Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रकाण्ड र प्रहरीबीच मुसा बिरालोको खेल : अदालत छाड्ने, प्रहरी पक्रने

Posted on August 24, 2018August 24, 2018 by Salokya


प्रकाण्ड र प्रहरीबीच मुसा बिरालोको खेल भइरहेको छ। केही दिनदेखि यो नौटंकी जारी छ। आज पनि त्यही नौटंकीको अर्को एउटा भाग देख्‍न पाइयो। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाण्डलाई रिहा गर्न आदेश दियो। रिहा भएपछि सर्वोच्च अदालतको गेटबाट निस्कन पाएको छैन, प्रहरीले फेरि पक्रियो। एक जमानामा एउटै पार्टीमा रहेका बादल गृहमन्त्री हुँदा विप्लव पार्टीका प्रवक्ता यसरी दोस्रो पटक अदालतको गेटबाटै पक्राउ परेका हुन्।

सुरुमा प्रहरीले उनलाई जबर्जस्ती चन्दा उठाएको आरोपमा पक्रेको थियो। काठमाडौँ जिल्ला अदालत पुर्‍याएर अनुसन्धानका लागि म्याद थप पनि गरेको थियो। अदालतकै अनुमतिमा थुनिरहेको भए पनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै उनलाई रिहा गर्न आदेश दियो। बन्दी प्रत्यक्षीकरण भनेको गैरकानुनी थुनामा राख्दामात्र पर्ने रिट हो। अदालतको अनुमतिमा थुनेको भए पनि त्यो गैरकानुनी रहेको ठहर सर्वोच्चले गर्‍यो।

चन्दा उठाएकोमा पक्राउ गरेको भए चन्दा ऐन अनुसार नै कारबाही गरेको भए भइहाल्थ्यो। तर थुनामा राख्ने नै नियत रहेछ।

त्यसैले प्रहरी तम्तयार थियो, अर्को मुद्दा लगाउन। काभ्रेमा भएको आगजनीको मुद्दामा उनलाई पक्राउ गर्न अदालत सर्वोच्च अदालतको गेटबाहिर ढुकेर बसेको थियो। प्रकाण्ड भने अदालतभित्र बसिरहेका थिए। झण्डै चार घण्टाको सकसपछि राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा राखेर लैजान लागेको बेला प्रहरीले बाटो छेकेर प्रकाण्डलाई पक्रियो।

उनका छोराले पुनः बन्दी प्रत्यक्षीकरणको रिट हाले। त्यसमा सुनुवाई गर्दै सर्वोच्चले पुनः आज उनलाई रिहा गर्न आदेश दियो। उनी सर्वोच्च अदालतबाट बाहिरिँदै गर्दा पुनः प्रहरीले पक्रियो। यस पटक भने भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरियो। अब उनलाई भोजपुर पठाइनेछ। शायद् फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्नेछ। कहिलेसम्म यो मुसा बिरालोको खेल चल्ने हो, थाहा छैन।

यसअघि हालका गृहमन्त्री सशस्त्र संघर्ष गरिरहँदा पनि त्यतिबेलाको सरकारले यसै गर्थ्यो। कानुन अनुसार पक्रने भए दह्रो प्रमाणसहितको केस लगाएर पक्रनु पर्‍यो हैन भने यो दुनियाँलाई देखाउने नौटंकी बन्द गरे हुने हो।

यता आफ्नै प्रवक्ता पक्राउ पर्दा पनि विप्लवको खासै प्रतिक्रिया देखिएको छैन। भन्नलाई नेपाल बन्दसम्म पनि गरेको हो तर सुपर फ्लपवाला। विप्लवकै मिलेमतोमा चन्दा सम्बन्धी कुरा नमिलेर उनलाई पक्रने छाड्ने यो नाटक गरेको त हैन भन्ने पनि प्रश्न उठ्न थालिसकेका छन्।

1 thought on “प्रकाण्ड र प्रहरीबीच मुसा बिरालोको खेल : अदालत छाड्ने, प्रहरी पक्रने”

  1. madan bajracharya says:
    August 27, 2018 at 8:09 am

    राजनैतिक प्रभाव भयका, ठुला नेताहरुको आशिर्वाद पायका कार्यकर्ता लगायत कुनै पनि, अनि प्रहरिलाईनै प्रभाव पार्न सक्ने व्यक्तिहरुले गरेका अपराध बमोजिमनै लाग्ने आरोप लगायर प्रमाण सहित अदालतमा पेस गरे बा गर्न दियमा अदालत बात तेस्ता अपराधि ” बिसिस्ट” महानुभाव हरु अदालत बात छुट्ने कुरा सम्भव नै हुँदैन/ तर तेस्तो गरिंदैन भनु बा गर्नै दिंदैन, तृती यहि छ र यस्तो तृती भुल बस हुने होईन /

    अपराधि समाउने प्रहरी तर कुन अपराध गरेको आरोप लगाउने भनेर निर्णय गर्ने चाहि जुन सातामा रहेको छ तेसैले/ त् आफ्नों सट्टा जोगाउन कुनै सिट पनि सम्झौता गर्ने र भोलि आफु र आफ्नो पार्टी सत्तामा नरहेको बेला आफुले पनि गर्ने गरेका र गर्ने नियत राखेका नेताहरुकै कारणले राजनैतिक भनेर जघंन्य अपराध गरेकालाई उसले गरेको अपराध बमोजिम कानुनि कार्यवाही गराउन नचाहेको नदियाको जो कोहिले पनि अनुभूति गरेकै हुनु पर्छ/ यस्तो हुन् नदिय अहिले ठुला नेता बनेका बा ठुलो कुर्सीमा पुगेका मध्य अनेकौ जेल जानु पर्ने हुन्छ/ नेपालमा लोकको मत को प्रतिनिधित्व गर्नेको बहुमतले निर्णय हुने लोकतन्त्र होईन जना प्रतिनिधिहरुले ठुला नेताहरुको कोठे सहमति मान्ने व्हिप मान्नुको बिकल्प नहुने तन्त्र लागु भयको छ/ त् जव सम्म ठुला नेताहरुको कोठे सहमति मान्ने पर्ने व्हिप हानिने तन्त्र चल्दै गर्छ यस्तै हुँदै गर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme