Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन हो नेपालको शत्रु राष्ट्र ?

Posted on August 9, 2018 by Salokya

सरकारले प्रतिनिधि सभामा जेठ २ गते सार्वजनिक सुरक्षा ऐन, २०४३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ प्रस्तुत गरेको छ जसमा अहिले समितिमा दफावार छलफल भइरहेको छ। गृहमन्त्री रामबहादुर थापाले संविधानको धारा २३ मा उल्लेख भएको निवारक नजरबन्दविरुद्धको हकबमोजिम प्रचलनमा रहेको सार्वजनिक सुरक्षा ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेका हुन्। संशोधन गर्न खोजिएको विधेयकमा कसैलाई नजरबन्दमा राखेमा त्यस्तो व्यक्तिको स्थितिको जानकारी परिवारजनलाई दिनुपर्ने उल्लेख छ। पहिले यस्तो व्यवस्था थिएन। तर यसमा अपवाद पनि छ। विधेयकमा शत्रु देशको नागरिकका हकमा यो व्यवस्था लागू हुने छैन भनिएको छ। नेपालको शत्रु देश कुन त?

नेपालका अहिलेसम्म सबै मित्र देश नै मित्र देश छन्। शत्रु देश भनेर अहिलेसम्म कुनै पनि देशलाई घोषणा गरिएको छैन। त्यसो भए यो शब्द आयो कहाँबाट त ?

संविधानबाट।

संविधान बनाउनेहरुले शत्रु देशको पनि कल्पना गरेका थिए। त्यही भएर संविधानमा तीन वटा शत्रु देश शब्द परेका छन्-

5 thoughts on “कुन हो नेपालको शत्रु राष्ट्र ?”

  1. Shankar says:
    August 10, 2018 at 5:34 pm

    जुन बेला नेपाल लाइ अफ्ट्यारो परेको छ तेही बेला मौकाको फाइदा उठाउने , आफ्ना खाते जनता पठाएर नेपाल को सभासद , सरकारी कर्मचारी , सिक्श्यक , सेना बनाएर जो पुरा नेपाल कब्जा गर्ने सड्यन्त्र मा छ , नेपाल को रास्ट्रीय पत्रिका मा जसले भर्खर आफ्नो देश को ब्यबस्थापक राखेको छ त्यो पाजी , अंग्रेज ले १०० बर्स , मुसल मान ले ५०० बर्स नोकर बनाएको देश कुन हो ?
    तेही देश नेपाल को सत्रु देश हो |

    Reply
  2. madan man bajracharya says:
    August 9, 2018 at 11:43 pm

    तेत्रो सिमाना मिच्दा, कालापानी कब्जा गर्दा, बारम्बार नेपाल माथि नाका बन्दि गर्दा र संबिधान समेत आफैले भने अनुसार बनाउनु पर्ने भंनेता पनि त्यो देस हाम्रो मित्र देस हो भन्नेले सायद सत्रु देस भनेको कुन चाहि हुन् सक्ला?

    कुनै पनि देस कुनैको सत्रु हुने सक्दैन/ सत्रु हुन्छ भने अर्काको देसको अहित चिताउने देसको नेतृत्व हो/ जुन देसको नेतृत्वले नेपाल तुक्राउयर “मध्य देस बनाउने” भन्नेलाई साथ् दिन्छ त्यो देसको नेतृत्व नेपालको सत्रु हो/ जुन देसले अर्काको देस डुवाउने गरि सडक भन्दै पुर्व देखि पस्च्चिम सम्म बाँध बनाउंदै आयको छ; त्यो देसको नेतृत्व नेपालको सत्रु देस हो/

    सत्रु आफै कम्जोर बनेमा मात्रै कोहि बन्न सक्छ/ तेसैले कुनै देसको नेतृत्व नेपालको सत्रु बनेकोमा पनि दोस हाम्रैकोमा जान्छ/ नेपालको सत्रु बनेको कुनै पनि देसको नेतृत्व को बारेमा हामीले केहि गर्न सक्दैनौ/ यस्तो को थिय बा को हुन् भनेर बुझ्न कोहि सिट सोध्ने पर्दैन २००७ देखि अहिले सम्म कुन दल बा गुटका नेपालको सरकार बने तिनीहरुको पालामै जे जस्तो भय गरे त्यो सम्झे पुग्छ/ तेसैले पद नेपालमा ठुलो पद ओगतेर बिदेशीको स्वार्थको दरवानी गर्नेलाई नै पहिला ठिक गर्ने कानुन बन्नु पर्छ/ किनभने नेपालको सत्रु उनीहरुनै हो/
    यस्तैको बोलबाला चल्दै रहे कसैले पनि नेपाललाई उही जसले अहीले सम्म पनि सिमाना मिचेकै छ, कालापानी कब्जा गरेकै छ, नाकाबन्दी गर्दै आयकै छ सिको गर्न सक्छ/

    Reply
  3. Nabin says:
    August 9, 2018 at 6:31 pm

    नेपाली जनताले बिर्सेका छैन त्यो पवित्र भुमिका संचालकहरु जसले महाभुकम्पको मारले नेपालीलाई थिचेको मौका पारेर अझ ठुलो चोट पुर्याउने गरी नाकाबन्दी गरे|

    Reply
  4. samrat~ says:
    August 9, 2018 at 11:22 am

    जुन देश ले माहामारी भुकम्प परेको बेला नेपाली जनता लाइ दैनिक आधारभूत आवश्येक्ता मा प्रतिबन्ध लगाएर नेपाली जनता को घाती निमोठ्न खोजेको थियो, तेही नै हो सत्रु रास्ट्र. सबै नेपाली जनता लाइ थाहा भएकै कुरा हो !

    Reply
  5. मुकेश यादव says:
    August 9, 2018 at 8:04 am

    नेपाल को सत्तुर देस भनेको नेपाल बाहिर छैन / नेपाल भित्रै भएको एउटा मानसिकता हो सत्तुर देस / आफु मातर घिचने लुटन सम्म लुटने …अनि फोहर , दूषित बातावरण भएको डुंगडुंगती गनाउने धुलो , मैलो ले कुरूप देखिने सहर मा सुट पहनेर , प्राडो चढेर कालो चस्मा लगाएर आफु लाई ठुलो ठान्ने मानसिकता / अर्का को खुट्टा तान्ने , डाहा ले सल्किने
    र भ्रस्टाचार करेर कमाउने मानसिकता /
    एक कटोरा पानी मा डूबकी लगाएर मर्नु पर्ने यस्ता घिनौना मानसिकता भएका हरू /
    ए सत्तुर कहाँ खोजने ? आफ्नो दिमाग भित्र खोजि लिनु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme