Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेताको हिन्दी भाषणमा मिसिएको नेपाली

Posted on August 6, 2018 by Salokya

जतिसुकै हिन्दी फिल्म र सिरियल हेरेर हिन्दी बुझ्छु भने पनि नेपालीले हिन्दी बोल्दा नेपाली पारा आइहाल्छ। भारतमा बस चढ्दा स्टेसन छुटेको थाहा पाएपछि एक जना चिच्याएछन्- रोको, रोको, मुझे झरना है। स्विमिङ पुलबाट बाहिर निस्कन गाह्रो भएपछि लाइफगार्डलाई भनेछन्- भाइसाब मुझे तान दो। पसलमा ओखर देखेपछि सोधेछन्- भैया ये हाडे ओखर है कि दाँते? ट्राफिकले बाटो रोकेपछि भनेछन्- इधरसे भी छिर्न नहीँ दिया, उधरसे भी छिर्न नहीँ दिया, किधरसे छिरुँ?

नेकपाका संयुक्त अध्यक्षमध्येका एक प्रचण्ड आइतबार सडक शिलान्यास कार्यक्रमका लागि कलैया उपमहानगरपालिका,बारा पुगेका थिए। त्यहाँ उनले मलाई हिन्दी भाषा पनि बोल्न आउँछ, तपाईँहरुलाई सजिलो लाग्छ भने म हिन्दी बोल्न सक्छु भन्दै हिन्दीमा भाषण गरे। जस्तै हिन्दी बोल्न सक्छु भने पनि नेपाली पारा आइहाल्छ। एक दुई ठाउँमा उनी पनि फुस्किए। हेर्नुस् रमाइलो भिडियो।

3 thoughts on “नेताको हिन्दी भाषणमा मिसिएको नेपाली”

  1. madan man bajracharya says:
    August 7, 2018 at 10:12 am

    उसलाई (म उ भू पु प्रधानमन्त्रि नै भय पनि सम्मानिय भन्दिन, राम्रै भयको भय जनताको नोकर मात्रै भन्ने थिय)/ उसको सामर्थ, ज्ञान, लिला र रुप परिबर्तनकै कुरा गर्ने हो भने उ ब्रह्मा बिस्नु महेश्वर र लिला माथि लिला रच्ने कृष्ण भन्दा कम होईन बढिने होला/ अब रह्यो उसले अहिले हिन्दि बोलेकोमा/ उसले जत्ति मुर्दावाद सायदै कसैले मुर्दावाद भनेको थियो होला/ मुर्दावाद सब्द जय हिन्दुस्तान भन्नेले बोले हिन्दि सब्द हो जय नेपाल भन्नेले बोले हिन्दि सब्द हो/ नेपालीमा अधिकासं सब्दहरु तेस्तै छन् / ती सब्दहरु हिन्दुस्तानी नियतले बोले ती सब्दहरु हिन्दि हुन्छ नेपालि नियतले बोले नेपाली सब्द हुन्छ/ उसको ४० बुंदे मागहरुमा पनि तेस्तै धेरै सब्दहरु प्रयोग गरियको थियो/ ती सब्दहरु ठिक भय पनि बेठिक भय पनि नेपालीको निमित प्रयोग गरियकोले त्यो ४० बुंदे माग माग बोलेर बा लेखेर प्रयोग गरेको सब्दहरु नेपाली सब्दहरु भयको मान्न करै लाग्छ/ तर त्यो ४० बुंदे मागहरु त् ऊसले दिल्लीमा डाह संस्कार गरेर हिन्दुस्तानिको स्वार्थ अनुरुपको सम्झौता हिन्दीमै गरेर फर्केको उसले अहिले सम्म जे गरे नेपालमा भारतको स्वार्थमा परेको गाँठो फ़ुकाउनकै निमित गरेको स्पस्ट देखिन्छ/ त् उसले जे बोले त्यो हिन्दीमै बोलेको हुँदैन के? अब यो कुरामा उसले भर्खरै गरेको कुराको उदाहरण दिउ:

    भारतको स्वार्थमा ठुलै बाधा पुर्याउन्दै गरेको ओलीको सरकार गिराउने को? भारतको स्वार्थमा ठुलो बाधक बनेको भारतले भने जस्तै मधेशाबादिको माग समेटेर संबिधान संसोधन गर्न नमानेकोमा ओलीले नेपालीको बहुमत पाउने निश्चित भय पछि ओलिम्को यमाले समेत बिलय गराई उ पनि ओलीकै कदको नेता बनेर ओलीले चाहे पनि पहिलाको ओली जस्तै गर्ने बोल्ने बन्न नसक्ने बनाउने को? यो सबै गर्दा कसको चित्त सितल भयको छ उसको; कांग्रेसको बा हिन्दुस्तानको? के ई सबै नेपालको परिस्थिति को माग अनुसारै भय गरेको हो बा नेपालमा ३/४ मत पायको संसद नबने सम्म भारतले चाहे जस्तैको कुनै कुरा नहुने भयकोले हो?

    मेरो व्यक्तिगत बिचारमा यकिकरण नगरे पनि यमालेले अहिलेको भन्दा कम होईन बढिने नेपालीको मत पाउँथ्यो/ र यदि तेसो भयको भय नेपालिकोनिमित अति प्रिय हुँदै गयको यमाले भारतको निमित अझै अप्ठ्यारो बन्न सक्थ्यो/ तर यकिकृत र बिलय भयको यमालेमा अलोकप्रिय “उ” पनि ओली जस्तै शक्तिसाली बनेको मात्रै होईन अब ओलीले चाहे पनि “उसलाई नसोधी नमनाई” केहि गर्ने नसक्ने भयो, तव न भारतले ओलीको विजय स्वीकार्यो/ के यो कुरा योजना अनुसारै भयको जस्तो लाग्दैन? यदि लाग्छ भने मान्नुस उसले जे बोले त्यो हिन्दिनै बोलेको छ/

    Reply
  2. मुकेश यादव says:
    August 6, 2018 at 9:23 pm

    मने हम दलाली भी गर्न जानते हैं / मने हमारे मुख मे जे आयो त्यही मल ओकलते भी हैं किनकी मने हम को लाज सरम भन्ने चीज के है त्यो मालुम नही है

    मने दस हजार से ज्यादा नेपाली लोगों की हत्या करने वाला हम हत्यारा छविलाल अब मने आलिशान बंगला मै बस्ते हैं और मने खसी भात भी खाते हैं दिन का दिन और करोड़ो रुपये मे खेलते भी है /

    Reply
  3. Shankar says:
    August 6, 2018 at 5:31 pm

    क्या बात कर्ता हे ,एसले हिन्दीमा भासन गर्दा , चिप्लिएको भन्दा लेनिन , स्टालिन को नक्कल गरेर जनता झुक्काएको झन् घातक मजाक बनेको छ देश मा |एसके साथि भट्टराइ बताराहे कि इसने हतियार समायोजन मे अरबोका घोटाला किया हे |अबि ये हारामी ओमप्रसाद चोटाला बने फिर्ता हे | भुतनी कहिँ के |
    प्रमाण के तौर पर ये लिंक जरुर देखे |
    https://www.youtube.com/watch?v=OFMJlQLtvJM

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme