Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजीनामाको झण्डै एक महिनापछि काठमाडौँ पोस्टले पायो नयाँ सम्पादक

Posted on August 8, 2018 by Salokya


भारतीय व्यवस्थापक आउने भएपछि कान्तिपुर मिडिया ग्रुपका दुई दैनिक कान्तिपुर र काठमाडौँ पोस्टका सम्पादकहरुले राजीनामा दिए। कान्तिपुरमा केही दिनपछि नै नयाँ सम्पादकका रुपमा पुराना सम्पादक नारायण वाग्लेले जिम्मेवारी सम्हाले। तर अङ्ग्रेजी दैनिक काठमाडौँ पोस्टले त्यति छिट्टै सम्पादक पाएन। जुलाई १० को राजीनामा घोषणा थियो। झण्डै एक महिनापछि अर्थात् अगस्त ८ मा बल्ल नयाँ सम्पादकको घोषणा भयो। काठमाडौँ पोस्टमा सम्पादकीय नेतृत्व अब अनुप काफ्लेले गर्ने भएका छन्। काफ्लेले अन्तर्राष्ट्रिय पत्रकारिताको अनुभव बटुलेका छन्।

काफ्ले १५ वर्षको अमेरिका बसाइपछि नेपाल फर्किएका हुन्। पोखरामा जन्मिएका काफ्लेको पत्रकारिता यात्राको सुरुवात भने काठमाडौँबाटै भएको हो। द हिमालयन टाइम्समा इन्टर्नका रुपमा उनले पत्रकारिता थालेका थिए। त्यसपछि न्युजविक र फोर्ब्समा पनि उनले इन्टर्न गरे।

सन् २००९ देखि उनले वासिङटन पोस्टमा अनलाइन प्रोड्युसरको काम थाले। त्यसपछि चार वर्ष डिजिटल फरेन एडिटरको काम गरे। सन् २०१५ देखि उनले बजफिडमा डेपुटी फरेन एडिटरको काम गरे। पछिल्लो छ महिनादेखि भने उनी रोड्स एन्ड किङ्गदम्सका एक्जेक्युटिभ एडिटर थिए।

कान्तिपुर मिडिया ग्रुपमा उनलाई काठमाडौँ पोस्टका प्रधान सम्पादकसँगै डिजिटल ट्रान्सफरमेसनको हेडको जिम्मेवारी पनि पाएका छन्। यसले कान्तिपुरका सबै प्रकाशनसँगै टिभी र एफएमलाई समेत डिजिटाइज गर्ने म्यान्डेट पाएको छ। ३४ वर्षका काफ्ले नेपालको मिडियालाई नेतृत्व गर्ने कान्छा सम्पादकमा पर्छन्।

यो पनि-
कान्तिपुरमा १० वर्षपछि सम्पादकीय ‘सत्ता परिवर्तन’ हुँदा राजनीतिको गन्ध

1 thought on “राजीनामाको झण्डै एक महिनापछि काठमाडौँ पोस्टले पायो नयाँ सम्पादक”

  1. Shankar says:
    August 8, 2018 at 9:38 am

    देश को रास्ट्रिय पत्रिका मा बिदेसी ब्यबस्थापक निकै खतरनाक कुरा हो | एसले एस्तो विभेदकारी ,सामाजिक सदभाब खल्बल्याउने , नेपालि चाड बाद को उपहास गर्ने समाचार दिने , मुख पृष्ट मा प्रियनका चोपडा र दिपिका पादुकोंन को तस्बिर दिने , देश का दलाल लाइ हिरो बनाउने , देश भक्त सक्तिलाई जिरो बनाउने काम गर्दछ |
    यो धेरै खतराको कुरा परेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme