Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलात्कारी पत्ता लगाउन नसकेपछि पोर्न साइट बन्द गर्दै सरकार

Posted on September 21, 2018 by Salokya


दुई महिना पुग्न लाग्दा पनि निर्मला बलात्कार काण्डमा अपराधी पत्ता लगाउन नसकेको सरकारले अब पोर्न साइट बन्द गर्दै अपराध कम गर्ने उपाय खोज्दैछ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य अश्लील सामाग्रीको नेपालभित्र पहुँच रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताएको छ।

किन त?

मन्त्रालयको ठहर छ- ‘इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्दछ।’

अनि अनुरोध पनि गरेको छ, अश्लील सामग्रीहरुको विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान-प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्ता लगायत सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

सञ्चार मन्त्रालयको यो निर्देशनपछि अब आइएसपीहरुले पोर्न साइट लगायतलाई नेपालबाट हेर्न नमिल्ने गरी ब्लक गरिदिनेछन्। तर उपाय हजार, अलिकति प्राविधिक ज्ञान भएकाहरुले प्रोक्सीबाट भने हेर्न सक्नेछन्।

युट्युबमा फुल्चोकी मिडियाजस्ता च्यानलहरुको हालत चाहिँ के हुने हो? हेर्न बाँकी छ।

सरकारले यो विज्ञप्तिमा अपराध संहिता ऐन उल्लेख गरेको छ। यो ऐन पूर्ण रुपमा लागू हुने हो भने अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्छ।

यो कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन।

ऐनको दफा १२१ को (घ)ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ। अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने भो।

उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

12 thoughts on “बलात्कारी पत्ता लगाउन नसकेपछि पोर्न साइट बन्द गर्दै सरकार”

  1. kundan says:
    September 22, 2018 at 6:52 pm

    जति रोक्य अपराध झन् बढ्छ … झन् बोका हरू बढ्ने भो …

    Reply
  2. Sailendra Thapa says:
    September 22, 2018 at 11:05 am

    अनि नेपाली कथानक भनेर प्रचारित, अर्चना पनेरु अभिनित चलचित्र “छेस्को” र उस्तै बकवास “सफ्ट पर्न” “एटिम ” जस्तो चलचित्र चै चल्न र युट्युब मा हेर्न पाइने? कारवाही नै हुने हो भने “कथा काठमान्डू” को प्रियंका कार्की अभिनित आपत्तिजनक दृश्य भएको “जुन तारा” हो कि कुन गित चै कुन कटेगोरी मा पर्छ कुन्नि? यौन उत्तेजना त तेस्तो ले पनि बधाउछ नि .

    Reply
  3. Shankar says:
    September 22, 2018 at 10:36 am

    मन्दिर हरुमा भएको पोर्न मुर्ति हरुपनि हटाउने हो कि ?

    Reply
  4. Prabhat says:
    September 22, 2018 at 10:03 am

    Vrastachar rokna sabai mantralaye banda garne ho ki, apradh rokna sabai janatalai aaniwarye police maa bharti garne ho ki

    Reply
  5. Sharan Bastakoti says:
    September 22, 2018 at 9:15 am

    I think this government is just out of touch and have no clue what it is doing ! Best way to reduce rape or any sexual violence cases will be to make prostitution legal in designated red light area and by not raiding the hotels where consenting adults are having sex . As evidence clearly shows ,in most conservative countries where sex is taboo , rates of rapes , sexual violence and HIV are highest . Most of the cases are go unreported.

    Reply
  6. Kamal says:
    September 22, 2018 at 7:16 am

    यो कानुन ल्याउनु मा कारण अरु नै भय पनि नेपाली समाज लाई, अझ भनौ युवा पुस्ता लाई बिग्रिन बाट जोगाउन यो कानुन ले सकारात्मक भूमिका खेल्ने छ. ९९ नराम्रो काम गरेको यो सरकारको १ राम्रो काम .

    Reply
  7. kiran joshi says:
    September 22, 2018 at 3:56 am

    केहि कुराको त समर्थन गर्न हो… सबै कुरा को बिरोध..

    Reply
  8. Navin Rayamajhi says:
    September 22, 2018 at 3:02 am

    चाइल्ड पोर्नोग्राफी लाइ जघन्य अपराध मान्ने अमेरिका जस्तो देसमा त् यस्ता साइट हरु ब्लक गर्न सकेको छैन भने नेपालमा कसरी गर्ने? मेरो सानो दिमागको जिज्ञासा.

    Reply
  9. Prabal Sharma says:
    September 22, 2018 at 2:39 am

    What about Viagra?

    Reply
  10. Santosh says:
    September 22, 2018 at 12:59 am

    माम्पाखा, देशको प्रजनन दरमै असर पर्ने भो त ।

    Reply
  11. bijay says:
    September 21, 2018 at 11:12 pm

    लौ आब फेरी ब्लु फिल्म हेर्न मखनको गल्लि धाउने दिन सुरु हुने हो कि क्या हो ?

    Reply
  12. Ratna says:
    September 21, 2018 at 11:11 pm

    राम्रो कदम | यसको समर्थन गर्दछु | कार्यान्वयन फितलो हुनु भएन | सबभन्दा बढी मारमा को पर्लान कोनि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme