Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहो कस्तो बन्यो समाज : राजधानीमै बालकको अपहरणपछि हत्या अनि प्रहरीको ‘इन्काउन्टर’

Posted on August 7, 2018 by Salokya


सोमबार भएको एउटा घटनाले हाम्रो समाज कस्तो बन्दैछ भन्ने एउटा डरलाग्दो चित्र प्रस्तुत गरेको छ। अपहरण-हत्या-प्रहरीको इन्काउन्टर : यो त्रिकोणमा तीन जनाको ज्यान मात्र गएन, थुप्रै प्रश्नहरु पनि जन्माएको छ। अपहरण गरी हत्या गरिएका बालकको उमेर ११ वर्षको मात्र रहेछ। अनि उसको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले इन्काउन्टर गरेका दुई जनामध्ये एकजनाको उमेर थियो २२ वर्ष र अर्कोको २३ वर्ष। सबै भर्खरका। कसरी यिनीहरु यति क्रुर अपराधी बन्न पुगे? कस्तो समाजमा बाँचिरहेका छौँ हामी?

पीडित र पीडक दुवैको सामाजिक अवस्था हेर्दा पनि अचम्म बनाउने खालको छ।

निशान खड्का, जसको अपहरण र हत्या भयो- यिनकी आमा चमेली काठमाडौँको काँडाघारीमा सामान्य चियापसल चलाएर बस्थिन्। बाबु गणेश खड्का रोजगारीका लागि मलेसिया पुगेका थिए।

तर बालकको अपहरण गरी फिरौती मागिएछ एक करोड। बार्गेनिङ हुँदै गर्दा ४० लाखमा अन्तिम माग राखिएछ।

फिरौतीको कुरा सुन्दा सुरुमै यो अलि अमिल्दो लाग्न सक्छ। ४० लाख भनेको ख्याल गर्ने कुरा हो? मलेसियामा कति वर्ष काम गर्नुपर्छ यति कमाउन? चियापसलबाट आएको नाफाले कति वर्ष लाग्छ यति कमाउन?

१. नाम : गोपाल तामाङ
उमेर :२२ वर्ष
ठेगाना: जिल्ला नुवाकोट सामरी

२. नाम: अजय तामाङ
उमेर: २३ वर्ष
ठेगाना: जिल्ला सिन्धुपाल्चोक कर्थली–१

मारिने दुई जना यिनै थिए। दुवै पेशागत अपराधी नभएर रङ लगाउने काम गर्दा रहेछन्। यीमध्ये एक गोपालको बालकका आमासँग पहिले नै चिनजान रहेको देखिएको प्रहरी अनुसन्धानले देखाएको भनिएको छ।

के अपहरण र हत्याको उद्देश्य पैसा असुल्नु नै थियो। पैसा असुल्ने नै नियत भएको भए सामान्य परिवारका बालकलाई किन अपहरण गरियो? कि अरु नै केही नियत पनि लुकेको छ यो घटना पछाडि?

त्यस्तै अर्को प्रश्न आउँछ- हत्या किन गरियो? यदि पैसा असुल्ने मात्र नियत भएको भए पैसा नै नआउने गरी हत्या किन? हत्या पनि सामान्य रुपमा हैन क्रुर ढंगले।

भक्तपुरको थिमि नगरपालिका वडा नम्बर ९ स्थित श्याम लवटको बन्दै गरेको घरको पिलरमा गाडेको अवस्थामा शव फेला पार्‍यो प्रहरीले। हातखुट्टा बाँधेको र मुखमा कपडा कोचिएको अवस्थामा। के बच्चा चिच्यायो र अरुले थाहा पाउँछ भनेर मात्रै यसरी विभत्स ढंगले हत्या गरियो होला त?

यी विभिन्न प्रश्नको जवाफ अब प्रहरीको अनुसन्धानले मात्रै दिनेछ किनभने अभियुक्तहरु त मरिसके। साँचो कुरा उनीहरुले मात्र बताउन सक्थे।

‘इन्काउन्टर’को प्रश्न
राजधानीबाटै बच्चा अपहरण हुँदा प्रहरीले पत्ता लगाउन सकेन। पत्ता लगाउँदासम्म बच्चाको हत्या गरेर गाडेर भाग्न भ्याइसकेका थिए अपराधीहरु। के यसैको फ्रस्टेसन निकाल्न इन्काउन्टर गरेका हुन् त प्रहरीले?

यसो हेर्दा लाग्छ- बच्चालाई विभत्स ढंगले मार्ने, साला ठीकै गर्‍यो इन्काउन्टर गरेर। हो जस्तो पनि लाग्छ।

तर यदि यसै हो भने त अदालत भन्ने चिजलाई पनि विघटन गरिदिए हुन्छ। किन चाहियो बेकारको यो लफडा। अनेक थरि कानुन पनि बनाउनु परेन। ज्यानको बदलामा ज्यान। यति भए पुग्यो।

प्रहरीको विज्ञप्ति हेर्ने हो प्रहरीले पनि भावनामा बगेर इन्काउन्टर गरिदिएको जस्तो देखिन्छ। अपराध महाशाखाको विज्ञप्तिको अंश यस्तो छ-

अपराधिक व्यक्तिहरु भक्तपुर जिल्लाको पाइलट बाबा जंगलतर्फ भागेको सुचना प्राप्त भई खटिएको टोली निजहरुको खोजतलास गर्न पाइलट बाबा जंगलतर्फ जाने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. ८ पाईलट बाबाको आश्रम जाने जंगलमा पुग्दा अपरिचित अपराधिक व्यक्तिहरुको समूहले हतियार निकाली खटिएको टोलीलाई लक्षित गरी गोली प्रहार गर्न लागेको अवस्थामा मुडभेड हुँदा सर्चको लागि खटिएको प्रहरी टोलीले आफ्नो आत्मरक्षाको लागि गोली प्रहार गर्दा उक्त अपराधिक समुहमा रहेका २ जना व्यक्तिलाई लाग्न गई निजहरुको घटनास्थलमा नै मृत्यु भएको । घटनास्थलमा पेस्तोल थान–१ र सो गाली २ राउण्ड फेला परेको ।

यी दुई अभियुक्तहरुले गोली चलाएका रहेनछन्, विज्ञप्तिका अनुसार ‘गोली प्रहार गर्न लागेको अवस्था’मात्र रहेछ। पेस्तोल एउटा मात्र बरामद भएको लेखिएकोले एक जनाको हातमा मात्र पेस्तोल भएको बुझिन्छ। अर्थात् प्रहरीले आत्मरक्षाकै लागि गोली चलाएको भए पनि पेस्तोल भएकोलाई मात्र गोली हानेर ढाल्न सक्थ्यो। पेस्तोल नभएकोलाई जिउँदै पक्रन सक्थ्यो। मर्ने गरेर गोली नहानी घाइते मात्र पार्न पनि सकिन्थ्यो।

अहिलेलाई ठीकै छ इन्काउन्टर गरेर राम्रै गर्‍यो भन्दै प्रहरीलाई यस्तो गैरकानुनी कामका लागि बढावा दिँदै जाने हो भने पछि सबै कुरामा यस्तै इन्काउन्टर हुने दिन आउन सक्छ। छिमेकी भारतकै केसहरुलाई उदाहरण हेर्ने हो भने पनि पछि रिसइबीमा आफै अपराधी घोषित गर्दै इन्काउन्टर गरिदिने शैली भित्रिन सक्छ। जुन पछि घातक हुन जानेछ।

12 thoughts on “अहो कस्तो बन्यो समाज : राजधानीमै बालकको अपहरणपछि हत्या अनि प्रहरीको ‘इन्काउन्टर’”

  1. raw says:
    August 8, 2018 at 11:00 pm

    यी मर्ने भाइ हरुलाई सलुते छ / यिनी हरुले एउटा ज्ञान दिएर गए येसरी अपराध गर्यो भने पछि हाम्रो जस्तो हालत हुन्छ भनेर / बाद बिबाद भनेको हुदै गर्छ तर अपराध कम हुन्छ भने यो पनि सही होला /

    Reply
  2. Dinesh says:
    August 8, 2018 at 2:08 pm

    अहिले आएर बुझदा यो फेक इनकाउण्टर देखियो| कल्लाई थाहा वास्तविक हत्यारा र अपराधीहरु अरु नै हुनसक्छन| पैले पक्डेर प्रहरीले कुटेको देख्ने छन, कसरि इन काउण्टर हुन गयो?
    दालमा कालै काला छन| विस्तृत छानविन हुनपर्यो|

    Reply
  3. dor prasad says:
    August 8, 2018 at 1:12 am

    जब सम्म अदालत ले फैसला गर्दैन अपहरणकारीलाई “सन्घिघ” अपहरणकारी मानेर बेभाहर गर्नु पर्छ … उनीहरु लै परमाण सहित अदालत पुराउनु पर्छ … प्रहरी को टहर गल्ति रहेछ र परिबन्ध मा मारियो भने त्यो भन्दा ठुलो मानब अद्धिकर हनन केहि हुन् सक्दैन … सजाय दिने काम पुलिस को हैन !

    Reply
  4. Narendra says:
    August 7, 2018 at 9:01 pm

    सही शमिक्षण| यहा कतै न कतै प्रहरी बाट ठुलो गल्ति भएको छ| मैले नबुझेको अपहरणकारी तिनै दुइजना हुन् भन्ने आधार के हो?

    Reply
  5. Amrit says:
    August 7, 2018 at 6:58 pm

    Saro ramro lekhnu bho. Thank you for sensitising us towards unnecessary encounter. Really appreciate you.

    Reply
  6. Sharad says:
    August 7, 2018 at 12:11 pm

    “Eye for an Eye…”
    Rapist, Kidnapper, Murderer have no place to live in this earth.
    They must be Encountered asap!
    Bravo Nepal Police..
    We encourage you to do same for the corrupted politicians also.

    Reply
  7. Rabin says:
    August 7, 2018 at 12:08 pm

    रिसइबीमा आफै अपराधी घोषित गर्दै इन्काउन्टर गरिदिने शैली भित्रिन सक्छ होइन भै नै सकेको छ नि त्यस्तो घटना /

    Reply
  8. गगन says:
    August 7, 2018 at 10:44 am

    अत्यन्त दुखद| समाजमा विकृति बढ्दो छ| हाम्रा अगुवा र नेताहरुले कसरि डोराउने हो त्यसमा भर पर्छ| अहिले सम्म कुनै सकारात्मक लक्षण देखिएको छैन|
    मुख्य कुरो, भ्रष्टचारमा देखी देखी कमाई गरेकालाई समाजमा प्रतिष्ठा छ, मान्यता छ|
    सरकारी जागिर खाएर भ्रष्टचार गरी बेइमानीमा समाजमा रम्ने र मान्यता दिने कारणले अझ विकृति पैदा गराएको हो|
    खालि धन कमाउने मात्र होइन, एउटालाई फेभर गरेर, जागिर र छात्रवृत्ति नाजायज रुपमा दिलाएर समेत समाजमा स्थान बनाउनेहरु धेरै छन्|
    जसजसले भ्रष्ट्चारको धनमा पालिएका छन्, अहिलेको पुस्ता, उनीहरुले र उनीहरुको बिरोध गर्नपर्यो|
    अर्काको पालो काटेर, भ्रष्टचारको आमा बाबु र नाताको कमाईमा अमेरिका, अष्ट्रेलिया र युरोप जान्छन र उनीहरुकै नेपालमा भ्रष्टचार भयो भनेर चर्को आवाज|
    हाम्रा कति जना छन् हेरम त भ्रष्टचारको कमाईमा र प्रभावमा नपरेका?
    रातारात अरु धनी भएको देखेका र त्यही धनी हुने लोभले समाजमा यस्ता विकृतिहरु निम्त्याएका छन्|

    Reply
  9. madan man bajracharya says:
    August 7, 2018 at 9:14 am

    ईङ्काउन्तर गर्दैमा अपराध घत्त्दैन/ इन्कौन्तर तेस्तोलाई गर्नु पर्छ जो उसलाई समाई सके पछि मात्रै होईन न्यायालयले अपराधि ठहर गरेर जेल पथाईसके पछि पनि नेताहरुले छोड्न सक्छन/
    आम नागरिकहरु मेरो बिचारले ३ कारणले अपराधि बन्छन; ०१. बाध्यता, दुई डर, ३ अपराधिक मानसिकता/
    बाध्यता: मुलत सामाजिक मानिस असामाजिक बन्नुको कारण पनि समाज नै हुन्छ/ जुन समाज र कानुनले अवसर दिन सक्दैन, पूर्वाग्रही हुन्छ भेदभाब गर्ने हुन्छ र बिकल्प नदियर कुनै कुराको निषेध गर्छ, र आफ्नालाई जे गरे पनि माफ अरुलाई न्याय पाउनै नसक्ने बनाउँछ तेस्तो समाज र कानुनले असल मानिसलाई पनि अपराधि बन्न बाध्य गर्छ/ घरमा बालक तिर्खाले छत्पताउन्दै गरेको बेला नजिकको कुवा बात पानि लिन खोज्दा अछुत भनेर इनार छुन नदिय भन्नुस के नगर्ने; के गर्ने? रोजगारी दिन सक्ने, रकम नभय निशुल्क उपचार पाउने ब्यबस्था पनि नगर्ने सरकारले मागेर बाच्न खोजे जेल पनि हाल्ने र हजारौं जरिवाना पनि तिराउने भय पछि अब के नगर्ने? फकाई फुल्याई बा झुक्याई रन्डी बजार पुर्यायको चेलीलाई घर कसै गरे फर्के परिवार र समाजले नस्विकार्ने, सरकारले जिम्मावारी नलिने अब तेस्तोले के नगर्ने?
    डर: पहुँच भयकोलाई केहि कुराको डर छैन/ उसको आफ्नोको सरकार बने पछि कोर्टले सजाय गरे पनि छुताईहाल्छ/ त् उ बात पिडितले आफुलाई पिडा दिने सजाय पनि भोग्नु नपर्ने भय पछि के नगर्ने? तेस्ता कानुन सिट पनि डराउनु नपर्नेहरुको कारण केहि होईन धेरै स्वास लिन पनि डराउनु पर्ने भयको छ/ यस्तो अबस्थामा हतियार उठाउन नसक्ने मात्रै अनसन बस्छ/

    अपराधिक मानशिक अवस्था: जन्मँदै कसैको मानाशिकता अपराधिक हुँदैन/ अपराधिक मानाशिकता हावी हुनुको कारण कुनै पनि कारण बस व्यक्ति आफैलाई नियन्त्रण गर्न नसक्ने अबस्थामा पुग्नु नै हो/ तेस्को निदान सजाय होईन उपचारनै हो/ उपचार को अर्थ औषधि पनि हुन्ते सक्छ तेस्तो अबस्थामा पुर्याउने परिस्थितिको समाधान पनि हुन्स्तो सक्छ/

    माथि उल्लेख गरेको कुराहरु सामान्य कारणहरु मात्रै हुन्/ नेपालमा ती सामान्य कारणहरु बाहेक यौटा अत्यन्त असामान्य कारणले अपराध बढेको हो जस्तो मलाई लाग्छ/ त्यो असामान्य कारण अपराध नियन्त्रण गर्ने निकायलाई अपाराध गरेकोमा कार्यवाही गर्नु अघि अपराध गर्नेको पहुँच कति सम्म छ भनेर सोच्न बाध्य गरिनु/ पार्टीले अपराध गरे कानुन लाग्दैन/ गिरिजाले कुशासन चलायो भनिन्छ/ तर गिरिजा जस्तो कुशासक सरकार बन्दा त् उसलाई अख्तियारले पटक पटक समयको थियो/ तर अहिले लोकतान्त्रिक सरकार चलायको भन्नेको पालामा कस्तो छ? उदाहरण खोज्छ भने जवाफ दिउन अख्तियारले किन उसले सिविर काण्डको फाईल पनि पल्टाउने आँट गर्न सकेन? आफ्नो निर्दोष छोराको हत्या भयको न्याय खोज्न गङ्गा अधिकारि र उसको श्रीमान अनसन बस्नु को सट्टा अरु केहि गरेको भय उसको छोराको हत्या गरेको “अपराध” होईन भनेकोले “गङ्गा दम्पति घोर अपराधि” हुन् भन्दैनथ्यो/ यस्तो समाज यस्तो कानुन र ब्यबस्था भयको देसमा म त् ईङ्काउन्तर चाहे त्यो प्रहरी बात भयको होस् बा पिडित बात………..

    Reply
  10. Shankar says:
    August 7, 2018 at 8:13 am

    नेपाल सरकार धेरै बाठो भा जस्तो नेपाल को बेस्करी बिकाश गरेजस्तो , नेपाल प्रहरी पनि धेरै चलाक , नेपाल प्रहरीको को छिटो छरितो काम देखाउन इन्काउन्टर गरेको हुन् सक्छ |
    दोसी या निर्दोसी अब कसले हेर्छ |

    Reply
  11. सिजन says:
    August 7, 2018 at 2:19 am

    प्रहरीले जे गर्यो ठिक गर्‍यो ।अझ जिण्डगि भरि नचल्ने गरेर घाइते बनाउनु पर्थ्यो।सब चित्त बुजाएर सकिन्न।

    Reply
  12. kiran joshi says:
    August 7, 2018 at 2:17 am

    सर हातमा बन्दुक हुने पर्दैन प्रहरी लाइ आफु असुरछित छु भन्ने लाग्यो भने गोलि हान्न सक्छ| तपाई को कुरा सुन्दा त अपराधीले बन्दुकले ताकेपछि मात्र इन्कौन्तर गर्नु पर्ने देखियो| संसारमा जहाँ पनि एस्तो इन्काउन्टर हुन्छ सर

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme