Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकछिन पानी पर्दा जलमग्न जमल

Posted on September 6, 2018September 6, 2018 by Salokya


बुधबार साँझ ज्योति भवनस्थित नेपाल विपश्यना केन्द्रको सिटी अफिसमा एक घण्टे ध्यान सकाएर निस्कँदै थिएँ, पानी दर्कन थाल्यो। अघिपछि पानीको वास्ता नगरी रुझेरै हिँड्थेँ। तर यसपटक हिँड्ने स्थिति थिएन। पौने सात बज्दै थियो। पानी झन् झन् दर्कन थाल्यो। एकैछिनमा पूरै जमल नै जलमग्न भयो। जमलको सडक हैन, कुनै नदी झैँ लाग्थ्यो। क्यामेरा साथमा थिएन, मोबाइलले केही फोटो र भिडियो खिच्न थालेँ। आकाशे पुल हुँदै जान लगभग घुँडासम्म आउने पानीमा भिज्नु पर्ने भएकोले ज्याठातिर जान खोजेँ। तर त्यहाँ पनि जुत्ता पानीमा भिजाउनै पर्ने भयो। तुलनात्मक रुपमा अलि कम। तर त्यो गल्लीबाट अलि अघि बढ्दा त्यहाँ फेरि झण्डै घुँडासम्म आउने पानी।

त्यहाँबाट जान सकिएला जस्तो नलागेर फेरि फर्केर निर्वाचन आयोग अगाडिबाट बाटो काटेर जाने प्रयास गरेँ। त्यो बाटो पनि पुरानो परीक्षा नियन्त्रण कार्यालय अगाडि जुत्ता भिजाउनु पर्ने गरी डुब्नु पर्ने भयो। जुत्ता नभिजाई जमलबाट पार लाग्ने उपाय नै थिएन।

माइक्रो बस चढ्न लागेकाहरु घुँडासम्म आएको पानीमा डुब्दै हिँडिरहेका थिए। यो अस्तव्यस्तताको मोबाइलबाट खिचेका केही फोटो र भिडियो हेरौँ

10 thoughts on “एकछिन पानी पर्दा जलमग्न जमल”

  1. madan bajracharya says:
    September 18, 2018 at 11:00 pm

    उहिले सफा सुन्दर जता हेर्यो उतै हरियो भरियो र कलात्मक मन्दिर चोकले भरियको, सडकको कुना गल्लीमा पनि फोहर गरे “पुनाँ है न्हा” अर्थात त्यहा निवास गर्ने अद्र्स्य सक्तिले पिडा देला भनि सफा राख्थ्यो/तर अहिले किन यसो भयो? कारण सबैलाई थाह छ: उपत्यकामा उपत्यकालाई उहिले सुन्दर सफा र सम्पन्न राख्नेलाई अल्पमतमा पर्ने गरि “आफ्नो जन्म थलो भुल्ने नेताको नीतिकै अनुसरण गर्ने को भिड उपत्यकाले थाम्नै नसक्ने गरि उपत्यका हुले/ इनिहरुनै हुनु उपत्यका फोहर हुनु उपत्यकाको चोक गल्लि नदि फोहर हुनु र सफा पानि बग्ने नदीमा फोहर बग्नुको कारण/

    Reply
  2. lote says:
    September 14, 2018 at 2:57 am

    देश बिकाश हुन दुइ तिहाइ वा तिन चौथाई ले केहि पनि अर्थ राख्दैन/ सरकार जनता प्रति उत्तरदायी भए मात्रै पुग्छ / बिकास को सुगा रटाइ ले सिन्को भाचिदैन खाल्टो परेका सडक टाले मात्रै पुग्छ / देश मा नाम मात्र को सरकार त छ तर अनुभव भने गुण्डाराज को मात्रै छ / येसो भनिरहदा सरकार लाइ विफल बनाउने षडयन्त्र मा म पनि लागेको आरोप लाग्ला तर सरकार को काम को अगाडी येस्ता आरोप नया नौलो हुदैन /
    सरकार को काम को फेहरिस्त हेरौ /
    १) निर्मला पन्त को हत्या मा प्रहरी आफै संलग्न भएर प्रमाण नस्ट पार्ने काम, प्रधानमन्त्री आफै संका को घेरा मा रहेका को पक्ष्य मा बोल्नु
    २) ३५ किलो सुन काण्ड मा मन्त्रि हरु नै संलग्न भएको संका
    ३) काम नगर्ने ठेकेदार हरु लाइ कारबाही गर्नु पर्ने मा मन्त्रि आफै संरक्ष्ण मा लागेका र प्रचण्ड आफै तेस्ता को बचाऊ मा लागेका
    ४) एउटा तरकारी बजार अनुगमन गर्न जादा अनुगमनकारी बन्धक हुनु पर्ने
    ५) दैनिक हत्या तथा बलात्कार का घटना बढ्नु र शान्ति सुरक्ष्या कमजोर हुनु
    ६) चिकित्सा शिक्षा सुधार गर भन्दा मन्त्रि आफै नारि को इज्जत जाने कुरा गर्दै ब्यापारी को पक्ष्य मा लाग्ने
    ७) राजधानी को २-४ किलोमीटर सडक पिच गर्न नसकी बिदेसी पाहुना को कार्यक्रम सार्ने अवस्था ल्याउनु
    येस्ता काम बाहेक गतिलो काम केहि भएको छ भने सरकार ले छाती ठोके हुन्छ / खाली रेल ल्याउने , जहाज ल्याउने, मोनो रेल ल्याउने, स्मार्ट पार्किङ्ग बनाउने भनेर बकम्फुसे कुरा नगरे हुन्छ / बिकास , विकास भनेर विकास हुने भए विकास को नाम म कोटी होम लगाए हुन्छ तर के पी ओली विकास गर्न आएका हैनन् यिनी त आफ्ना आसेपासे हरु को भरण पोषण गर्न आएका हुन् / प्रचण्ड पनि एमाले मा ज्यान जोगाउन मात्रै पसेका हुन् / येदि एमाले मा नपसेका भए २-३ वर्ष मा माओबादी को मा पनि रहदैन थियो / हैन काम नै गर्न आएको भए खोला बग्ने सडक बनौन २-४ वर्ष लाग्दैन / एउटा पुल बनौन जुग लाग्दैन / भुकम्प ले भत्केको घर बनौन ४ वर्ष लाग्दैन / नमच्चिने पिङ्ग को सय झड्का भनेको येही हो / काम केहि गर्नु छैन दिनदिनै बकबास बोलेको छ हिडेको छ /

    Reply
  3. Santosh Sah says:
    September 11, 2018 at 10:15 am

    Nice post….govt. should solve this problem

    Reply
  4. Deepak Luintel says:
    September 7, 2018 at 6:52 pm

    सारै मजाको कम्मेन्ट छ है

    Reply
  5. Binaya Adhikari says:
    September 7, 2018 at 1:59 am

    जल र मल = जमल

    Reply
  6. केबी says:
    September 6, 2018 at 5:30 pm

    ओलीबाबाको प्राथमिकतामा परने कुरो होइन यो| मेयर त काठमान्डूमा छदै छैन| काठमान्डूका जनताले थोडै मेयर चुनेका हुन् र? उनीहरुले त पार्टिका कार्यकर्ता पो छानेका हुन|
    नेताका बाणी यी रेल र पानी जहाजका नमुना हुन| पानी जहाज र रेल भनेका अर्को पालि पनि चुनाव जित्न जनतालाई गुमराह बनाउने योजना हुन| भारतबाट रेल ल्याएर के गर्ने? बिहार र यूपीका सबै मान्छे थुपार्ने? काठमान्डूमा २०० भन्दा बढी रोहिन्ग्या कसरि अचानक देखा परे?
    के युएन शरणार्थी संस्थालाई यसको छनक अघि बाटै थियो? रेलले अझ यो समस्या थप्छ किनभने हामी नेपालीमा ब्यवस्थापन भन्ने कुन चरीको नाउ हो थाहै छैन|
    छदाखदाको ट्रलीबसलाई मज्जाले भक्तपुर र काठमान्डूका निपरवाह जनताले पोली खाए|
    अहिले कंहा ट्रली बस थियो भन्ने नामोनिशान छैन|
    मेयर र उप मेयर दुवैलाई तुरन्त जनताले हटाउन पर्छ र नया चुनाव गरिनपर्छ| अरुलाई शरम नलागे पनि यी दुई तथाकथित निर्वाचित लाई लाग्नु पर्ने हो| के यी रोटरी क्लबका पद हुन कि लायन्स क्लबका ?

    Reply
  7. Sunil, London says:
    September 6, 2018 at 4:15 pm

    नाउँ अनुसार को ठाउं हो नि त , पानी जम्ने भएर नै त्यो ठाउँको नाम “जमल” भएको होला क्या !!

    Reply
  8. shailendra says:
    September 6, 2018 at 3:00 pm

    जल बगेर जान अलमल भएको हुनाले जलअलमल हुदै लास्टमा जमल नाम रहन गएको होला

    Reply
  9. madan bajracharya says:
    September 6, 2018 at 8:53 am

    उपत्यका मानिस कोच्चिने खाल्डो बने/ घर र सडकको जंगल बने/ तर यसको अनुपातमा बर्षा को पानि बगिने lढलहरु बनेनन्/ बने पनि तेस्मा बर्षाको पानि होईन हगेको र मुतेको मात्रै बग्ने भयो/ त् हालत यस्तो भयो/

    उदाहरण: पियल सि मेयर बन्दा महाराजगंज देखि छात्रपाती ढलको हुँदै बिस्नुमति सम्म ४ फिटको पाइप को ढल बनायो/ त्यो ढल बनाउँदा उसले त्यो ढल मात्र सडकमा बग्ने बर्षाको पानि पठाउन मात्रै बनायको भनेको थियो/ तर त्यो ढलमा महाराजगंज देखि सबैको घर बंगलाको चरबीको मल मुत्र जाने ढल मिसाईयो/ अहिले त्यो ढलमा बर्षाको पानि भन्दा बढी हगेको मुतेको मात्रै बग्छ र त्यो फोहर बिस्नुमतिमा मिसिसाईञ्छ/

    त्यो ढल बनाउंदै गर्दा छत्रपातिको बरिस्ठ नागरिकहरुले त्यो पियल सीले बनायको भन्दा चौडा उहिले मल्ल राजाहरुले बनायको राजकुलोको ढल अझै संग्लो नै भयको हुँदा तेही राजकुलो ढल्ने मर्मत गरे हुन्थ्यो भनेको थियो/ राजकुलोमा बग्ने फोहर नदीमा खासिन्दैन चोभार तिर कतै खसालिन्छ भनिन्छ/ त्यो राजकुलो पियल ले बनायको भन्दा ठुलै भयको कुरा इखापोखारिको दिलमा अझै हेर्न सकिन्छ/ कन्या मन्दिरले नमासेको भय त्यो राजकुलो ढल त्यहा अझै हेर्न सकिन्छ/

    उहिले मल्लराजाको पालामा उपत्यका मा सायद १० हजार बासिन्दा पनि बस्थ्यो बस्दैथ्त्यो होला/ तेतिबेला त् नदीमा नमिसाईने तेत्रो ढल बनायको थियो भने अहिले बढीमा १०/२० लाख जनसंख्या अटाउने उपत्यकामा सायद करोड नै बसोबास गर्दा पनि ढल बनाउन किन कन्जुसी गरे होला सरकारको कुर्सीमा बस्नेले; उनीहरु उपत्यका निवासिनै नभयकोले हो बा उपत्यका मात्र उनीहरुको कुर्सि ओगत्ने र्रकम कुम्ल्याउने थलो भयकोले हो?

    Reply
  10. Shankar says:
    September 6, 2018 at 7:17 am

    पानि भए त् हुन्थ्यो , त्यो गन्हाउने पानि हो | तेसरी बाढी आउदा मुनिको अब्यबस्थित ढल पनि तेसैमा मिसिएर , गन्ध थप्न आइपुग्छ र ज्युदै नरकमा परेको भान हुन्छ |
    ओलीको बिकास र सम्ब्रिद्दिको गफ र प्रचनडेको आफ्नो बलिदानको कथा बेस्करी गन्ध छोड्न थाल्छ | तेस्मा सेरबहादुर को प्रजातन्त्र र सामाज्बाद र रामसरण को २ अंकको आर्थिक ब्रिद्दि दरको गफ, कोइराला परिवारको बि पी को सपना र गिर्जा बाउको राजनीति मिसाइदिने हो भने त् के भन्नु र कति गन्हाउ छ कति ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme