Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनले नागरिकता पाउने तर पासपोर्ट पाउने कि नपाउने? सरकारले दियो जवाफ

Posted on August 15, 2018 by Salokya

अहिले संसदमा दर्ता भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पनि व्यवस्था गरेको छ। एनआरएन नागरिकता राजनीतिक बाहेक अन्य आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार पाउनका लागि हो। एउटा विषयमा भने अन्यौल छ- एनआरएन नागरिकता पाएकोले पासपोर्ट पाउने कि नपाउने? एनआरएनलाई छुट्टै पासपोर्ट हुने हो? यदि हैन भने एनआरएन नेपाली नागरिकले विदेशी नागरिक भएको हिसाबले विदेशी पासपोर्ट चलाउनु पर्ने हुन्छ। विदेशी पासपोर्ट चलाएपछि नेपाल आउँदा अन अराइभल भए पनि भिसा पक्कै लिनुपर्छ, त्यसै छिर्न दिँदैनन्। के नेपाली (एनआरएन) नागरिकता भएको व्यक्ति भिसा तिरेर नेपाल प्रवेश गर्छन्? कि एनआरएन नागरिकता देखाएपछि भिसा नलिई नेपाल आउने सुविधा दिने हो? यो प्रश्न मंगलबार संसदमा पनि उठेको छ र यो विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन्।

के छ जवाफ हेर्नुस् भिडियो

11 thoughts on “एनआरएनले नागरिकता पाउने तर पासपोर्ट पाउने कि नपाउने? सरकारले दियो जवाफ”

  1. कृष्ण आचार्य says:
    August 19, 2018 at 2:49 am

    ताल न बेतालका आ-आफ्नै डम्फु बजाएर के गर्नु हो मित्रहरू !

    Reply
  2. kanchhi says:
    August 18, 2018 at 6:58 pm

    ऎक्दम नराम्रो विचार. अरुलाई नराम्रो मात्र धेखने प्रबित्तिको झलक देखियो.

    Reply
  3. Kishor says:
    August 17, 2018 at 10:00 am

    For Narendra Ji, please refer below regarding NRI contribution to India’s economy. I have known many Friends who have personally contributed to Nepal’s education, like child adoption for education, school building. Perhaps constructive criticisms will be more helpful, rather than painting everything negatively. No matter where we live, once a Nepali, always a Nepali. Hugs!

    https://www.quora.com/In-what-ways-are-the-non-resident-Indians-contributing-to-India-and-what-influence-do-they-have-How-much-investment-are-they-bringing-into-India-Are-these-investments-going-towards-wealth-creation-Are-NRIs-helping-shape-foreign-policies

    Reply
  4. Raj says:
    August 16, 2018 at 5:53 pm

    युरोप अमेरिका को visa पायो भने त तिमि पनि कुदी हाल्थेउ होला. नपाय पछि NRN लाई गालि गर्ने बस्ने त होनी. एउटा कुरा नि, नेपाल को नागरिकता भारतीय हरु लाई बेचेर नेपाली बनाएको मा खुसि हुने अनि खुद नेपाली हरु नेपाल मा स्वतन्त्र हुन खोज्दा किन टाउको दुखाउनु पर्यो श्रवन मित्र.

    Reply
  5. नरेन्द्र says:
    August 16, 2018 at 6:50 am

    लाखमा कुनै १ जना निस्के छुट्टै कुरा हो, नत्र कुनै एन.आर.एन. माइकालालले नेपाल र नेपालीको लागि केही गर्दैन | इलिगल एन.आर.एन. हुन सक्दैन, लिगलले आफ्नो सबै परिवार उतै तान्छ अनि परिवार सबै उतै भएपछि नेपालमा भएको सम्पतिको रेखदेख गर्ने कोही हुँदैन अनि त्यो पनि बेचेर उतै लान्छ हुण्डी मार्फत |
    बिदेशी पासपोर्ट बोकेर म फलानो देशको नागरिक भएँ भन्ने फूंइं लाउन कहिले काहीं नेपाल आउने बाहेक केही गर्दैन | आफ्नो सबै उतै हुनेले नेपालमा लगानी गर्छ भनेर कसैले पत्याउँछ? अनि उहाँ काम गर्नेले कसरी ल्याउँछ नेपालमा सीप?
    यिनीहरुले लगानी गर्ने भनेको बिकशित देशमा बैंक जम्माको ब्याज धेरै देशमा ०.२५% छ कहिँ त माइनस पनि छ, पैसा राखे बापत बैंकलाई उल्टै ब्याज तिर्नु पर्छ | त्यो पैसा नेपालका ब्याङ्कमा ल्याउलान हुनेले किनकि नेपालमा १३% सम्म छ ब्याज | अनि नेपालमा गरेको लगानीको आम्दानी भन्दै त्यो १३% आर्जन पनि विदेश मै लैजान्छन |
    यी किशोर भन्नेको कमेन्ट पढेर त यिनको गिदी छर्लंग देखियो? रेमिट्यान्सले इन्डिया बन्यो रे? हाहाहा? संसारमा सबभन्दा अबिश्वाशी र खुराफाती भारती र नाइजेरियन्लाई मानिन्छ | लिगल भारती कसैले १ पैसा भारत पठाउदैन | त्यही ब्यबसाय खोल्छ र नेपाली इल्लिगललाई सस्तोमा जोताउंछ | यिनै भारती, बंगाली,पाकिस्तानीको मा त हो ९०% नेपाली ले काम पाउने भनेको |
    एन.आर. एन. ले खस खोजेको भनेको बुढो भएपछि र छोराछोरीले छाडेपछि उहाँ केही गर्ने उपाय नभेटे पछि नेपाल फर्केर राजनीति गर्न हो, त्यो सरकारले दिएन |

    Reply
  6. रत्न says:
    August 15, 2018 at 7:46 pm

    पर्दैन हौ नागरिकता । हाम्रो विदेशी पासपोर्टमा ड्याम कि ड्याम २० वर्षे रेसिडेनसियल मल्टी इन्ट्री फ्री नेपाल भिसा हान्दिनु न । भै गो त । हामी भोट दिनु जाने पनि होइन क्यारे ।

    Reply
  7. भवन says:
    August 15, 2018 at 6:14 pm

    परराष्ट्र मन्त्रीको भनाई, “यस बिषयमा सरकारले खासै नसोचेको..” ‘रे|
    संसदमा यस्तो गैर जिम्मेवारी र तयारीहीन बक्तब्य दिंदा पनि प्रतिपक्ष मुखमा लड्डु हालेर बसने हो त?
    यो के चार कक्षामा विद्यार्थीले सोधेको प्रश्न हो?
    जे बिषयमा पनि सरकारले गर्नुपर्ने तर सरकारले खासै नसोचेको भएर त यँहा सरकारको
    अवस्था दिनोदीन खराब भएर गैराछ| के यो बिल मध्येरातमा भित्राएको हो र सबेरै प्रश्न सोध्दा खासै सोच्ने समय पाईन भन्न खोजेको हो कि|
    संसदमा बिल पास गर्ने बेलामा पनि खासै नसोचेको भनेपछि हामी परराष्ट्र नीति कुन मोडमा जाने बारे पनि खासै नसोचेको होला|
    पासपोर्ट दिने भए डलर २००० जनही चार्ज गर्नपर्छ| कुरै सक्किगो| पांच बर्ष पछि फेरी रिन्यु गर्दा डलर १५०० लिने काम छ, बस यतिले परराष्ट्रका कर्मचारीका तलब भत्ता पुगिहाल्छ|
    त्यो पासपोर्टमा इण्डियाले ट्राभल गर्न दिंदैन, अरु कन्ट्रीमा नेपाली पासपोर्ट देख्यो कि नाक खुम्चाउछ|
    संबिधानले भने पछि खुरुक्क राजनैतिक अधिकार बेगरको खरदारको कुखुराले खोर्सेको हस्ताक्षरमा लेखिएको नागरिकता थमाईदिनु, बस सक्किगो| त्यो लगेर बैंकमा लोन लिए पुगो|

    Reply
  8. Kishor says:
    August 15, 2018 at 6:10 pm

    Surprised by some malice laden comment against ‘NRN’. Please take a look, for example in India, on how Indian economy has been supported by ‘NRI’. Having some connection and sense of security is very important for NRN to bring money/skills to Nepal, which will undoubtedly benefit the motherland.

    Reply
    1. Pranita says:
      August 17, 2018 at 4:05 pm

      If you need passport to invest in Nepal why don’t you try business visa? How old is NRNA now? Why do you talk about NRI why can’t you show the exzmples of NRN of past 10 years?
      Never expect NRN can support the development of Nepal. 95% NRN are basic labor no matter which country they live.
      Happy that they are helping to minimise unemployment in Nepal!!!

      Reply
  9. बासु says:
    August 15, 2018 at 5:26 pm

    सरकारको खुद्रे बुद्धि देखियो। आगो लाग्दै जाने, कुवा खन्दै जाने। दूरदर्शीता ठ्याम्मै नभएको।

    Reply
  10. श्रवन says:
    August 15, 2018 at 8:33 am

    नेपाली पासपोर्ट के काम यिनीहरुलाई, दिए पनि लिंदैनन किनकि नेपाली पासपोर्ट प्रयोग गर्यो भने प्राय देशको भिषा नै पाइंदैन |
    यी एन.आर.एन. लाई चाहिएको भनेको बिदेशी पासपोर्ट लिए पनि नेपालको सम्पतिमा सरकार नलागोस भन्ने हो, त्यो पाई हाले | ब्यबहारमा खासै लागु नभए पनि पहिलेको कानुन अनुसार यदि कसैले बिसेशी नागरिकता लिएमा उसको नेपालको नागरिकता स्वतः खारेज हुन्थ्यो अनि उसको सम्पति राष्ट्रको हुन्थ्यो |
    अर्को कुरा यी एन.आर.एन. लाई चाहिएको चाहीं यति-उति लगानी भित्र्यौन्छौँ भन्दै गुड्डी हाँक्दै नेपालका प्रधानमन्त्री-मन्त्रि संगै मन्चमा बस्ने, हात मिलाउने ताल परे भबन भट्ट झैं प्रधानमन्त्रीको भ्रमणदलमा सामेल भै भी-आइ.पी बनि टोपल्ने अनि आफु बसेको देशमा फर्केपछि फेरी भाँडा धस्काउने हो | पासपोर्ट त दिए पनि लिन्नन यिनीहरुले |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme