रकाशकहरू त बोल्दैनन्, तर कतिपयका कृति पाँच सयभन्दा तल झरेर पनि छाप्न थालेका छन् । अनुसन्धानमूलक गहकिलो कृति झनै बिक्दैन । तीनदेखि चार सय बिक्छन् ।
तर, यहाँ त पुस्तक प्रकाशनअघि नै प्रकाशकले लेखकलाई मोटो रकम दिएको हल्ला चल्ने गरेको छ नि ?
भपाई देखाउनुप-यो, पुस्तक बिकेपछि तिरेको ट्याक्सको कागज देखाउनुप-यो । दिए होला । उनीहरूको कुरा हो । तर, त्यो पैसा उठ्दैन । त्यसैले मैले भनेको १० वर्षपछि मात्र प्रकाशन गृहको नाफाको हिसाब हुन्छ ।
हुन त खुसी पुस्तकका लागि विजयकुमार पाण्डेले अझ ठूलो रकम पाएको पत्रकार सम्मेलन गरेरै भनियो । त्यत्रो पैसा उठ्ने गरी किताब बेचेको हो भने कर पनि तिरेको हुनुप-यो नि । अस्ति एकजनाले मलाई सुनाए कि उसको साथीको पुस्तक प्रकाशन नभई एउटा कार्यक्रम डेभाजुमा भयो । त्यहाँ एक लाख खर्च भयो रे ।
विमोचन मोक्ष रेस्टुरेन्टमा गर्दा साढे तीन लाख खर्च भयो रे । अनि लेखकले चार लाख पायो रे । पुस्तकको मूल्य साढे चार सय राखिएको छ । त्यो किताब मेरा तीनवटा पसलबाट ६० वटा मात्र बिक्री भएको छ । देशभर मुस्किलले दुई हजार बिक्छ । ठोकुवा गरेर भन्छु, त्योभन्दा बढी बिक्दैन । अनि त्यत्रो पैसा कहाँबाट उठाउँछन् ? पूरा अन्तर्वार्ता यता छ।
निशुल्क भन्ने सबैलाई थाहा छ | तर, आयोजकले बढि भन्दा बढि मानिस जुटाउन फालेको बल्छी हो त्यो | बुझ्नेले कुरी कुरी गर्दै हाँसी बस्छ नि |
समय बदलि सक्यो | इन्टरनेट , स्मार्ट फोन ले गर्दा मानिस पहिले जस्तो किताब पढ्दैन | त् किताब कहा बिक्छ ? कसै ले बढाइ चढाई कुरा गरे सफेद झुट ठाने हुन्छ |
पहिले बेदप्रकाश सर्मा, रानु , युधिर थापा , प्रकाश कोबिद को लब उपन्यास पढ्ने नेपालि हरु
आजकाल युट्युब मा उस्तै उस्तै सेयेउ भिडियो मजाले हेर्न पाउछन त् किताब पढ्ने फुर्सद कसलाई छ ?
बिजयकुमार , हृशी धमला हरु जस्ता डाइना मिक सोल हरु आफुलाई भिन्न बताउन पनि सक्छन | बिस्वास गर्नले पनि पत्याउन पर्यो |