Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कञ्चनपुर : मान्छे मरेपछि बल्ल सरकार भयो गम्भीर, यति काम पहिल्यै गरेको भए !

Posted on August 26, 2018 by Salokya


झण्डै एक महिनादेखि नै कञ्चनपुरमा स्थानीय बासिन्दा आक्रोशित थिए। तर शुक्रबार सनी खुना नामका बालकको प्रहरीले हानेको गोली लागी मृत्यु भएपछि बल्ल सरकार गम्भीर भयो। स्थितिलाई सामान्यतर्फ लान सरकारले शनिबार जे गर्‍यो, त्यो काम पहिल्यै हुनुपर्थ्यो। त्यति गरेको भए बिचरा बालकको ज्यान जाने थिएन। एक दर्जनभन्दा बढी अस्पतालमा छटपटाइरहनु पर्ने थिएन।

स्थानीय स्तरमा सहमति भए अनुसार सरकारले आज सनी खुनालाई सहिद घोषणा गर्‍यो। सहिद घोषणाको राजनीति बुझिनसक्नु छ। सहिद घोषणा भन्दा ज्यानै जाने गरी गोली चलाउनु पर्ने परिस्थिति थियो कि थिएन। बढी बल प्रयोग गरेको भए दोषीलाई कारबाही गर्नुपर्ने र भविष्यमा यस्तो घटना हुन नदिने उपाय अपनाएको भए राम्रो हुन्थ्यो। तर स्थिति सामान्य बनाउन सरकारले गरेको काम तत्कालका लागि बेठीक हैन। बिचरा ती बालक प्रदर्शनकारी पनि थिएनन्, हेर्न गएका रमिते थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयका कुचिकार वीरबहादुर खुनाका १३ वर्षका छोरा थिए सनी। सरकारले राहत स्वरुप परिवारलाई १० लाख दिने भनेको छ।

त्यस्तै बलात्कार गरी हत्या गरिएका निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय सरकारले आज गरेको छ।

यसबाहेक कञ्चनपुर जिल्ला प्रहरी प्रमुख र स्थानीयले घटना दबाउन लागेको भनी आक्रोशको तारो बनेका एसपी डिल्ली विष्टलाई छानबिन नसकुन्जेल निलम्बन गरेको छ। त्यस्तै स्थानीयको शंकाको तारो बनेका निर्मला गएको घरका दिदीबहिनी बबिता बम र रोशनी बमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यी बम दिदीबहिनीको घरमा एसपीका छोरा भीमदत्त नगरपालिकाका मेयरका भतिजा पनि जाने गरेको यिनै हाइप्रोफाइलहरुलाई बचाउन प्रहरीले नक्कली बलात्कारी खडा गरेर सार्वजनिक गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए।

सरकारले गठन गरेको आयोगले अब निष्पक्ष छानबिन गरेर यसको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।

तर घटनाक्रमले प्रहरीमाथि लागेको दाग हटाउन अब प्रहरी संगठनले पनि प्रयास गर्नुपर्छ। अपराध अनुसन्धानमा पोख्त मानिएको काठमाडौँबाट गएको सिआईबीसमेत भएर गरिएको अनुसन्धानमा कसरी ‘नक्कली’ बलात्कारी खडा गरिएको आरोप लाग्यो, गम्भीर भएर सोच्नै पर्छ।

के थियो प्रहरी प्रतिवेदनमा? घटनाको पृष्ठभूमि बुझ्न यहाँ क्लिक गर्नुस्

8 thoughts on “कञ्चनपुर : मान्छे मरेपछि बल्ल सरकार भयो गम्भीर, यति काम पहिल्यै गरेको भए !”

  1. Lok Thapa says:
    August 27, 2018 at 2:44 pm

    भन्नाले काँग्रेस हुदा चै एस्तो कहिले हुदैन? एस्तो घटना को लागि जनता नै जिम्मा छन् | तेत्तिकै ठुलो पोस्ट को मान्छे देख्यो कि ज्यु हजुर भनेर पुच्छर बन्ने चलन ले गर्दा हो | कम्युनिष्ट होस् कि काँग्रेस होस् कि जुन सुकै पार्टी होस् | त्यो नक्कली अपराधी बनाउने पुलिश लै जेल हाल्ने पर्छ| सिर्फ जागिर बाट निकालेर मात्र हुदैन | सबै सरकारी कर्मचारी नोकर हुन् | तिनीहरुलाई तह लगाउने जिम्मा नगर नगरले लिनु पर्छ तर तेइ कै ठुला थाला पहिलेइ सरकारी नोकर लै मालिक भन्दै पुग्छन | एदी एस्तो कुरा मा पनि पार्टीको कुरा गर्नु हुन्छ भने यो जस्तो पछापात केहि हुदैन | कोहि पनि पानि माथिको ओभानो हुने ठाउँ छैन अहिले |

    Reply
  2. Kamal Neupane says:
    August 27, 2018 at 10:14 am

    यो २ त तिहाइ कम्निस्ट सरकारको सानो उपाहार मात्र हो जनतालाई। जाबो मेयरको छोरोको त येत्रो सोर्स चल्दो रहेछ, कम्निस्ट सरकारमा। पुलिश त नेता को गोठालो न पर्यो, जे लगायो तेहि गर्यो। ति साम्सद भनाउदाहरुले गोहि को आसु किन चुहायाका हुन बुझि नसक्नु छ। न्याय दिलाउने मन भयको भए अाफ्नै नेता-मन्त्रिलाई भने भैहालछ नि ।तर जनता
    अब तेति लाटा छैनन्, नमिता-सुनिता कान्ड जस्तो गुप-चुप पार्न सजिलो छैन​।

    Reply
  3. Ram She says:
    August 27, 2018 at 1:14 am

    कंचनपुर बसी र त्यो प्रदर्शन मा सहभागी हरु को म प्रसन्सा गर्छु र तिनी हरु सबै लाई मेरो सलाम / अपराधी लाई उन्मुक्ति दिनु हुदैन र अपराधी जोगाउन खोज्ने लाई पनि दण्ड अवश्य दिनु पर्छ/

    Reply
  4. Sumira says:
    August 26, 2018 at 6:27 pm

    मैले नबुझेको कुरा , कन्चनपुरका मेयर ले मेरो आफ्नै मान्छे दोषी हो भने उसलाई “पनि” कारवाही हुन्छ भनेछन ! यो कस्तो कुरा हो ? दोषी जो भएपनि उसलाई कारवाही हुनुपर्छ , मेरो आफ्नो मान्छे दोषी भए उसलाई पनि कारवाही हुन्छ भन्ने शब्द किन प्रयोग गर्नुपर्यो ? के उनले दोषीलाई कारवाही गर्दा पनि अरुमाथि कृपा गरेको ठान्ने ?
    प्रधानमन्त्री ले पनि दोषी “जो” भएपनि कारवाही हुन्छ भने , मतलब आफ्नै पार्टीका मान्छे लाई पनि कारवाही गर्छु भन्न खोजेको होला !!! त्यो ठाउमा दोषीलाई कडा कारवाही हुन्छ मात्र भने हुदैन र ? आफ्ना मान्छेलाई समेत कारवाही गर्छु भनेर ठुलो पल्टिएको भान हुदैन र ? दोषीलाई कारवाही गर्नुलाई पनि ठुलो काम ठान्ने नेता भनाउदा हरु को देश मा जनता भएर बस्नु पनि दुर्भाग्य नै हैन र ?
    एकजना प्रहरी को छोरा घटनामा मुछिदा (दोषी हो वा हैन त्यो समेत थाहा छैन ) अनुसन्धान नै अर्कोतिर लैजानु र नक्कली दोषी खडा गरि सक्कली दोषीलाई राहत दिने काम गर्नुले नेपालमा पद को दुरुपयोग कसरि हुन्छ भन्ने कुरा छताछुल्ल भएको छ, मर्ने बैनी त मरेर गईन , अरु छोरी चेलीले यस्ता हृदय विदारक घटना मा पर्नु नपरोस, नेपाल सरकार को निन्द्रा खुलोस यहि कामना छ ! पहिला नै अनुसन्धान राम्ररी गरेको भए एकजना बालक को अकाल मृत्यु रोक्न सकिन्थ्यो नि !!!
    प्रहरी प्रमुख र मेयर का मान्छे लाई सोधपुछ गर्न त येति गाह्रो हुदोरैछ, अब भोलि मन्त्रि प्रधान मन्त्रीका मान्छे एस्ता घटनामा मुछिए भने अनुसन्धान गर्ने हिम्मत कसको ?

    Reply
  5. Lilanath says:
    August 26, 2018 at 1:06 pm

    यदी फासीको सजाय राखियो भने निर्दोश झुन्डीने रहेछ भन्ने कुरा यो घट्नाले प्रमाणित् गरेको छ।

    Reply
  6. Rashmi says:
    August 26, 2018 at 1:03 pm

    नमिता/सुनिता कान्ड कुन कालको हो? आज जनताले सरकारलाई यो स्तरको दबाब त दिन पाएका छन भन्ने पनि नबिर्सौ। धन्यवाद भिमदत्त बासीलाई।

    Reply
  7. kshitij says:
    August 26, 2018 at 12:57 pm

    तर सबैभन्दा नेपाल को ठुलो समस्या भनेको प्रचण्ड , ओली , देउवा जस्ता लापर्बाह र रत्तिभर देश प्रति माया न भएका नेता हो |
    सारै चित्त भुज्यो

    Reply
  8. Shankar says:
    August 26, 2018 at 4:40 am

    बलात्कारीलाई फासी दिनुपर्ने कुरा एकातिर छ भने हुनेखाने र पौचवाला ले नक्काली बलात्कारी खडा गर्न लगाएर इन्काउन्टर गराउने आर्को समस्या छ | तर सबैभन्दा नेपाल को ठुलो समस्या भनेको प्रचण्ड , ओली , देउवा जस्ता लापर्बाह र रत्तिभर देश प्रति माया न भएका नेता हो | यिनीहरु नेपालको सनिस्चर भएको प्रमाणित भैसकेको छ | तर सिस्टम संग खेलेर , धाँदली र बिदेसी दलाली गरेर यिनीहरु नै पावर मा छन् |
    दुख को कुरा छ , पार्टीको सिर्स नेता नालायक , र निकम्मा भए पुरै पार्टी र सासन ब्यबस्था नै असफल प्रमाणित हुन्छ | मेरो बिचार मा राजाको पाला , पंचायत , बहुदल , गणतन्त्र सबै नै राम्रा ब्यबस्था थ्यो , किनभने विश्वको कुनै न कुनै देश मा यी ब्यबस्था सफल ताका चलेका थे बा छन् | नेपाल मा यो सबै असफल हुनेको कारण , र सबैनेपाली नेता भ्रस्ट प्रमाणित गराइनुको कारण देश को मूल साचो दिल्लीका खुरापाती , भ्रस्ट हरुको हात मा भएर हो |
    यो कुरा धेरै नेपालि ले बुझेका छन् , तैपनि हामीले हाम्रा चोर नेताहरुलाई गालि गर्ने पर्छ , किनभने यिहरुले १४००० मारेर उनीहरुको बलिदान चै लिए , कसैले झापा काण्ड गरेर मर्नेको बलिदान लिए तर जब आफ्नो लड्ने पालो आयो , आफुले त्याग गर्ने बेला आयो , तब
    खुसुक्क भारतीय दलाल बनेर येयासी जिबन बिताउदै छ , हिजो भात खान न पुग्ने चोर हरु आज अरबौ पैसा लुटेर ठुस्स मोटाएका छन् |
    उनीहरुको चले हिटलर भन्दा बढी तानासाह हुन्छन यिनीहरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme