Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएन नागरिकता लिनेले पासपोर्ट नेपाली पाउने कि नपाउने?

Posted on August 12, 2018August 12, 2018 by Salokya

अहिले संसदमा दर्ता भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पनि व्यवस्था गरेको छ। त्यसो त यो व्यवस्था नेपालको संविधानले नै गरेको हो, तर कानुन नबनेसम्म संविधानमा मात्रै भएर भएन। यो विधेयक पास भएपछि भने एनआरएन नागरिकता लिने बाटो खुल्नेछ। अहिलेसम्म यस्तो एनआरएन नागरिकता कसैले पाएको छैन। एनआरएन नागरिकता राजनीतिक बाहेक अन्य आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार पाउनका लागि हो। एनआरएन नागरिकता पाउन के के गर्नुपर्छ त? यस्तो छ विधेयकमा लेखिएको व्यवस्था-



एनआरएन नागरिकता पाउनका लागि सबैभन्दा पहिला त सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरी विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्‍यो। त्यसपछि उसको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्‍यो।

यसका लागि पाँच वटा कागजात संलग्न हुनुपर्छ- आफ्नो वा बाबु वा आमा,  बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, सार्क राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धता पत्र।

अरु देशको लागि त मतलब भएन तर दोहोरो नागरिकता लिन अनुमति भएको देश जस्तै कि अमेरिका आदिका नागरिकता लिइसकेकालाई भने यसमा अलि कन्फ्युजन देखियो। किनभने उनीहरुले नेपालको नागरिकता परित्याग नगरी पनि अमेरिकाको नागरिकता पाएका हुन्छन्। अब उनीहरुले एनआरएन नागरिकता लिनका लागि भने नेपाली नागरिकता परित्याग गरेको प्रमाण देखाउनु पर्छ। त्यसो त यो नेपालको कानुन अनुसार ठीक पनि हो। किनभने नेपालको कानुन अनुसार अरु देशको नागरिकता लिने बित्तिकै नेपालको नागरिकता स्वतः खारेज हुन्छ।

एउटा विषयमा भने अन्यौल छ- एनआरएन नागरिकता पाएकोले पासपोर्ट पाउने कि नपाउने? एनआरएनलाई छुट्टै पासपोर्ट हुने हो? यदि हैन भने एनआरएन नेपाली नागरिकले विदेशी नागरिक भएको हिसाबले विदेशी पासपोर्ट चलाउनु पर्ने हुन्छ। विदेशी पासपोर्ट चलाएपछि नेपाल आउँदा अन अराइभल भए पनि भिसा पक्कै लिनुपर्छ, त्यसै छिर्न दिँदैनन्। के नेपाली (एनआरएन) नागरिकता भएको व्यक्ति भिसा तिरेर नेपाल प्रवेश गर्छन्? कि एनआरएन नागरिकता देखाएपछि भिसा नलिई नेपाल आउने सुविधा दिने हो?

अध्यागमन ऐनलाई पनि यसै अनुसार संशोधन नगरेसम्म यो कुरा प्रष्ट हुने छैन।

यस्तो छ संसदमा दर्ता भएको विधेयक


8 thoughts on “एनआरएन नागरिकता लिनेले पासपोर्ट नेपाली पाउने कि नपाउने?”

  1. Shunil Shrestha says:
    August 15, 2018 at 4:02 pm

    बिदेशी passport लिने बेलामा खुशी हुने अनि नेपालमा जाँदा visa फी तिर्नु पर्यो भनेर रुने ? यस्तो पनि हुन्छ? तिमीहरु नेपाल जादा visa फी तिर्दा नेपाल सरकारलाई राजस्वो आउँछ बरु त्यो राजस्वो तिरेको पैसा लाई एउटा software बनाएर NRN ले एरपोर्ट सुधारको लागि मात्र खर्च गर्न पाउछ भनेर नेपाल सरकार संग सहमत गर न , तेस्ले बरु देश बिकाश हुन्छ.
    नेता हरुले त देश चुसे चुसे अब भएन भनेर NRN ले सुत्दा न छोड्ने भयो…

    Reply
  2. madan man bajracharya says:
    August 14, 2018 at 11:57 pm

    मलाई लाग्छ विदेशको नागरिकता लिने योग्यता भयका नेपालीले बिशेस गरेर अमेरिका अस्ट्रलिया जापान जस्तो मुलुककै बढी नागरिकता लिन्छन होला/ किन भने तेस्तो देसको पासपोर्ट भयकालाई अरु मुलुकमा जाँदा भिसा नपाउने बा भिसा लिने झन्झट हुँदैन/ तर नेपाली पासपोर्ट भयकालाई कस्तो कस्तो हुन्छ त्यो भोग्नेलाई थाह छनै/ फेरी मलाई लाग्छ विदेशको नागरिकता लियकाहरु तेही देसको पासपोर्ट प्रयोग गर्नु पर्ने त्याहाको कानुनि प्रावधान छ/ तेसैले बिदेसको नागरिकता पनि लियका नेपालिहरुले मात्र नेपालि पनि भयको परिचय पत्र मात्रै लिन छाह्न्छां होला र तिनीहरु नेपाल आउँदा विदेशकै पासपोर्ट बात आउने र नेपालको यरपोर्टमा बिदेशी पासपोर्ट को साथ् नेपाली पनि भयको पासपोर्ट देखायर नेपालीले संबिधान अनुसार पाउने सुबिधा लिन्छन/

    Reply
  3. Nilambar says:
    August 14, 2018 at 9:14 pm

    एन आर एन लाई नागरिकता दिनु उचित हो| तर भगौडे, सरकारी जागिर र कलेज विश्विद्यालायाको जागिरको फायदा उठाएर गएको र भगौडे र यु एन मा विश्व बैंक आदि संस्थाहरुमा काम गर्न गएर उतै विलय भएकाहरु लाई नागरिकता दिन अघि सोच्न पर्यो|
    एन आर एन को झण्डा बोकेर राजनैतिक पार्टीमा सरेर अहिले राजदुत हुने हरुलाई पनि यो फायदा किन चाहियो?

    Reply
  4. Raj says:
    August 13, 2018 at 2:43 pm

    धन्यवाद सलोक्य जी, आशा गरौ chaddai kanoon banos ra passport pani upalavda garye dherai ramro!

    Reply
  5. जीवन says:
    August 13, 2018 at 7:11 am

    रबिन जी , कुरा दिन को $१ को होइन/ जब नेपाल आइन्छ भने तिनीहरुले नेपालमा नै खर्च गर्न डलर लिएर एक हुन्छन / लोभ को कुरा गर्नु बेठिक हुन्छ. विदेशमा नै खर्च गर्ने हो भने तिनीहरु नेपाली नै किन आउने छन र ? त्यो त आफ्नो देश भएको ले अपनत्वमा आफुलाई पनि राज्येले नागरिको को भाव ले हेरोस भन्ने हेतु मात्र हो भिसा फ्री को कुरा.

    Reply
  6. Mahendra Gorkhali says:
    August 13, 2018 at 1:56 am

    धन्यवाद सालोक्यजी, केही अन्योलताहरु उजागर गरिदिनु भएकोमा |
    मलाइ लागेको अन्योलताहरु पनि यहाँ शेयर गर्न चाहन्छु :
    १. एन.आर.एन. नागरिकता भन्ने कुरा अचम्म लागि रहेको | खास एन.आर.एन.ले खोजेको के हो भने बिदेशी पासपोर्ट बोकेर नेपाल जानु आउनु भिसा किन्नु नपरोस, र जतिपल्ट पनि जानु पाउँ | नेपालबाट विदेश (उनीहरुको स्वदेश) फर्किनुमा केहि टेन्सन लिनु परेन |
    यसको लागि नेपाल सरकारले आजीवन कि त २० वर्षे, १५ वर्षे नेपाल भिसा बिदेशी पासपोर्टमा छाप हानेर दिनु पर्यो | सबै खुशी |

    २. विदेशमा, उदाहरणको लागि, यु.के.मा हामीले ब्रिटिश नागरिकता लिंदा नेपालको नागरिकता पहिला त्यागेर आइस ? भन्दैन र उसलाई मतलब पनि हुदैन | नेपाल सरकारले पनि ब्रिटिश वा अन्य देशका सरकारलाई खबरदार ! नेपाली नागरिकता त्यागेको निस्सा नेहेरिकन आफ्नो देशको नागरिकता नदिनू…पनि भनेको छैन, भन्नु पनि सक्दैन |

    ३. हाल हामी नेपाल जाँदा हरियो पासपोर्ट बोकेर गए भिसा लाग्दैन, र फर्किंदा तेस्मा ILR भिसा भएकोले यु.के. फर्किनु केही समस्या हुदैन | तर धेरै दिन बसेर फर्किंदा इमिग्रेसनमा धेरै प्रश्नहरु सोधिन्छ | उसले हामीलाई नेपाली नागरिक नै सम्झिन्छ र यु.के.मा कहाँ बस्छौ, के काम गर्छौ, घर छ कि छैन, र यो ILR (permanent residence permit) कसरि पायौ, इत्यादि सोधेर कतिलाई र्याख र्याख्ती पार्छ | होइन म ब्रिटिश नागरिक नै हो भनुम भने झन् फसाद पर्छ; अनि किन आफ्नो देशको पासपोर्ट नबोकेको भन्छ |

    ४. रातो पासपोर्ट (ब्रिटिश) प्रयोग गरेमा छाती खोलेर फर्किन पाइन्छ | तर नेपाल जाँदा भिसा फीस तिर्दा छाती खुम्चिन्छ |

    ५. एन.आर.एन. नागरिकता भन्दा पनि भएकै नेपालि नगारिकता नत्यागी बिदेशी पासपोर्टमा २० वर्षे वा आजीवन नेपाल भिसा दिए समस्या हाल हुन्छ | हामीलाई तर नेपाली पासपोर्ट वा नागरिकता आजीवन चाहिन्छ – किन भने बिदेशी पासपोर्टमा नेपाल भिसा हानेर नेपालसम्म त जाइन्छ; तर इन्डिया जानु पर्यो भने हरियो पासपोर्ट वा नागरिकता देखाएमा भिसा लाग्दैन | नत्र फेरी इन्डिया भिसा किन्नु पर्ने हुन्छ | अर्को फसाद !!

    एन.आर.एन. को सुविधाकोलागि अर्को नागरिकताको झन्झट नगरी उनीहरुको पासपोर्ट मै अनलिमिटेड इन्ट्री नेपाल भिसा दिए भै गो | खोजेकै त्यहि हो; एन.आर.एन. कार्ड त छदैं छ नि, ओय मा एन.आर.एन. हो बुझ्यौ ? भन्न लाइ |

    जे होस्, अब आउने कानूनको प्रतीक्षा छ | सबैको भलो हुने काम गरोस नेपाल सरकारले |

    Reply
  7. Shankar says:
    August 13, 2018 at 12:24 am

    माग्ने नेपाल सरकार पैसा काँ बाट झर्छ र आफु लुट्न पाइछ भन्ने सधै ताक मा हुन्छ , तेसैले येन आर येन को लागि आर्को महँगो पासपोर्ट को ब्यबस्था आदि जे पनि हुन् सक्छ |
    तर जटिल कुरा के छ भने यिनै घुस्याह , नेपाल लुटेराका सन्तान नै बडी येन आर येन हुनेछन , तेसैले यो चासो को साथ् हेरिएको बिसय हो |

    Reply
  8. रविन says:
    August 12, 2018 at 11:50 pm

    तात्तो न छारो | आफ्नो देशको अलिकति भएनी आर्थिक प्रगति होस् भन्ने हो भने नेपाल बसुन्जेल दिनको एक दिन $१ तिर्न किन लोभ गरेका $$ कमाउनेहरुले?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme