Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिआइपीको सवारीमा देखिएको यो गाडीको काम यस्तो रहेछ, ११ रमाइला अनुमानसहित

Posted on August 30, 2018 by Salokya


काठमाडौँमा भइरहेको बिम्स्टेक सम्मेलनमा भिआइपीहरुको सवारीमा एउटा टन्नै एन्टेनाहरु भएको गाडी पनि सँगै गुडेको देखिन्छ। यसको काम चाहिँ के रहेछ त? आउनुस् विस्तृतमा बुझौँ।

नजिकबाट हेरौँ पहिला-

खासमा यो ज्यामर हो। भिआइपी सुरक्षाका लागि यसको उपयोग गरिन्छ। यसले फ्रिक्वेन्सी जाम गरिदिन्छ। मोबाइलबाट वा रिमोटबाट कसैले बम विस्फोट गराउन लागेको छ भने ज्यामरले मोबाइल वा रिमोटको फ्रिक्वेन्सीलाई रोकिदिने हुनाले विस्फोट हुन पाउँदैन।

हेरौँ यसबारे दुई वटा युट्युब भिडियो-

१० रमाइला अनुमान, के हो यो?

यही फोटो राखेर फेसबुकको एउटा ग्रुप एमआरआरमा एक जनाले सोध्दा रमाइला रमाइला जवाफ आए। यस्ता छन् ११ रमाइला अनुमान-

१) माथिबाट कसैले हाम फालेर आक्रमण गर्न खोजे त्यही घोपेर मार्ने काम गर्छ।

२) पुलिसको लठ्ठी हो। गाडीभित्र बस्दा अल्झिन्छ भनेर माथि राखेको !!

३) वार्ता गर्नको लागि टेबुल पनि आफ्नै देश बाट लेराको रे। अनि उत्तानो पारेर राखेको।

४) गाडीमा तल्ला थप्न माथि पिल्लर (pillar) हालेको हो।

५) त्यो टेबल हो क्यारम बोर्डवाला। जाम पर्‍यो भने उल्टाएर खेल्ने हो।

६) डाइनिङ टेबुल किनेर गाडी माथि उल्टो बनाएर लिएर आएको हो।

७) पानी परेर कपडा भिज्यो भने सुकाउनलाई राखेको रे।

८) गाडीभित्र सिमी रोप्या छ रे अन्त सिमीलाई थाक्रा लगाको रे।

९) त्यो सब डण्डीमा एउटा एउटा पंखा फिट गर्न मिल्छ। अनि त्यो गाडी उड्छ।

१०) त्यो सेकुवा पोल्ने सिल हो।

११) राजेश हमाल दाइको माला हो त्यो। भुटान घुम्न जाँदा उतै छोडेका थिए रे। अहिले त्यहाँको प्रधानमन्त्री आउने खबर सुनेपछि फोन गरेर मगाको रे।

तपाईँको पनि यस्तै रमाइला अनुमान छन् भने तल कमेन्टमा लेख्न सक्नुहुन्छ है 🙂

9 thoughts on “भिआइपीको सवारीमा देखिएको यो गाडीको काम यस्तो रहेछ, ११ रमाइला अनुमानसहित”

  1. Rajendra Man Singh says:
    September 1, 2018 at 8:01 am

    नेपाल सीमाको पिल्लरहरु हुन्, भारतले सीमाबाट उखालेर यो बिमिस्टेकको मौका पारेर वोली सरकारलाई उपहार | आखिर सीमा स्थम्बाहरु नेपाल तिर दिनदिनई सर्दैछन |

    Reply
  2. आचार्य says:
    September 1, 2018 at 3:04 am

    पानी पर्यो भने त्रिपाल ओढ़ाउनको लागी

    Reply
  3. sunil says:
    August 31, 2018 at 9:59 am

    मन्त्रिहरुकाे लागि टेलिकम काे टावाेर हाे । यति कि जता जादा पनि अापसमा खबर पर्वाहमा राेकावट नहाेस भनेर।

    Reply
  4. बूँद राना says:
    August 31, 2018 at 7:15 am

    वाणको शय्या !
    महाभारतका भिष्मपितामहको चिता !

    Reply
  5. Himmat says:
    August 31, 2018 at 6:56 am

    माथी बाट कसैले गोलि बारुदले आक्रमण गरछ कि भनेर सि सि क्यामेरा जडान गरेको हुनसक्छ

    Reply
  6. Prabin Singh Dhami says:
    August 31, 2018 at 6:31 am

    यो चाहिँ बन्दुक जडित कार हो यदि कोहिले माथिबाट अाक्रमण गरेमा स्वत सबै नालहरु बाट बुलेट फायर गरिन्छ।

    Reply
  7. मुकेश यादव says:
    August 31, 2018 at 4:43 am

    त्यो गाडी माथि को डन्डी मा केन्भास कपडा को त्रिपाल हाले पछि जहाज को पाल बन्न पुग्छ अनि समुन्दर मा हवा आउँदा त्यो केन्भास को पाल फुकेर जहाज अगाडि बढ्छ / अनि त्यो मोटर सजिलै संग ओली जी को पानी जहाज मा परिणत हुन्छ / र पाल हालेर हवा आउँदा पट्रोल नभए पनि हवा ले गाडी आफै चल्छ /

    साँप् पनि मरने अनि लाठी पनि न टुटने / सस्तो मा पानीजहाज पनि पाइने र मोटर गाडी पनि बनाइ लिन मिलने / यस्ता चलाक र बुद्धिमत्ता पूर्ण तरकिब र जुगाड आइडिया मा माहिर हुनुहुन्छ हामरा महापुरुष प्रम ओली जी

    अब नर्वे को माछा र न्यु जिलेंड को भेडा विमस्टेक को मिटिंग मा ज्युनार करे पछि त् ओली जी को दिमाख मा अझ कस्तो कस्तो आइडिया ले जनम लिन्छन अनि हाम्रो देश चाडै नै सफल र समृद्ध बनने छ त्यस मा संका उप संका न करनु होला मित्र हरु /

    Reply
  8. Prabin rijal says:
    August 30, 2018 at 11:37 pm

    काठमाडौको बाटोमा गाडी अड्कियो भने तेहि डन्डी 2 तिर बाट हालेर गाडी निकाल्नको लागि राखिएको हो ???

    Reply
  9. Runzeed thapa says:
    August 30, 2018 at 11:17 pm

    चराले अाकासबाट अाक्रमण गर्न अाएमा बचावट हुन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme