Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गैरकानुनी सामानसमेत बेचिने रहेछ भाटभटेनी सुपरमार्केटमा

Posted on August 26, 2018 by Salokya


भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। काठमाडौँका धेरै ठाउँमा यसका शाखा छन्। काठमाडौँमात्र हैन बाहिर जिल्लाहरुमा पनि यसले शाखा खोलेको छ। यति ठूलो सञ्जाल भएको सुपरमार्केटमा कानुनले रोक लगाएका सामान बेचिन्छ भन्दा पत्यार नलाग्न सक्छ। तर देखियो यस्तै।


यो हेर्नुस्, एक शिशीको ६६६ रुपैयाँ पर्ने यो अचार भाटभटेनीको नक्साल भाटभटेनीस्थित सुपरमार्केटमा भेटिएको हो।

यसमा के अचम्म छ त भन्ने तपाईँलाई लाग्ला- यो चानचुने अचार हैन, जंगली बँदेलको मासुको अचार हो यो। शायद् त्यसैले यो त्यति महँगो पनि भएको हो।

के जंगली बँदेलको मासु बेच्न पाइन्छ त?

मैले संरक्षणकर्मी राजु आचार्यलाई सोधेँ। उनले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेललाई उद्धृत गर्दै दिएको जानकारी यस्तो थियो- पाइँदैन। बँदेलको मासुको व्यापार गर्न पाइँदैन।

नेपालको कानुनले दु:ख दिने वन्यजन्तुहरुलाई ‘हानिकारक वन्यजन्तु’ भनेर घोषणा गर्न सक्दछ। जस्तै बँदेल, मुसा वा चराहरु। यस अनुसार केही जिल्लामा बँदेललाई घोषणा गरिएको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ मा सो उल्लेख छ। त्यस्ता हानिकारक वन्यजन्तुलाई धपाउने, समाउने र मार्नेसमेत गर्न सकिन्छ।

तर यसरी मारिसकेपछि के गर्ने भन्ने कुरामा कानुन केही बोल्दैन। सरकारी कर्मचारी भन्छन बेच्न पाइँदैन। एउटा कुरा के प्रस्ट छ भने त्यसरी मारिए पनि बेच्न पाइँदैन।

नेपालको कानुनमा स्वीकृति लिएर बँदेलको बच्चा पक्रन पनि पाइन्छ (नियम २९-क) तर तिनको व्यापार गर्न पाइँदैन।

त्यसो भए यसरी सुपरमार्केटमा जंगली बँदेलको मासु कसरी बेचियो त?

1 thought on “गैरकानुनी सामानसमेत बेचिने रहेछ भाटभटेनी सुपरमार्केटमा”

  1. Shankar says:
    August 26, 2018 at 11:31 pm

    मेरा एकजना मित्रले छोराको बर्तमान मा बदेल ढाले , मतलब तिनले बदेल को बचा लाइ घरमा हुर्काएर राखेका रहेछन र तेस्तो चै काट्न पाउदो रहेछ , सायद यो बदेल को कुरा तेस्तै हो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme