Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मदन पुरस्कार : यसपालि ‘जनमत’ र जुरीको मत एउटै रह्यो, ‘योगमाया’लाई पुरस्कार

Posted on August 27, 2018August 28, 2018 by Salokya

मदन पुरस्कारका लागि झण्डै दुई महिना पहिला ८ वटा श्रेष्ठ पुस्तकको नाम सार्वजनिक हुँदा माइसंसारमा कसले पुरस्कार जित्ला भनी अनलाइन भोटिङ गरिएको थियो। त्यसो त यस्तो अनलाइन भोटिङको भर हुन्न। २०७३ सालमा अनलाइन भोटिङमा ५५ प्रतिशत भोट बुद्धिसागरको फिरफिरेले ल्याएको थियो तर पुरस्कार २ प्रतिशत भोट ल्याएको रामलाल जोशीको ऐनाले जित्यो। २०७४ सालमा पनि २१ प्रतिशत भोट पाएको राज सरगमको छाउघर हैन ४ प्रतिशत भोट पाएको घनश्याम कँडेलको धृतराष्ट्रले जित्यो। यस पटक भने जनमत र जुरीको मत एउटै रह्यो। निलम कार्की ‘निहारिका’को योगमायाले ३९ प्रतिशत भोट पाएको थियो। आज बसेको मदन पुरस्कार गुठीको बैठकले पनि योगमायालाई नै पुरस्कार दिने निर्णय गर्‍यो।

योगमाया नीलम कार्की निहारिकाको सय वर्षअघिको पात्रबारे उपन्यास हो। नीलमको चीरहरण उपन्यास यसअघि पनि मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको थियो तर पुरस्कार जित्न भने सकेको थिएन। राणाकालमा विभिन्न सामाजिक सुधारका माग राखेर सामाजिक आन्दोलन चलाएकी पात्र हुन् योगमाया। योगमायाका बारेमा स्थलगत रिपोर्टिङबाट तथ्यहरू संकलन गरेर साहित्यकार नीलम कार्की ‘निहारिका’ ले ‘योगमाया’ उपन्यास लेखेकी हुन् । पुस्तक विमोचनका क्रममा समालोचक प्रा. कृष्ण गौतमले नीलमले इतिहासलाई आख्यानीकरण गरेको बताएका थिए। साङ्ग्रिला बुक्सद्वारा प्रकाशित ५०४ पृष्ठको यो पुस्तकको मूल्य ५७५ रुपैयाँ छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme