Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजदेखि लोग्नेले स्वास्नीलाई ‘उ गरेर उ गरे’ पाँच वर्ष कैद सजाय

Posted on August 17, 2018 by Salokya

आज भदौ १ गते नेपालको लागि ऐतिहासिक दिन हो। तत्कालीन राणा शासक जंगबहादुर राणाले बेलायत यात्राबाट फर्केलगत्तै बनाएर विक्रम संवत् १९१० मा लागू गरेको मुलुकी ऐन विभिन्न समयमा संशोधन हुँदै आए पनि आजको मितिदेखि पूरै प्रतिस्थापन गरी नयाँ ऐन लागू गरिएको छ। यसका कतिपय प्रावधानहरु नयाँ छन्, कतिमा सजाय बढाइएको छ। त्यसैमा थपिएको एउटा प्रावधान हो- जबर्जस्ती जस्तै अवस्थामा पनि सजायको हकदार हुन्छ। विश्वका अरु धेरै देशमा जस्तै अब नेपालमा पनि लोग्नेले स्वास्नीलाई जबर्जस्ती सेक्स गरे छुट पाइन्न। विवाह गर्दैमा लोग्नेले जे पनि गर्ने लाइसेन्स पाउने हैन। मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा यस्तो व्यवस्था गरिएको छ।


दफा २१९ को उपदफा ४ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने लेखिएको छ।

जबर्जस्ती करणीको परिभाषा पनि व्यापक भएको छ। गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक योनीमा अन्य कुनै वस्तु योनीमा प्रवेश गराए पनि जबर्जस्ती करणी नै गरेको मानिने नयाँ व्यवस्था पनि यो ऐनले गरेको छ।

त्यही भएर कानुनका एक जानकारले यस्तो सहमति पत्र पनि सार्वजनिक गरेको पाइयो-

8 thoughts on “आजदेखि लोग्नेले स्वास्नीलाई ‘उ गरेर उ गरे’ पाँच वर्ष कैद सजाय”

  1. madan bajracharya says:
    August 20, 2018 at 9:19 am

    नेपालमा महिलाले यो मेरो बच्चाको बाउ हो भनेमा त्यो बच्चाको दि यन या महिलाले यो बच्चाको बाउ भनेको व्यक्ति सिट नमिले पनि सर्वोच्चको न्यायाधिसले बाउ बनाय बाटै प्रमाणित हुन्छ कि महिलाको जे भने तेस्को प्रमाण कानुनले पनि खोज्दैन/ यस्तो अबस्थामा बेलुकी सहमतिमा श्रीमान सिट यौन सम्भंद राखेकै भय पनि मेरो श्रीमानले मेरो सहमति बिना जवर्जस्ती गरे भनेमा त्यो महिलाको श्रीमानले कस्तो न्याय पाउँछ त्यो सुसिलाकार्किले गरेको फैसला बाटै देखाउंछ/

    नेपालमा पुरुषले चाहेको आधारमा पारपाचुके पाउन मुस्किल्नै छ तर महिलाले चाहेमा तुरन्तै पारपाचुके पाउन सक्छ/ पारपाचुके अर्थात सम्भंद बिच्छेद गरेको श्रीमानको सम्पति बात अंश लियको महिलाले अरु सिट बिबाह गर्न सक्छन र पछि बिबाह गरेको श्रीमान सिट पनि सम्भंद बिच्छेद गरेर तेस्को सम्पति बात पनि अंश लिन सक्छन/

    महिला र पुरुष बरावर हो भने अचेल बिबाह पछि महिलाले बा आमाको घर छोड्नु पर्ने भन्ने कुरा उहिलेको कुरा र अहिले ब्यबहारमा मात्रै हुने भैसके पनि महिलाले मात्रै दोहरो र पटक पटक अंश पाउने ब्यबस्था किन?

    कुनै पनि महिलाले कति पटक सम्म सम्भंद बिच्छेद गरेर अंश लिंदै गर्न पाउने भन्ने कुरामा कानुनले कुनै ब्यबस्थानै गरेको छैन/ मति बिग्रेमा कुनै पनि महिलाले सम्पति को निमित कुनै पनि बेला पुरुष माथि कुनै पनि आरोप लगायर सम्भंद बिच्छेद गर्न सक्छन/ यो कुरा बात बच्ने पुरुष सिट कुनै उपायनै छैन/

    “छोरी बिबाह पछि आफ्नो बा आमाको घर छोडेर जानु पर्ने भयकोले” भन्ने तर्क र आधार अहिले को सामाजिक ब्यबस्थामा पटक्कै लागु हुँदैन/ त् यहि अहिले ब्यबहारमा हराउंदै गयको तर्क को आधारमा महिलाले दुवै घर बात अंश पाउने र पटक पटक सम्भंद बिच्छेद गर्दै सम्भंद बिच्छेद गरेको पुरुषको सम्पति बात अंश लिन सक्ने ब्यबस्था कति जायज छ?

    बिबाह सहज यौन सम्भंदको निमित पनि गरिन्छ/ बिबाह भनेको यक अर्को प्रति समर्पित हुने औलोकिक सामाजिक ब्यबस्था हो/ पत्नी सहमत भयमा मात्रै यौन सम्भंदा राख्न पाउने अन्यथा पुरुष जेल जानु पर्ने र पत्नीले चाहेको बेला यौन सम्भंद राख्दा यदि पत्नी सन्तुस्ट नभय पनि पत्नीले सम्भंद बिच्छेद गर्न पाउने/ यो कुराले बिबाह गर्नु भनेको पत्नीको यौन चाहना पुरा गर्ने पर्ने बाध्यता जस्तै बनेको छ/

    पुरुसले निमित अहिले बिबाह मात्र महिलाको यौन खेताला बनिने बन्धन बन्दै गयको छ/ आयको छ/ त् बिबाह किन; असन्तुस्ट भयमा सजिलै सिट छुट्टिन पाउने “मात्र लिभिङ्ग टुगेदर किन नगर्ने?/

    Reply
  2. Rajendra Man Singh says:
    August 19, 2018 at 8:56 am

    अब बेडरुममा प्रुफको लागि CCTV राख्दा हुन्छ ??

    Reply
  3. raj kumar says:
    August 18, 2018 at 12:13 pm

    सहमतीमै सबै काम भए पछी रीस उठदा स्वास्नीको कानपारो तातेर पुलीस स्टेसन गै भने सबुत माग्ला सबौत मागे पतीले के सबुत टक्र्याउनु पर्ला ?कि हरेक रात सेक्स गर्नु भन्दा अगी सही छाप ल्याप्छे ठोकेर कागज बनाउनु पर्ने हो ?स्पस्ट पारी दीए हुने थीयो ,,,,

    Reply
  4. prithvi says:
    August 18, 2018 at 4:03 am

    स्वानी मान्छे ले लोग्ने मान्छे लाई गर्न नै सक्दैनन किनकी लोग्ने मान्छे उत्तेजित नभै र नचाही गोल नै हान्न मिल्दैन । श्वासनी मान्छे ले पिट्न सक्छन, लुछ्न सक्छन तर लोग्ने मान्छे ले नचाही गोल हान्न सक्दैनन तर श्वासनी मान्छे ले नचाहे पनि लोग्ने मानिस ले सजिलै च्यातचुत पारीदिन सक्छ, के गर्नु प्रक्रिती ले बनाउदैमा तेस्तै बनाये पछी ।

    Reply
  5. Uttam says:
    August 17, 2018 at 7:48 pm

    Faltu kanun ho yo

    Reply
  6. Biren chemjong says:
    August 17, 2018 at 3:09 pm

    श्रीमानले श्रीमती संग सम्भोग गर्दा पनि बलात्कार मानिन्छ भने बिबाहको के अर्थ?,बरु बिबाह नै गर्न नहुने कानुन लेखे कसो होला!
    कानुन बनाको पनि खै के खै के!श्रीमान श्रीमतीमा पनि जवरजस्ती हुन्छ र भन्या?यदि हुन्छ भने ती जोडिहरु मा कुनै एक पागल हुनु पर्छ। यात मानसिक रोगी हुनु जरुरी छ।अनि बालिका करणी गर्ने अनि हत्या गर्ने,नागरिक अपहरण हत्या गर्ने लाई फाँसी खोइ?? जन्म कैद राखेर कस्को बाउले खान लाउन दिन्छ?

    Reply
  7. Suresh Gurung says:
    August 17, 2018 at 12:18 pm

    भनेपछि अब स्वास्नी संग सेक्स गर्न परे कागज गरेर मात्रै गर्न पर्नेभो होइन त? के थाहा भरे सहमतिमै सेक्स गरे पनि बुडिको मति बिग्रिएर जबरजस्ती करणी गर्यो भनेर मुद्दा लगाइदियो भने?

    Reply
  8. Shankar says:
    August 17, 2018 at 6:07 am

    स्वास्नी ले लोग्नेलाई जबर्जस्ति गरेमा नि ? मैले धेरै साथीहरुको गुनासो सुनेको छु , मद्दत गर्न न मिल्ने के गर्नु?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme