Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको मेडलमा बेलायती महारानीको चित्र किन?

Posted on September 3, 2018September 4, 2018 by Salokya

नेपालमा गणतन्त्र छ अचेल। राजामहाराजा इतिहासमा सीमित भए। तर नाममै पूर्व महारानीको नाम जोडिए पनि गणतन्त्र आएपछि हटाइएको एक संस्थाले बाँडेको पदकमा नेपालको नभए पनि बेलायती महारानीको अनुहार रहेको भेटिएको छ। 

यो हो थापाथलीको प्रसूति गृहले बाँडेको सेवा पदक। यो अस्पतालको नाम पहिला “परोपकार श्री ५ इन्द्र राज्यलक्ष्मीदेवी प्रसूति गृह” थियो। गणतन्त्र आएपछि  श्री ५ इन्द्र राज्यलक्ष्मीदेवी  नामबाट हटाइयो।

तर यही अस्पतालले बाँडेको सेवा पदकमा भने बेलायती महारानीको मुहार अंकित सिक्का रहेको भेटिएको छ। सिक्कामा एलिजाबेथ र अस्ट्रेलिया लेखेको प्रष्टै देखिन्छ।

हिजो अस्पतालको ५९ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान तथा कदरपत्र समेत प्रदान गरिएको थियो।

7 thoughts on “नेपालको मेडलमा बेलायती महारानीको चित्र किन?”

  1. जनार्दन says:
    September 8, 2018 at 3:08 pm

    त्यो सुनको सिक्का टांसेको जस्तो छ ।

    Reply
  2. निलेश says:
    September 5, 2018 at 4:06 pm

    बेलायती महारानी Elizabeth नभई Elizabeth II हो . यो सिक्का नै fake जस्तो छ ! छानबिन हुनु पर्यो !

    Reply
  3. Karna Grg says:
    September 5, 2018 at 3:54 am

    गर्यो यस्तो किन? कारण अवश्य होला…. त्यो चाहि खोजेर लेख्नु भए राम्रो हुन्थ्यो…

    Reply
  4. madan bajracharya says:
    September 4, 2018 at 12:13 pm

    गणतन्त्र आय देखि उहिले राजाहरुले स्थापना गरेको र राजाको नाममा खुलेको उद्योग अस्पताल आदिहरु बन्द गर्न सकेको बन्दै गर्दै बन्द गर्न नसकिने को नाम बदलेर नेपालमा राजाले पनि राम्रा काम गरेको थियो, भन्ने कुरा नै मिताउन खोजेको छ नेपालमा कहिले प्रजातन्त्र त् कहिले लोकतन्त्र भनि दिल्ली निर्देशित तन्त्र लादेर नेपालको अघोसित बादशाह अंग्रेजको नाजाजाय पुत्रलाइ बनाउन खोज्ने गुटले/

    राजा सिट सामाजिक व्यबस्थाको मुद्दामा मात्रै नागरिकको केहि गुनासोहरु नभयको होईन/ तर नेपालको इतिहासको निर्माण र जगेर्ना राजाहरुले नै गरेको थिय भन्ने कुरामा नेपालीहरुले बिमति राख्दैन/ अहिले राजा नराम्रो भनि राजाको स्थान त् ओगटे इनिहरुले तर इनिहरुले खराव भनेको राजा भन्दा इनिहरु उतम भयको भयको कुनै उदाहरण दिनै सकेको छैन/ यसैले इनिहरुले होचो रुखलाई अग्लो देखाउन अग्लो रुखहरु सबै काटे झैँ राजाले गरेको राम्रो काम र राजाको नाममा जनताको सेवाको निमित खोलियको सबैको नाम बदलेदै आयको हो/

    Reply
  5. राम बाबु श्रेष्ठ says:
    September 4, 2018 at 8:35 am

    अष्ट्रेलियाको राष्ट्रप्रमुख बेलायती महारानी हो । पदकमा अष्ट्रेलियाको डलर राखेको हो की ?

    Reply
  6. Subash Shrestha says:
    September 4, 2018 at 6:20 am

    1 dollar ko Australian coin टासेको रहेछ। अर्को पट्टी ek dollar lekheko hunchha.aus ko queen pani elizabeth nai hun.चैट यसो मेडल बनायेसी रामरी आफ्नै बनाउनु नि!

    Reply
  7. Shankar says:
    September 3, 2018 at 7:56 pm

    सेवा पदक चै घुस खाएर , धाँदली गरेर सेवा गरेको भएर दिएका होलान कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme