Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देश गरिब रे, नेता उत्पात धनी

Posted on August 20, 2018 by mysansar

-कृष्ण ज्ञवाली-

देश गरिब रे, नेता उत्पात धनी । बोका, भैँसी, कुखुरा, सबैमा कर रे ! प्रतिपक्षमा बसेको काँग्रेसको सिर्जनात्मक विरोध छैन । गगन थापा धन्य एउटा रहेछन् र उनीहरूको साख जोगिएको छ । यी भन्दा माथिका काँग्रेसका नेताहरूलाई सिधै ’राम राम’ खुलेआम भन्दिए ! देउवाले ज्ञानेन्द्रले लगाइदिएको असक्षमको टिका पखाल्न सकेनन् ! सर्वहारा वर्गको कम्युनिस्ट पार्टीको जनतालाई मारमा पर्ने कर लगाउँदा पनि सर्वहारा वर्गका कार्यकर्ता चुपचाप छन् । बाबुआमाको कुरा अस्वीकार गर्न सक्ने कार्यकर्ता आफ्नो नेतालाई भगवान् भन्दा माथि राखे पछि कसको के लाग्छ र !!!

त्यागी नेता पटकै छैनन्, गरिब देशका नेताले महँगो कार किन चढ्नु पर्‍यो ? २० वा २५ वर्ष अगाडिको सम्पत्तिको डाटा सबै कर्मचारी, नेताका निकालेर जोड घटाऊ गर्ने हो भने दूधको दूध र पानीको पानी निस्कन्छ । साढे दुई वर्षमा जाबो एउटा अधिकृतले सात करोड कुम्ल्यौछ भने माथिका कर्मचारी, जनता मारा नेताले भुँडी फुट्ने गरी कति किचेका होलान् । जति खाए पनि तिनीहरूको भुँडी पÞmुटेन ! सुनकाण्डमा कतिसम्मका मान्छेको मिलेमतो छ भन्ने कुरा प्रधानमन्त्री स्वयम्ले अनुसन्धान रोक्नुले प्रस्ट पार्छ ।

हुन त जीवनभरि कहिल्यै नमेटिने दाग ‘जनताको बलिदानीबाट स्थापित भएको पार्टी, माओवादी’ को बिल्ला भिरेका प्रचण्डले देशलाई यो बनाउँछु, त्यो बनाउँछु भनेर सपना बाँडे, सोझा–साझा जनताको सास र लासको माथि चढी प्रधानमन्त्री भए तर केही लछारेनन । कारण स्पष्ट छ, पैसा, सानको ललिपपको रस चुस्न छोडी को जनताको अमिलो पसिना पुछ्न जान्छ? यिनीले देशमा द्वन्द्व निम्त्याएर निकै ठुलो पाप गरे । हुन त त आफैले भनेका छन् जनताको बलि दिएर, तर जनताले दिएका थिएनन् यिनले जबर्ज्स्ति लिएका पनि हुन् । सन्तान गुमौउदा कस्तो पिडा हुन्छ, त्यो यिनले निकै पछि महसुस गरे । यति हुँदासम्म पनि यिनीलाई अझै चेत खुलेको छैन ! कानुनले जेल कोचेका ढुंगेललाई जय–जयकार गरे । कानुनको खिल्ली उडाउँदै ढुंगेललाई बाहिर ल्याई अर्को पाप बोके । त्यसमा सरकारले लाहाछाप लगाइदियो, हस्ताक्षर राष्ट्रपति विद्या भण्डारीले गरिन । यिनको पनि हात कामेन ! लोग्ने मर्दाको र आफ्ना छोरीहरूले बुवा गुमाउँदाको पिडा सेलाएछ ।

कसले के भन्छ, हाम्रा देशका नेतालाई मतलब छैन । गत चुनावमा प्रकाशमान सिंहका एक कार्यकर्ताले रबिन्द्र मिश्रको बारेमा भ्रम छरे । उनी मास्टर्स पढेका मान्छे रहेछन् त्रि–चन्द्रबाट ! अनि म पनि समयले भ्याएसम्म प्रकाशमानको फेसपेजमा कमेन्ट गरेर अत्याउनपट्टी लागे ! कहिले कविता लेखे त, कहिले व्यंग्यात्मक कमेन्ट । तर अभद्र शैले भने थिएन । मेरो कमेन्ट मेट्ने अनि मलाई ब्लक गर्ने काम सुरु भयो ! ५–७ वटा अकाउण्ट बनाउँदै यिनीलाई दिक्कै पारे !! धन्न गाली भने गरेनन् ! यिनीले चुनाव जिते, तर संसद्मा यिनको आवाज सुनिन्न । काँग्रेसको कुरा गर्ने हो भने र काँग्रेसलाई माथि उठाउनु छ भने गगन थापालाई सभापतिको ताला चाबी दिए हुन्छ । यिनी परिपक्व भइसके र शरीरमा अझै जोस छ ! होइन भने काँग्रेसको अरू नेत्रित्योले यो हबिगतबाट काँग्रेसलाई माथि उठाउन सक्दैन ! यो किन भनेको भने कम्युनिस्टलाई चेक एन्ड ब्यालेन्स गर्ने सशक्त प्रतिपक्ष हुनुपर्दछ ! त्यो क्षमता गगनमा छ ! उनको घैटे बोकेको कुरा भने सही अहिले पनि लाग्दैन र त्यो बेला पनि लाग्थेन ! खुलेरै त्यसको विरोध पनि गरेको थिए ! उनलाई इमेल लेखे र उनले उत्तर पनि दिएका थिए पछि त्यो उत्तर पत्रिकामा प्रकाशित भएको थियो ! चित्त नबुझेको कुरा भन्न पाउनु लोकतान्त्रिक सुन्दरता हो ! तर कुटपिट, नेपाल बन्द जस्ता हरकत तथा जनता डरमा बस्नुपर्ने जस्ता क्रियाकलापहरू हुनुहुँदैन ! गगनलाई काँग्रेसको सभापति बनाउन यदि शेरबहादुरले पहल गरे उनमाथि लागेको असक्षमताको धब्बा मेटिने थियो ! तर यिनले यसो गर्दैनन्, आन्तरिक लोकतन्त्र कुनै पनि नेपाली राजनीतिक पार्टीमा छैन ! सभापति पद मरुन्जेल छोड्नु हुन्न ! गिरिजाले त्यही गरे, सुशीलको पनि त्यही हबिगतमै देहान्त भयो (उनी नैतिकता भएका सिधा साधुपन भएका नेता थिए), र शेरबहादुर पनि त्यही दिशामा अघि बढेका छन् ! एउटा सामान्य प्रस्नाकर्ता को प्रश्नमा आवेगमा आएर म उसको लागि प्रधानमन्त्री भएर आएको हरो भन्ने प्रधानमन्त्री थिए यिनी, जनता बाट जितेर आएका रे ! त्यो प्रस्नकर्ता व्यक्ति पनि नेपाली जनता नै थिए !

पहिलो संविधानसभामा हार बेहोरेपछि माधव कुमारले राजीनामा दिए र आफूलाई नैतिकवान नेता भन्नेमा दर्ज गराए ! शेरबहादुरले त्यो पाठ पढ़लान भनेका,े के पढ्थे ? ओहो, सरि, म कस्ता बाट अपेक्षा गरिरहेको छु, तत्कालीन राजाले दुई पटक असक्षम भनेर निकालेको मान्छे बाट ? यो देउवाले पढेमा प्रजातन्त्रको लागि करेन्ट खाएको छु, कहाँ छोड्छु पद भन्नेछन् ! देउवाले राजीनामा नदिँदा बुझेका कार्यकर्ताले महाधिबेशको माग गर्नु पर्ने थियो तर गरेनन् ! उनले फेरी अर्को असक्षम कुरा चलाए म सँग लड्ने कि कम्युनिस्ट सँग ? कम्युनिस्ट भन्दा पहिले काँग्रेस पार्टी भित्र लड्नु पर्ने भएको छ ! क्षमता नभएका व्यक्तिलाई निकाली सक्षम व्यक्तिलाई चुन्नु पर्ने बेला भएको छ र गगन बाहेक अरू कुनैमा म त्यो दम देख्दिन ! हे पण्डित, देउवाज्यू लाई सभापतिको पद छोड्नु रे तुरुन्त, नत्र अनिष्ट हुन्छ भनी खबर पुर्याइदेउन ! अर्को कुरा सबै पार्टीमा सभापति अथवा प्रधानमन्त्री दुवै एउटै मान्छे हुन नपाउने व्यवस्था गरे पक्कै राम्रो हुन्छ ! देउवाज्यू दिनमा एक पटक एक्लै बसी यसको बारेमा १ घण्टा सोच्नु, उत्तर आफै आउँछ, आएन भने फेरी पनि असक्षम !

शब्दको बाण अरूमा हान्दा आफै बाट सुरु गर्छु, देश बिग्रनुमा मेरो पनि दोष छ ! देश छोडे, हिँडे परदेश, राम्रो भविष्यको खोजीमा ! त्यो मेरो दोष हो, म जस्ता थुप्रै दोषीहरू नेपाललाई घृणा गरेकाले विदेश गएका होइनन् ! कोही पÞmर्किउन अथवा नपÞmर्किउन त्यो उनीहरूको व्यक्तिगत कुरा हो तर देशमा राम्रो व्यवस्था भएको हेर्ने सबैको चाहना हुन्छ ! अर्को गल्ती आफ्नो पार्टीका नेताहरूले जे गरे पनि ठिक भन्ने भावना हटाउनुपर्छ, तर बोल्ने को ? जो बोल्यो उसलाई पार्टीको नैतिकताको कारबाही हुन्छ, पुलिस मार्ने गुण्डोलाई चाही कारबाही हुँदैन !

प्रधानमन्त्री ओलीबाट जनताले निकै आशा र अपेक्षा राखेका थिए, त्यो निराशामा परिणत भएको छ ! सङ्घीयता निल्नु न ओकेल्नु भएको छ ! खसी, भैँसीमा कर लादिएको छ ! फोहोर उठाउने नाममा स्थानीय सरकारबाट जबर्ज्स्ति गाउँका घरहरूबाट कर अशुलिदैछ ! महँगो गाडी नेतालाई चढाउन, उनीहरूको तलब भत्ता बढाउन करको जथाभाबी भारीले जनता थिचिदैछ ! वहा, क्या गज्जबको संघियेता ! ओलीले भारतले नाकाबन्दी लगाउँदा नाकाबन्दी भनेको कुराको गुन चुनावमा जनताले जिताइदिएर पुरा गरेका छन् ! काँग्रेसले त्यही शब्द प्रयोग नगर्दा मजैले लोप्पा खाएको छ ! ओली प्रधानमन्त्री भए पछि उनले गरेको राम्रो काम भनेको डाक्टर केसीको माग पुरा गर्छु भनेर केसी लाई भेटी यथास्थिति बुझ्ने हो ! यस्तै काम गर्दै गए जनताले राम्रो भन्ने थिए, कार्यकर्ताले त यसै राम्रो भन्छन् ! करको भार जनतामाथि नथोपर्न कल कारखाना र उत्पादन बढाउनेमा सरकार लग्नुपर्नेमा उल्टो बाटोमा सरकार हिँडेको छ ! सस्तो गाडी चड । नेताहरूको तलब सुविधालाई पुरा गर्न फेरी जनताकै खुन पसिनाको उखर्माउलो दोहन गर्नु पर्ने ? देशमा बलात्कार, अपहरणका घटनाहरू फेरी बढेको छ । कडा कानुन बनाई निस्तेज पार्नुपर्नेमा सरकार उदासीन छ । रेल र पानीजहाज पछि कुदाए हुन्छ, पहिले अत्यावास्क बाटो, पुलको माग पुरा गरौँ ! हातले उप्काउदा उप्किने बाटो बनाएर कहिले सम्म धान्ने ? २००७ सालदेखिको सक्रमणकालको रटान अझै सकिएको छैन ! एउटा मान्छे को आयु सकियो, तर पनि अझै देश राजनीतिक, आर्थिक सबै रूपले अस्थिर छ ! राम्रो काम गर्ने धुर्मुस–सुन्तली, रवि लामिछाने, कुलमान घिसिङ जस्ता व्यक्तिहरू माथि अनेक दाग लगाउन हामी नेपालीहरू नै लाग्छौ ! डाक्टर केसीलाई उरनठेउलि नेत्री भनाउदिले देशद्रोही भनिन । राम्रालाई त राम्रो भनौ, अनि राम्रो गरौन हो । जे कुरालाई पनि राजनीतिकरण गर्‍यो, आफ्नो स्वार्थ लाद्यो अनि अर्कोलाई बलिको बोको बनायो । के गर्नु, सरकार यस्ता गहनालाई पुरस्कृत गर्नु सट्टा राजनीतिक चस्माले हेर्छ, आफ्नो भक्त कार्यकर्ता हो कि भनी नाप्छ । ओलीज्यूको बोली जोक बनेको छ, प्रधानमन्त्री जस्तो मान्छेलाई मैले के सम्झाइराख्नु !

राजनीति, राजनीति गरिने ठाउँबाट मात्रै गरिनुपर्दछ ! सोझै भन्दा कर्मचारी सङ्गठन, विद्यार्थी सङ्गठन तथा शिक्षक सङ्गठन विघटन दलले गर्नु पर्दछ ? एउटा शिक्षक जब राजीनिक मोर्चा बोकेर पढाउन आउँछ तब उ कसरी स्वतन्त्र हुन्छ ? त्यस्ता शिक्षक शिक्षक नै होइनन्, हनुमान कार्यकर्ता हुन् ! पुच्हरमा आगो लाग्दा आफै मर्नेले लंकामा के आगो लगाउन सक्थे ? यस्ता शिक्षकलाई कलियुगका नेपाली हनुमान (हास्य कलाकार) को शब्दमा भन्दा ’हैट, हनुमन्ते शिक्षक’ र बिधार्थी लाई ’हनुमन्ते बिधार्थी’ भनी सम्बोधन गर्नुपर्छ !

अन्त्यमा, भ्रष्टाचार गर्नु पाप हो, तर के गर्नु अदालत र नेताले त्यसलाई पखाली दिन्छ ! मान्छे मार्नु महापाप हो, त्यसलाई नेताको सिफारिसमा राष्ट्रपतिले दूधले नुहाइदिन्छ । बिचरा ती मारिएका परिवारले कति सरा पे होलान् ? अरू केही नलागे पनि पाप लाग्छ र लागोस् पनि । कहिलेकहीँ लाग्छ, वीरेन्द्रको परिवारको बंशनासको पाप राजसंथामा लाग्यो । माओवादी पार्टी नै रहेन, एमालेको शरण लिनु पर्‍यो । चन्द माओवादी अझै नेपाल बन्द गरेर जनताकै गाडी जलौदैछ, अझै रास्त्रबदी रे ? त्यो आतंकबाद हो, जहाँ जनता डरमा जीवन जिउन बाध्य हुन्छन् । चन्दलाई पनि पाप अवश्य लाग्छ र लागि पनि रहेको छ ! चन्दलाई साझा–विवेकशीलका कार्यकर्ताको तालिमको जरुरी छ ! यो दलमा पनि अस्ति घुसपैठ भयो रे, घुसपैठ हुनु अगाडी नै त्यो कुरा रोक्न नसक्नु दलको कमजोरी हो ! तर यो दल अहिले सम्मको अवस्थामा हेर्दा निस्पाप छ । अहिलेलाई यत्ति नै ।

7 thoughts on “देश गरिब रे, नेता उत्पात धनी”

  1. anil sapkota says:
    August 22, 2018 at 8:24 pm

    घाँटी नहेरि सङ्घियता निल्न अातुर नेता , नेताकाे जय जय कारमा मात्र अनवरत रुपमा खटिने जनता , नेताद्वारा स्वचालित राष्ट्रपति पद काे इस्टेरिङ लाई कर्नर किक!??

    Reply
  2. राधिका गैरे says:
    August 22, 2018 at 9:49 am

    त्यागी नेता पटकै छैनन्, गरिब देशका नेताले महँगो कार किन चढ्नु पर्‍यो ? २० वा २५ वर्ष अगाडिको सम्पत्तिको डाटा सबै कर्मचारी, नेताका निकालेर जोड घटाऊ गर्ने हो भने दूधको दूध र पानीको पानी निस्कन्छ । साढे दुई वर्षमा जाबो एउटा अधिकृतले सात करोड कुम्ल्यौछ भने माथिका कर्मचारी, जनता मारा नेताले भुँडी फुट्ने गरी कति किचेका होलान् । जति खाए पनि तिनीहरूको भुँडी पÞmुटेन ! सुनकाण्डमा कतिसम्मका मान्छेको मिलेमतो छ भन्ने कुरा प्रधानमन्त्री स्वयम्ले अनुसन्धान रोक्नुले प्रस्ट पार्छ ।

    अति मन पर्यो। यस्ता गहकिला झटारोहरु अझै पढ़ने पाउने आशा मा छौ ।

    Reply
  3. शम्भु says:
    August 22, 2018 at 6:27 am

    कथित चुनिएर आएका खाते र ल्याप्चेबाट हुने तलब/भत्ता बाट हुने राष्ट्र दोहन बन्दगर्न छ भने यिनीहरुलाई सरकारी आवास, सामुहिक मेस र संसद सचिबालय अनि सिंह दरबार जाँदा सरकारी बसमा ओसार्ने व्यवस्था गरेमा केही रोकिन्छ |
    यिनीहरुलाई चुनाब उठ्दा नै सरकारी तलब भत्ता नलिई निस्वार्थ जनताको भोलेन्टरी सेवा गर्ने छु भनी कागज बनाउनु पर्छ |

    Reply
  4. Sabita says:
    August 21, 2018 at 7:50 pm

    What a writing , what a analysis. Keep writing.

    Reply
  5. Ram says:
    August 21, 2018 at 2:53 am

    Sahi bisleshan.

    Reply
  6. Shyam says:
    August 20, 2018 at 6:29 pm

    It is so shame that politicians are raping Nepali citizens by imposing taxes on each and everything including normal household items and no benefits for those paid taxes.

    Reply
  7. Shankar says:
    August 20, 2018 at 1:51 pm

    साची भन्नु भो , नेपाल को इतिहास मै न भएको तेत्रो सुन काण्ड गरेर प्रधान मन्त्रीले नै कारबाही रोक्नु , नेपाल बायुसेवा निगम मा अरबौ घोटाला , प्रचण्ड ले सैनिक समायोजन, हतियार समायोजन मा अरबौ घोटाला गरेको ले मैले पार्टी फुटाएको भन्छन भू पु प्रधान मन्त्रि बाबुराम भट्टाराई ( हेर्नुहोस युट्युब भी डी वो ), बिदेस भ्रमण मा र उपचार का नाउमा करोडौ लुट ,आफ्नो र अरु सभासद को सुख सुबिधा ,भत्ता मा भारि ब्रिद्दि , जनतालाई कर को ठुलो भार यो ओली सरकार को जघन्य घातक काम हरु हुन् |
    ओली ले माकुने , बामदेब, झलनाथ लाइ तह लाउन प्रचण्ड जस्तोलाई लेउनु सायद ठिक थिएँ न |
    कांग्रेस को त् के कुरा गर्नु ? नेपाल को राजनीतिमा राजाको मात्तिएको छोरा भन्दा हुन्छ | आफ्नो र आफ्ना आसेपासेको फाइदा हुन्छ भने प्रजातन्त्र र सामाज्बाद्को नाउ लिदै जे पनि गर्ने | नेताहरु हर्नु , सब इतिहास बोकेका ( हैन किताब को भारि चै )दिग्गज अरे ,
    टि बि र युट्युब मा खुब बक बाक गर्छन |
    नेपालि राजनीतिमा कांग्रेस को भूमिका खालि राजा हरुलाई छिर्के हाल्न , धोका दिन इन्डिया ले युज गरेको मात्र देखियो , अब उसको स्थान मधेस बादी पार्टी ले लि सकेको छ |
    इन्डियालाई नेपालि कांग्रेस लाइ मात्र चादीको कटौरामा दुध पिलाउनु छैन अब |
    रबिन्द्र मिश्र को कुरा गर्नु भो , रबिन्द्र मिश्र ले बि बि सिमा सेक्स हर्यास मेन्ट मा पर्ने बेला भए पछि बद्नाम भएर निक्लिनु भन्दा , बाठो भएर राजिनामा दिएर नेपाल को लागि केहि गरौ भनेर नेपाल छिरेको भनेर किसोर नेपालको नागरिक न्युज ले लेख्यो |
    के त्यो समाचार गलत थ्यो भने त् नागरिक न्युज ले र रविन्द्रले पनि खण्डन गरेको हुनुपर्ने |
    ल रबिन्द्र ले हैन नै भन्ला , नागरिक न्युज ले खण्डन गर्नु पर्छ | न भए नागरि न्युज लाइ रबिन्द्र ले मुदा हाल्न सक्नु पर्छ | भाबि देश चलाउछु भनेर हिडेको मानिस ले तेत्ति गर्न पर्दैन ?
    तेसै ले देश मा ब्यापक मनपरी तन्त्र , भ्रास्ताचार भएको कुरा सबैको आँखा अगाडी छ |
    तर कांग्रेस ले राम्रो प्रतिपक्षी भएर निकास देला भन्नु चै आश न गर्दा हुन्छ | अब नेपालि कम्निस्ट को को हात बात सासन सट्टा खोसेर नेपालि कान्गेर्स लाइ नेपालि जनता ले दिनु चै छिमेकी को कुकुर को मासु खोसेर गाउले को भुश्या कुकुर लाइ दिनु जस्तै साबित हुन्छ | सायद त्यो मौका नै अब आउन गाह्रो छ देउबा को नेत्त्रित्त्व लाइ |
    यो चौथो अंग ले भण्डाफोर गर्दै जाँदा देशी, बिदेसी दबाल ले सायद काम गर्छ कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme