Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो छ नेपालकै पहिलो अन्डरग्राउन्ड बाटो?

Posted on August 10, 2018August 10, 2018 by Salokya

गाडी गुडिरहेको यो सडक मुनि एउटा बाटो छ भन्दा तपाईँ पत्याउनु हुन्छ? काठमाडौँमा ३४ वर्षअघि नै सुरुङ खनेर अन्डरग्राउन्ड बाटो बनिसकेको कुरा धेरैलाई पत्यारिलो नलाग्न पनि सक्छ। काठमाडौँ वर्षौँदेखि बसेकाहरुलाई पनि यो बाटो बारे थाहा नभएको देखियो। वास्तवमा २०४१ सालमा नै भोटाहिटीबाट रत्नपार्क जाने यो बाटो बनाइएको थियो। बाटो बनिसकेपछि तत्कालीन राजा वीरेन्द्रले समेत कसैलाई थाहै नदिई सुरक्षागार्डसमेत नलिई एक्लै यो बाटो हिँडेका थिए। अहिले कस्तो छ त यो बाटो? आउनुस् हेरौँ भिडियो-

भोटाहिटी रत्नपार्क सबवे बनाउन २०४१ सालको वैशाखमा थालिएको थियो। खासमा यो बाटो काट्ने बटुवाहरुका लागि बनाइएको बाटो हो। सबवे भित्र अहिले विभिन्न पसलहरु राखिएका छन्। यसको व्यवस्थापनको जिम्मा वडा नम्बर ३० ले लिएको छ। यहाँ भित्र यत्रा पसलहरु छन् तर महानगरपालिकाको वेबसाइटमा राखिएको जानकारी अनुसार यी पसलहरुबाट उठ्ने जम्मा भाडा वार्षिक ५० हजार रुपैयाँ अर्थात् मासिक ४ हजार १ सय चानचुनमात्रै हो।

यो नेपालकै पहिलो सबवे हो। अहिलेसम्म अरु ठाउँमा यस्तो सबवे बन्न सकेको छैन।

3 thoughts on “कस्तो छ नेपालकै पहिलो अन्डरग्राउन्ड बाटो?”

  1. Ballav says:
    August 15, 2018 at 4:56 pm

    I spent most of my childhood days in this subway ! 🙂

    Reply
  2. madan man bajracharya says:
    August 10, 2018 at 5:25 pm

    यो बाटो बनाउँदा ठुलो पानि आउंदै गरेको ढुंगे धारा पत्ता लागेको थियो र त्यो धारानै भोटाहिटी भयको कुरा पनि सुन्नमा आयको थियो/ पछि सायद त्यो ढुंगे धारा पुरेर पठायो क्यारे/
    आफु बाहेक सबैले गलत्नै गरे भन्ने आजको राजनतिक नेता र गुटको कुरालाई पन्छाउने हो, सबै व्यक्ति र सिद्धान्तमा कुनै न कुनै कमजोरी त् हुन्छनै भन्ने कुरा स्विकार्ने हो भने, इनै नेताहरु र नेपाल बिकसित भय आत्मनिर्भर बने पेल्न मिच्न हेप्न नपाउने भनेर नेपालको बिकाशको बाटोमा भारतले जति सुकै अप्ठ्यारो तेर्साउने काम गरेतापनि राजाहरुलेनै नेपालको बिकासको पूर्वाधारहरु बनाउने प्रयास गरेको थियो/ उदाहरण अरु धेरै कुराको किन लिन पुर्व पश्चिम राजमार्ग र मेलाम्चिकै लिउ/ पुर्व पश्चिम राजमार्ग अहिले पनि अपूर्ण नै छ र यसको कारण देउपाले चिनिया ठेकेदार हटायर बाटो बनाउन होईन बाटो बनाउने काम मा बाधा तेर्साउने भारतीय ठेक्केदार लाई ठेक्का दियाकोले होईन? तेस्तै उदाहरण मेलम्ची पनि हो र अरु पनि छन्/

    Reply
  3. बासु says:
    August 10, 2018 at 4:55 pm

    जम्मा पचास हजार? जसले पनि भन्न सक्छ त्यहाँ भ्रष्टाचार भैरहेको छ।
    तर एकताका यसको प्रयोग होइन दुरुपयोग हुन थालेको थियो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme