Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिम्स्टेक सम्मेलन : ११ रोचक प्रसंग

Posted on September 3, 2018September 3, 2018 by Salokya


बिम्स्टेक सम्मेलन शुक्रबारै समापन भएको भए पनि आइतबारदेखि बल्ल औपचारिक रुपमा सकिएको झैँ काठमाडौँवासीले महसूस गरे। बिम्स्टेकका पाहुनामध्ये एक श्रीलंकाली राष्ट्रपति आइतबार दिउँसो बल्ल घर फर्किएपछि सडक बन्द हुने गरी चल्ने सवारीबाट राहत पाए राजधानीवासीले।

बिम्स्टेक सम्मेलनका केही रोचक प्रसंग।

१) बिग मिस्टेक, बिमिस्टेक…
भर्खर चौथो शिखर सम्मेलन हुँदैछ बिम्स्टेकको। स्थापना भएको १९९७ मा भए पनि नेपाल सदस्य भएको २००४ मा मात्र हो। त्यसैले बिम्स्टेकको नामै पहिलो पटक सुन्नेहरु पनि थिए। बिम्स्टेकको उच्चारण गर्न नजानेर बिमिस्टेक, बिग मिस्टेकसमेत भन्नेहरु भेटिए।

२) सार्कको जस्तो रौनक भएन
बिम्स्टेकमा म्यान्मार, थाइल्यान्ड जस्ता नेपालमा कमै आउने राष्ट्रप्रमुखहरु समेत आएका थिए। तर पनि बिम्स्टेक शिखर सम्मेलनको रौनक सार्क शिखर सम्मेलनको जस्तो भएन। सार्क १९८५ मै स्थापना भएको पुरानो संस्था भएर हो कि, यसको सचिवालय नेपालमै भएर हो कि, तीन पटक शिखर सम्मेलन भइसकेर हो कि अथवा दक्षिण एसियासित बढी निकट भएर हो- सार्क शिखर सम्मेलनको रौनक बिम्स्टेकभन्दा धेरै हुन्थ्यो।

३) तीन दिन जोर बिजोर
यस पटकको सम्मेलनका क्रममा तीन दिन सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। दुई दिन बिजोर नम्बरप्लेट भएका सवारी साधन गुड्न पाए भने एक दिन जोर नम्बरका। निजी सवारी साधन पनि चल्न नदिएको र सार्वजनिकमा पनि त्यही बन्देज भएका कारण यात्रुहरुले कम्ता हैरानी खेप्नु परेन। अफिस टाइम सकिएपछि सुन्धारा, रत्नपार्कतिर सयौँ यात्रुहरु अलपत्र भेटिन्थे।

४) सात वटा सुइट
सम्मेलनमा आएका विशिष्ट अतिथिहरुलाई कता राख्ने भनी निकै खोजियो। हायाट होटल र द्वारिकाज पनि विकल्पमा थिए। तर सात वटा सुइट चाहिने भएकोले सोल्टी क्राउन प्लाजा नै उपयुक्त ठहरियो। नेपालका सात वटा तालका नाममा यो होटलमा भएका सात वटा सुइट सबैभन्दा महँगा हुन् र हरेकमा सहयोगीका लागि छुट्टै क्वार्टरसमेत छ। सार्क शिखर सम्मेलन राष्ट्रिय सभागृहमा भएको भए पनि यो सम्मेलन भने सोल्टी होटलमै आयोजना गरियो। त्यतिमात्र हैन गोकर्ण रिसोर्टमा गर्ने भनिएको रिट्रिट पनि बाटो राम्रो नभएकोले सोल्टी होटलकै पौडी पोखरी छेउमा गरियो।

५) सात नेता, पाँच भाषा
सम्मेलन उद्घाटनका क्रममा सात नेताले पाँच भाषामा भाषण गरे। आयोजक राष्ट्र नेपाल, बंगलादेश र भुटानका नेताले अङ्ग्रेजी भाषा बोले। त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी बोले। म्यान्मारका नेताले वर्मेली भाषा बोल्दा टिभीमा लाइभ हेर्नेहरुले केही बुझेनन्। लगत्तै श्रीलंकाली राष्ट्रपतिले सिंहाली भाषामा सम्बोधन गरे। त्यसपछि थाइल्यान्डका प्रधानमन्त्रीले पनि थाई भाषामै सम्बोधन गरे।

६) प्रमवाणी ठाउँठाउँमा
राजतन्त्रको बेला राजाका महावाणीहरु ठाउँठाउँमा राखिएका हुन्थे। गणतन्त्रमा पहिलो पटक यसै सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहित उनको नारा समृद्ध नेपाल सुखी नेपाली ठाउँठाउँमा राखेको देखियो।

७) तीनकुनेको फ्लेक्स
तीनकुनेमा पार्क बनाउने भनेको कहिल्यै बनेन। चार वर्षअघि सार्क शिखर सम्मेलन हुँदा पनि तीनकुनेलाई जस्ताले बारिएको थियो। यस पटक पनि त्यसैगरी जस्ताले बारियो। यस पटक फ्लेक्स पनि राखेर रङ्गीचङ्गी झिलिमिली बनाइयो।

८) स्कर्टिङ गर्दा भएको दुर्घटना
यस पटकको सम्मेलनका क्रममा पहिलो दिनै म्यान्मारका राष्ट्रपतिलाई मोटरसाइकलमा स्कर्टिङ गरिरहेका प्रहरी हवल्दार दिनेश श्रेष्ठको कालिमाटीमा भएको दुर्घटनाले पनि निकै ध्यान तान्यो। दुर्घटनामा उनी सामान्य घाइते मात्र भए। स्कर्टिङको सबैभन्दा पछाडि पट्टी रहेका कारण पाहुनालाई भने कुनै असर परेन।

९) खर्च कति होला?
सार्क सम्मेलनमा जस्तो यसपालि सडक छेउमा गमला राखिएको थिएन। तर ठाउँठाउँमा रातारात मात्र हैन दिनमा समेत पिच गरिएको थियो। सम्मेलनको खर्चको विवरण आउन बाँकी छ। एउटा विवरण भने सार्वजनिक भइसकेको छ। भिभिआइपीका लागि बुलेट प्रुफ गाडीसमेत भाडामा लिनका लागि २ करोड निकासा।

१०) विज्ञापनमा पाहुनाको मर्ज
सोलार बत्ती रहेको लट्ठामा रहेको विज्ञापन राख्ने ठाउँमा हतार हतारमा विदेशी पाहुनाहरुको फोटो राखियो। भित्र रहेको विज्ञापनै ननिकाली पाहुनाको फोटो राख्दा दिउँसो उज्यालोमा त ठीकै थियो, राति भने पाहुनाको अनुहारमा विज्ञापन मर्ज भएको देखिन्थ्यो। नेताहरु मारुती सिमेन्टको विज्ञापन गरिरहेका जस्ता देखिन्थे। हुनत तीव्र गतिमा कुदेका पाहुनाहरुले देखेनन् होला, देखेको भए…!

११) बुद्धको देश, मोदीको कटाक्ष

सम्मेलनका लागि ठाउँठाउँमा स्वागत द्वार बनाइएका थिए। त्यसमा बुद्धको देशमा स्वागत छ पनि लेखिएको थियो। अघिपछि बुद्ध जन्मिएको देश भनेर लेखिन्थ्यो। यस पटक भने बुद्धको देश लेखिएको थियो। फेरि यही बेला मोदीले सम्मेलनमा सम्बोधनका क्रममा बौद्ध सम्मेलन भारतमा गर्ने भनिदिए। पशुपतिमा धर्मशाला उद्घाटन गर्न जाने क्रममा नेपालले गौतम दिएको तर भारतले बुद्ध दिएको भाषण गरिदिए। हुन पनि सिद्धार्थ गौतमले बुद्धत्व भारतीय भूमिमा नै प्राप्त गरेका थिए।

5 thoughts on “बिम्स्टेक सम्मेलन : ११ रोचक प्रसंग”

  1. beenod says:
    September 5, 2018 at 2:41 pm

    I don’t know whether you noticed it at all or not but there was a big error in the order of the names of the nations everywhere. Be it in the names of the countries, their flags or the respective head of state/governments.

    And the error was that Nepal always was placed ahead of Myanmar, which is not correct. I don’t need to remind here, the ‘alphabetical order’ was followed and alphabetically M comes before N. Or shit, I have forgotten my A, B, C 😀

    Reply
  2. Shankar says:
    September 4, 2018 at 2:15 pm

    गरिब को घर पाउना आए उनीहरुलाई झन् मर्का पर्छ , हाम्रा लुट्ने दाउ गरेर बसेका नेता , कर्मचारी , पत्रकार लाइ एस्तो अबसर फेरी ठुलो कमाउको बेला हो |
    जनतालाई दुख , देश लाइ पिडा , मुट्ठी भर पार्टी कार्यकर्ता लाइ बहार |मोदीको इन्डिया लाइ ओलीको नेपाल ले फलो गरे जस्तो छ अचेल | मोदीको इन्डिया चांद मा मान्छे ओराल्ने तरखर मा छ , ओलीको नेपाल बिकास र सम्ब्रिद्दिले धपक्क बालेर अब यी बंगाला देश , म्यान्मार जस्ता हरुलाई २-४ अरब दिने हैसियत मा पुगिसक्यो |

    Reply
  3. Gaurav says:
    September 3, 2018 at 1:34 pm

    भारत ऐले संसारमा सबै भन्दा खराब र भारतकै इतिहासमा पनि सबै भन्दा खराब स्थितिमा गुज्रिरहेको छ । अल्पसंख्यक मुस्लिम दलितहरु सवर्ण हिन्दुहरुबाट दिनदहाडै मारिएका छन्
    गरिब महिलालाई भीडले दिउँसै नाङ्गै सडकमा डौडाएका छन् भने बेरोजगारीको दर शिखरमा पुगेको छ । युवाहरु लोकसेवा पास गरेको ३ बर्षसम्म नियुक्ती पर्खीरहेका छन् । नोटबन्दी जिएसटी जस्ता बहुलठ्ठी कार्यक्रमले गरिबको ढाँड भाँचिएको छ । मिडियामा सेन्सरसिपको त कुरै नगरौ‌ मोदी र भाजपाको कर्तुत खोल्ने मिडियालाई विज्ञापनबाट बन्चित गरिएको छ ।

    Reply
  4. Manavi says:
    September 3, 2018 at 11:58 am

    मोदीले सहि त भनेको हो नि, नेपालले सिद्धार्थ दियो अनि भारतले बुद्ध, तेस्मा नराम्रो मानुपर्ने के छ र. मोदी जस्तो नेता नेपालमा भैदिएको भए यो देश आज कस्तो हुन्थियो, हाम्रा त सबै भरस्तचरि, चोर, डाका, दलाल, अनपढ त परे, अनि कहाँ बाट देश विकास हुनु.

    Reply
  5. madan bajracharya says:
    September 3, 2018 at 7:34 am

    हो नेपालले गौतम दियो हिन्दुस्तानले बुद्ध दियो/ मोदीको हिन्दुस्तानले बाल बिबाह बहु बिबाह सति प्रथा, अर्काको राज्य कब्जा गर्ने बिरता हुने, प्रयत्न र प्रयास होईन बलियाको भक्ति गरेमामात्रै पुन्य पाउने, बलियाको शोसन र उत्पीडन बाद पिडित भयाकालाई उसको पुर्व जन्मको फल भनि शोसक र पीडकलाई उन्मुक्ति दिने, कोहि छुन समेत नहुने अछुत हुने भन्ने आदि गलत कुरा गौतम जन्मेको नेपालमा पनि मोदीको हिन्दुस्तानले नलादेको भय नेपालमा जन्मेको गौतमलाई हिन्दुस्तानामै पुगेर आफ्नो शिरको टुप्पी काटेर फालेर बुद्ध बन्नु नै पर्दैनथ्यो/

    छोटकरीमा भन्ने हो भने मोदीको हिन्दुस्तानिको गलत प्रथाले नेपालमा जन्मेको गौतमलाई बुद्ध बन्न बाध्य गरेको हो/ यसको अर्थ बुद्ध मोदीको हिन्दुस्तानको गलत हिन्दुस्तानी कुरा बिरोधि हो/ तेसैले त् मोदीको हिन्दुस्तानको तेस्तै गलत कुरामान्नै नै धर्म हुनेको मूल पुजारी शंकराचार्य ले नेपाल सम्मै आयर बौद्ध धर्म मास्न खोजेको थियो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme