फोर्ब्सले नेपालका १० धनाढ्यहरुको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा अर्बपति विनोद चौधरीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्म परेका छन्।
फेसबुक चहार्दै गर्दा तपाईँले यस्तो व्यहोराको समाचार पक्कै पढ्नुभएको होला। एउटा हैन, दुइटा हैन, धेरैमा। रमाइलो के छ भने धनाढ्यहरुको सूचीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई सबैभन्दा तल १० नम्बरमा राखिएको छ भने राजेन्द्र खेतान जस्ता हाल चुप बसेका व्यवसायीलाई उनीभन्दा माथि राखिएको छ। अजेयराज सुमार्गीको नाम पनि त्यसमा छ। दङ्ग पर्नुभयो होला है यस्तो पढेपछि। अझ दङ्ग पर्नु हुनेछ, जब माइसंसारले त्यो समाचार फेक हो भनी गरेको खुलासा तल पढ्नुभएपछि।
सबैभन्दा पहिला कस्ता कस्ता समाचार आएका थिए, एक झलक हेरौँ है त
समाचार १
समाचार २
समाचार ३
समाचार ४
समाचार ५
समाचार ६
समाचार ७
समाचार ८
समाचार ९
यी त भए अनलाइन, छापा पत्रिकामा पनि समाचार छापिएको छ। गएको हप्ताको जनआस्था साप्ताहिकमा छापिएको समाचार यस्तो छ-
के हो साँचो कुरा?
यत्रो धेरै मिडियाले लेखेको समाचार भएपछि तपाईँलाई भएरै त लेख्यो होला भन्ने लाग्न सक्छ। तर होइन, यो फेक न्युज हो। फोर्ब्सले नेपालका धनाढ्यहरुको कुनै अलग सूची निकालेको छैन। नपत्याए फोर्ब्सको अनलाइन हेरे हुन्छ। पहिले झैँ म्यागेजिन नै पल्टाएर हेरिरहनु पर्ने जरुरी हुन्न। अब त अनलाइनबाटै हेर्न सकिन्छ। यो कुरा हो कि हैन भनेर फोर्ब्सको वेबसाइट forbes.com मा हेर्न छाडेर सबै कागले कान लग्यो भनेपछि कागको पछि पछि दौडेछन्।
फोर्ब्सले डलर अर्बपतिहरुको मात्र सूची निकाल्छ र त्यसमा अहिलेसम्म परेका एक मात्र नेपाली भनेको विनोद चौधरी हुन्। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ
त्यसो भए यी सब मिडिया कसरी झुक्किए त। धेरैले त कपिपेस्ट गरेका होलान्। सबैभन्दा पहिला यो समाचार कसले छाप्यो, पत्ता लगाउन सकिएन। तर जसले छापेको भए पनि झुक्किए मज्जैले। केही अविश्वासिला अङ्ग्रेजी साइटहरुमा पनि यो फेक न्युज छापिएको छ। त्यसमा पत्रकारहरु नझुक्किनु पर्ने हो। उनीहरु झुक्किएको चाहिँ फोर्ब्स नामबाट चलेको फेक वेबसाइट forbes10.com हुनुपर्छ।
यो साइटको टाउकोमा फोर्ब्स लेखेको देखेपछि बुझ्नु न सुझ्नु ट्रान्सलेट गरेर हान्दिए एक जनाले। त्यसपछि एक पछि अर्को गर्दै सबै कपिपेस्ट गर्दै हाल्दै।
यो अस्ति भर्खर अगस्त २१ मा दर्ता गरिएको फेक वेबसाइट हो। भिजिटर तान्न उसले भएभरका देशको फेक धनीको लिस्ट राखेको छ।
फेक वेबसाइट चिन्ने तरिका
यत्रा मिडिया हुस्सु बनेको देखेर फेक वेबसाइट चिन्ने तरिका पनि लेख्दिम् कि जस्तो लाग्यो। सबैभन्दा पहिला त फोर्ब्स भनेको नामी म्यागेजिन हो। यस्तो पुरानो म्यागेजिनको वेबसाइट पक्कै पनि राम्रो र मिलेको हुनुपर्छ। पक्कै केही न केही विज्ञापन त हुन्छ। तर त्यो वेबसाइटमा हेर्नुस् केही पनि मिलेको छैन। न विज्ञापन नै छ। अझ कति लिङ्क त खुल्दा पनि खुल्दैन।
चलेको वेबसाइटहरुमा पक्कै पनि कन्ट्याक्ट गर्ने ठाउँ कन्ट्याक्ट अस लगायतका विवरणहरु हुनुपर्छ। त्यो वेबसाइटमा त्यस्तो केही पनि छैन। हेर्दासमेत विश्वासिलो त हुनुपर्यो नि वेबसाइट।
अब त हुस्सु भएको पत्याउनु भयो नि। अरु हुस्सु हुनु र मिडिया हुस्सु हुनुमा फरक छ। व्यक्ति हुस्सु हुँदा ऊ आफूमात्र हुस्सु भएको हुन्छ। मिडिया हुस्सु हुँदा उसले आफ्ना पाठकहरुलाई पनि हुस्सु बनाउने कोशिश गर्छ। अब हेर्नुछ- उनीहरुले यो हुस्सु भएर छापेको कुरा सच्याउँछन् कि सच्याउँदैनन्। फेक न्युज पो रहेछ त भनी पाठकले नै सचेत गराउँदा पनि सचेत हुन्थे कि।
यो पनि हेर्नुस-
के हो मिथ्या समाचार (फेक न्यूज) ? मिथ्या समाचार कसरी चिन्ने ? मिथ्या समाचार: के गर्ने ? के नगर्ने ?
ईन्स्ट्याण्ट आर्टिकल को लागि फेक निउज लेख्ने हरु धेरै छन्
धन्यवाद सल्योका, नेपालको बतासे (बेकम्फुसे) पत्रकार र पत्रिका र राजनैतिक नेता येस्तै हुन् |
दाई मारेर अनि अनलाईन पोकर खेलेर कमाएको अकुत सम्पत्ति ले त ज्ञानु नं-१ मै पर्नु पर्ने ।
सो नो प्रचण्ड एंड ओली ?