Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनुमान लगाउन सक्नुहुन्छ यो के हो ?

Posted on August 4, 2018August 4, 2018 by Salokya

नेपालगन्ज विमानस्थल परिसरमा अघिल्लो महिना मोबाइलले खिचेको फोटो हो यो। के तपाईँ अनुमान लगाउन सक्नुहुन्छ यो के हो?

पहिला अनुमान लगाउनुस्। अनि मिल्यो कि मिलेन हेर्न भित्र क्लिक गर्नुस्। 

अझै अनुमान लगाउन सक्नुभएन भने थप एउटा फोटो-

दुई जना मान्छे देख्न सक्नुहुन्छ तपाईँ यहाँ। एक जना टोपी लगाएको मान्छे भित्र छ। अनि बाहिर ब्याग बोकेको एक जना मान्छे पालो कुर्दैछन्।

तपाईँले लगभग अनुमान लगाइसक्नुभयो होला। नभए यो अर्को फोटो हेरेपछि थाहा पाइहाल्नुहुन्छ-

यो फोटोमा त स्पष्ट रुपमा लेखिएकै छ- महिला शौचालय। अनि अंग्रेजीमा फिमेल ट्वाइलेट। मुन्तिर अस्थायी पनि लेखिएको छ।

धन्न महिला शौचालयमा जस्ताले बारिएको छ, पुरुषमा त बोरामात्रै। बारेको मात्रै हो, भित्र फेरि केही छैन। मैदानमै हो सबकुरा।

कसरी थाहा पाइस् भन्नुहोला। म पनि गएको थिएँ नि त पिसाब च्यापेपछि। नगई सुख?

नेपालगन्ज एयरपोर्ट बाहिरबाट हेर्दा भव्य देखिन्छ।

समुद्री सतहबाट ५१८ फिट उचाइमा रहेको यो विमानस्थलको केही भाग अहिले मर्मत भइरहेको छ। तर त्यसो भन्दैमा अस्थायी शौचालयको नाममा यस्तो बिजोग चैँ अति लाग्यो मलाई। अस्थायी शौचालय पनि अलि व्यवस्थित त बनाउन सकिन्छ नै। यात्रुहरुले एयरपोर्ट ट्याक्स तिरेको बोरा बारिएको शौचालयमा पिसाब फेर्नलाई त पक्कै हैन होला, कि कसो?

विशिष्टहरुले भने यस्तो पनि छ भनेर थाहै पाउँदैनन्। किनकि उनीहरु आउने र जाने काम भिआइपी कक्षबाट हुन्छ र त्यहाँ अलग्गै ट्वाइलेटको व्यवस्था छ। यस्तो छ भिआइपी कक्ष-

10 thoughts on “अनुमान लगाउन सक्नुहुन्छ यो के हो ?”

  1. मुकेश यादव says:
    August 9, 2018 at 8:08 am

    जोर जोर से सुतले हमारे पिया
    खुट्टा उठा के मुत ले हमारे पिया
    तार बिजली से पतले हमारे पिया
    ओरे सासु बता तु ने ये क्या किया

    Reply
  2. madan man bajracharya says:
    August 7, 2018 at 12:53 pm

    बिरज्यु/ हौसला दिनु भयकोमा धन्यबाद / मित्र निगममा ३० बर्स काम गरे/ जे देखे गलतै मात्र देखे गलत गराउन खोज्नेहरुनै शक्तिशाली र अधिक देखे/ म तिनीहरु भन्दा अलग्ग देखिन चाहे अलग्ग गर्न चाहे/ मलाई महेन्द्रको “न बिराउनु न डराउनु” भन्ने उक्तिमा संधै बिस्वास रह्यो/
    नेपालगंज निगमको अत्यन्त राम्रो डोमेस्टिक स्टेसन मात्रै होईन नेपाल गाँज्ने पश्चिम नेपालको दुर्गम जीला आवात जावत गर्नेको यक मात्र आधार थियो/ तेस्तो स्टेसन घुस्याहाको अखडा बनेकोले निगमलाई त्मा मात्र घाटा भयो तर आम नागरिकहरु माथि त् घात नै भयको थियो/ मलाई नेपाल गंज को सरुवा निगमको कार्यकारिणी अध्यछ्य रामाज्ञा चतुर्वेदिकै सब्दमा भ्र्स्ताचार्को बिरोधि भयकोले सबै भन्दा भ्रस्टाचार हुने स्टेसनमा सरुवा भने बाटै स्पस्ट हुन्छ/

    अब म यसियाकै बिकसित बिमान सेवा उहिलेनै बनि सक्ने नेपाल बायु सेवा किन ….भयो भन्ने कुरा प्रमाण सहित भन्छु/ निगम भित्र र निगम बाहिर पनि निगममा भ्रस्टाचार गर्नेहरु थिय भन्ने र तिनीहरु कुन तह सम्मको थिय भन्ने कुरा गिरिजापनि अखितियार धाउनु परे बाटै स्पस्ट हुन्छ/ तर तिनीहरुकै कारणले मात्रै निगम बिकसित नभयको होईन/ त्यहा सबै भन्दा ठुलो निगमको भाडा र आमदानिमा हुन्थ्यो तर अहिले पनि अमेरिका बात इन्डियाको दिल्ली कलकता आउँ जान भन्दा अमेरिका बात काठमांडू जाने आउने भदा महँगो बनायाकोले निगम भित्र गलत भाडा निर्धारण गरायर निगम कमजोर बनाउने शक्ति बनाउने अहिले पनि हावी रहेको अनुभूति हुन्छ/ म निगममा रहंदा “तारिफ समिति” को पनि सदस्य भयकोले यो कुरा मैले निगममा पहिला देखिने हुँदै आयको बुझेको थिय/

    अब यो कुरा बुझाउन सानो विवरण दिन्छु/ निगमले मात्रै होईन बाह्य उडान को भाडा कुनै पनि विमानसेवा आफै यक्लैले निर्धारण गर्न पाउंदैन/ उडान गर्ने लैंड हुने दुई देसको रास्ट्रिय धोजा बाहकहरु ले iata ले निर्धारण गरे प्रक्रिया पुर्यायारै मात्र निर्धारण गर्न सक्छन/ अहिले अमेरिका बात दिल्ली कलकता आउने जाने भन्दा अमेरिका बात काठमांडू आउने जाने भदा महँगो हुनु, अनि दिल्ली बात काठमान्डू आउने जाने निजि भारतीय कम्पनीहरुले मनपरी भाडा राखेको देखेर उहिले पनि निगमले आफ्नो भदा निर्धारण गर्ने ब्यबस्थापनमा सुधार गर्न सकेको देखिंदैन/

    निगम भित्र निगमले कमायको रकम बात भाडा सम्भंदित गलत सम्झौता गरेर बर्सेनि अत्यन्त ठुलो रकम घाटा हुँदै गरेको थियो/ तेस्तो अनेकौं उदाहरणमा म अहिले मात्र २ उदाहरण दिन्छु/

    ०१. निगमको बाह्य उडान दिल्ली कलकता र पटना बात सुरु भयको थियो/ यस्क्को अर्थ यो पनि हुन्छ कि कुनै पनि बिदेसी पर्यटक इन्डिया नपुगी काठमांडू आउने सक्दैनथ्यो/ जति इन्डिया पुगेको बिदेसी पर्यटक नेपाल जान्छ इन्डियालाई घाटा हुन्छ/ अब त्यो घाटा उसले नेपालको इन्डिया भक्तहरु मार्फत नेपाल बायु सेवा लाई भदा सम्भंदित कस्तो गलत सम्झौता गरायर आफ्नो घाटा नेपाल बायु सेवा को आम्दानि बात असुलेको थियो दसकौं सम्म म त्यो भन्छु/

    नेपाल बायु सेवा निगमले दिल्ली उडान सुरु गरेको लगतै दिल्ली तेस्रो मुलुक बात काठमांडू आउने जाने यात्रु बापत निगमले प्रत्यक यात्रु बात १४२ डलर भाडा पायको अभिलेख राख्ने र त्यो अभिलेख अनुसार नेपाल बायु सेवाले इन्डियन यर्लाइन्स्ले भन्दा बढी आमदानी गरेको देखिय बढी भयको आधा आमदानीको रकम इन्डियन यरलाइन्स्लाई दसकौं देखि बुझाउदै आयको थियो/ जवकी तेस्रो मुलुक भारत हुँदै आयको यात्रु बात निगमले यात्रुलाई उदयको माइलेजको आधारमा हिसाव गरेर मात्र २० देखि ४० डलर मात्रै पाउने रहेछ/ यो कुरा सिट सम्भंदित साखाको कर्मचारीहरुलाई हरायक बर्ष भारतीय बिमान सेवाले नै ट्रेनिंग दिन्थ्यो/ म पनि त्यो साखामा सरुवा भयो/ मैले यो कुरा उठाय/ तर कसैले सुनेनन्/ पछि श्री गोपाल प्रसाद राजवाहकज्यु अर्थ निर्देशक पदमा नियुक्त भयर आउनु भयो र उहाले मेरो कुरा सुन्नु भयो र भारतीय बिमान सेवालाई तेसरी नभयको आम्दानि देखायर रकम तक्राउने सम्झौता रद्द गर्नु भयो/

    ०२.मित्र जसरि जापानको एजेन्ट लाई दिनै नपर्ने करोडौंको बोनस दिन नमानेकोमा दण्ड सरुवा पायको थिय/ ठिक तेसरिनै निगमलाई करोडौंको घाटा हुने गरि कोरियन बिमान सेवा सिट आफ्नो अधिकार भन्दा बाहिर गयर तृती पूर्ण सम्झौता गर्नेलाई स्पस्ती कारण सोधेकोमा तत्कालिन महाप्रवन्धक मोहन खनालले मलाई फेरी पनि नेपाल गंज फर्काउन खोजेको थियो/ किन भने त्यो गलत सम्झौता गर्ने उहाको साला थियो/ यो केस पनि जापानको केस जस्तै अख्तियारले छानबिन गरेको थियो/ ई घटनाहरु पछि मैले निगम छोडे/

    मेरो ३० बर्से मेरो नोकरीले मलाई उधारोमा खान नपर्ने बनायो/म त् यतिकैमा अत्यन्त सन्तुस्ट रहे तर मेरै पदमा रहेका करोड पति भयको देख्नेले मलाई आफ्नैले पनि मुर्ख्नै मान्छन/ माथि उल्लेख गरेको घटनाहरु त् अत्यन्त झिनो मसिनो कुराहरु हुन्/निगमलाई ठुलो ठुलो घाटामा पुर्याउने अरु पनि असंख्य तेस्तै घटनाहरु म माथि घटेको छ/ मैले कुरा उथायको कारणले पटक पटक मेरै हाकिमहरु लगायत धेरै जेल जानु पर्यो/ कोहि त् अदालत बात सफाई पायर फेरी मेरै हाकिम बन्यो/ कसरि झेले होला अनुमान गर्नुस/

    Reply
  3. dor prasad says:
    August 7, 2018 at 1:14 am

    हामी लै पानि जहाज केहि चाहिएन … रोड को खाल्टा भरे हुन्छ
    बुलेट ट्रेन पनि चाहिएन … चर्पी बनाए हुन्छ
    सपना देख्न छोडे को उहिलेहो
    बिपना मा जनता लै थोरै सुभिधा हुने काम गरे हुन्छा !

    Reply
  4. बीर तेमाले योञ्जन says:
    August 5, 2018 at 9:58 am

    मदनज्यु, तपाईलाई सलाम र साधुवाद| जागिर छाडेपछि, छाडन वाध्य भएपछी र अवकाश लिए वा दिए पछि थोरैले मात्र मुख खोल्छन, बोल्दैनन कुराको गुथि खोलेर| झन मेडिया र संजालमा आउदैनन| इ यस्ता भ्रस्ट र फटाहाको के कुरा गर्नु भन्दै त्यसै छाडिदिञ्छन|

    त्यो बेलाको शा ने वा नि लाई मैले पनि एउटा पेसेन्जर र नेपालीको रुपमा नजिकैबाट देखेको र अनुभूत गरेको छु| ठाउँ होस् नहोस, मन्त्रीले चित लेखेको र फोन गरेकै भरमा जागिर खानेहरु पनि छन्| योग्यताको कुरा परै जावस| पहिले अस्थायी अनि त्यही मन्त्रि, दरवारका आसेपासे र श्रोत कै जोडमा तेस्पछि अस्थायी बाट स्थायी र च्यानल मिलाएर जागिरे हुन्छन|

    निगम भनेको ८०% अयोग्य, अदक्ष र चाकडॆवालहरुको थलो बनेको थियो| २०% काम गरु भन्नेलाई पनि निराश र प्रभावित पारेको थियो| प्लेन खालि उड्थ्यो नोक्सान पारेर, सीडीओ, नेपाली सेना, ट्राभल एजेन्ट र दरवार आसेपासे ख्वासे हरुको जगेडालाई प्राथमिकता दिंदा|

    अहिले पनि समय अनुसार निगममा परिवर्तन भएको छैन| रुट बढाउन भन्दा पहिले लाभदायक रुटमा राम्ररी चलाएर हेरेको भए उचित हुनेथियो| थाई एयरलायन्सको काठमान्डू बैंकक मनोपली तोड्नै पर्छ| जेट र एयर इण्डिया भन्दा दिल्ली उडानमा निगम माथि हुनपर्ने तर तल परेको छ| दुबई र दोहामा त्यस्तै छ|
    किन निगम शुद्ध व्यवसायिक ढंगमा चल्न सक्दैन?
    तपाइले उठाउन भएको जापानमा बस्ने कमिसनवालाको सम्बन्ध अहिले पनि सान्दर्भिक छ कसरि राज्य सत्तामा भएका नेताहरुले आफुलाई र परिवार नातालाई फायदा दिन जालो बुन्दो रहेछ आफ्नो मान्छे पहिले ठाउँमा राखेर| अहिले जापानमा को छ राजदुत? चुनाव कांग्रेसले जितेको भए त्यही कहानी दोहोरिन्थ्यो र अर्को धमिजा खडा हुन्थ्यो|

    निगमलाई राष्ट्रिय ध्वजाबाहक भनिन्छ तर वास्तवमा यो राष्ट्रिय शर्म वाहक भएको छ| राज्य सत्तामा बसेकाहरुले यसलाई गतिलाई आय र फेभर गर्ने श्रोतको रुपमा प्रयोग गर्दै आएका छन्| किन हो मेडियामा पनि सोध खोज गरेर समिक्षा समाचार आउदैन| आआफ्ना पार्टी लाई नाप्छन, बोल्छन| बिडम्बना त्यो पनि हो, दुर्भाग्य भनौ वा चेतनाको कमी वा परम स्वार्थी र घातक| यहाँले उल्लेख गर्न भएको अब करोड पति होइन खर्ब पति ध्यान गइरहेको होला|
    आन्तरिक राजस्वका महा भ्रष्टमा आरोपित खर्ब हसुरेका चुडामणि शर्मा कसरि थोरै बेलमा छुटेर जाल बुनिरहेका छन्| यस्ता खर्बपति (केपी) हरु अरु पनि होलान राज्यलाई दुब्लाएर मोटाएका|
    आफुलाई लागेका कुराहरु जोडतोडले खोल्दै गर्नुहोला निगम कुनै दिन सुधरिएला आशा गरौ|
    एकातिर आशावादी हुन बाहेक अरु विकल्प छैन जसका लागि हामी सबैले सचेत र सतर्कता बारे लेख्दै गर्नपर्छ तर अन्तराष्ट्रिय एयरपोर्टको बाथरुम समेत चाहिदो रुपमा सफा
    राख्न निरन्तरता दिन नसक्ने हामी नेपालीको व्यवस्थापन छवि दिनहु धमिल्याएको प्रष्टै छ|

    Reply
  5. madan man bajracharya says:
    August 5, 2018 at 12:58 am

    म नेवानिको सेवामा रहेको बेला (सन् २००२ तिर)मात्रै नेपालगन्जको बिमान स्थल नेवानिको सेवाको संदर्वमा युता अत्यन्त भ्रस्ट र अस्त बेस्ट स्टेसनको रुपमा लीन्थ्यो/ त्यहा केन्द्र बात पैसा कमाउन बा नेताहरु सिट सम्पर्क बढाउन चाहने मात्रै जान चाहन्थ्यो/ नेपालगंज को बिमान स्थल व्यापारिक र जान सेवाको दृस्टी कोण बात हेर्ने हो भने अत्यन्त राम्रो स्टेसन हो/ तर भ्रस्ट कर्मचारी र भर्स्त कर्मचारीको नगदी फ़ाईदाहुने सलामी बात खुसि हुने नेताले बिगारेको स्टेसन हो/ त्यो स्टेसन अझै न सुध्रियको सुनेर दुख लाग्यो/

    गलत तरिकाले निगम दुवायर कमाउन खोज्ने र भविस्यमा विदेश सरुवा हुन् बा बढुवा हुन् खोज्ने मात्रै जान चाहने त्यो स्टेसनमा म पनि सरुवा भयो/ तर मेरो सरुवा तेती बेला पर्यटन मन्त्रि भयको विजय गच्छदार र निकमको पछि भ्रस्ट ठहरियको कार्यकारिणी महानिर्देशक रामाज्ञा चतुर्वेदीको लगायत निगमको बोर्ड र निगमको सम्भंदित निर्देशकहरु बात जापानको देउपाको श्रीमती आरजुको नाता पर्ने पंकज रानाको एजेन्टलाई नियम र सम्झौता अनुसार दिनै नपर्ने करोडौको बोनस दिने लिखित आदेश पनि मैले नियम र कानुन बिपरित भयको दिन सकिंदैन भनेकोले हो/

    मैले त्यो रामाज्ञा चतुर्वेदीलाई मलाई किन नेपालगंज जस्तो स्टेसनमा सरुवा गरेको भनेर सोद्ध्दा उसले भनेथ्यो “तपाईं भ्रस्टाचार बिरोधि नेपालगंज भ्रस्ट स्टेसन, तेसैले” /

    अब म नेपालगन्जमा पुगे पछि त्याहा तेतिबेला के कस्तो भ्रस्टाचार हुन्थ्यो भन्छु/
    ०१. नेपालगन्जको स्टेसन बात लाईनमा बसेको आम नागरिकलाई टिकट उपलब्ध नगराई नेता र दलालहरुको स्फारिस हुनेलाई मात्रै टिकट दिन्थ्यो/ मैले तेस्तो मेरो पालोमा हुन् नदिन जे सकिन्छ गरे/ सम्झाउन सक्नेलाई सम्झाय सम्झायर नहुने कर्मचारीलाई नेपालगंज बिमान स्थल उसको बाउको पेवा बनाउंदै आयको कर्मचारीलाई निगमको पुरानो थोत्रो सामानहरु फ्याकिने कोठामा सरुवा पनि गरे/ अनि नमस्ते हजुर यस्तो लाइनमा बसेको नागरिकको हक मिचेर हजुरको सिफारिसमा टिकट दिन सकिंदैन भनेकोमा रिसाउने र गालि गर्नेहरुले नेपालगन्जको पत्रिकामा मलाई नेपालगन्जमा राख्नु नहुने समाचार छाप्न लगायको थियो/

    गलत तरिकाले बिगतमा टिकटको सिफारिस बेच्ने धन्दा गर्दै आयको आफुलाई यमालेको ठुलो नेताहरु सिट धेरै पहुँच भयको भन्ने जीला स्तरको कार्यकर्ताले मेरो पालोमा तेस्को सिफारिस अनुसार टिकट नापायाकोमा मलाई कार्यालय समयमै तथा नाम गालि गर्दै गरेकोमा उसको तेत्रो पहुच र ताकत थियो भने मलाई ५ बजे पछि कार्यालय बन्द भैसकेको गालि गरेर देखाउनुस भने/ उसले मलाई निगम भित्रै ५ बजे पछि पनि गालि गरे पछि लात हानेर कार्यालय बात निकाल्दै सिडियो कार्यालयमा रिपोर्ट समेत गरे/ त्यो व्यक्ति तेसपछी निगममा आयानन/ तेती बेला श्री ध्रुव वाग्ले सिडियो हुनुहुन्थ्यो/

    ०२. नेपालगंज बात उडान हुने जहाजमा आधिकारिक लोड कम अनाधिकारिक र लिस्तमै नभयको सामान लोड गराइन्थ्यो/ तेस्तो गर्न गराउन नेपालगन्जको बिमान स्थल भित्रै सम्म आवात जावत गर्न सक्ने बनाउन निगमको कर्मचारिनै नभयकोलाई समेत निगमको नेपालगन्जको कार्यालयले झुठो सिफारिस गरेर बिमान स्थल प्रवेस गर्ने पास हवाई बिभाग बात उपलब्ध गरायको थियो/ त्यो पास मैले तत्कालिन हवाई बिभाग प्रमुख श्री लामाज्युलाई भनेर खोस्न लागाय/

    ०३. नेपाल गंज बात उडान गर्ने पाइलटहरु अनाधिकृत लोड गराउने, निजि बिमान सेवा सिट मिलो माटो गरेर निगमको उडान रद्द गराउने अनि निगमको यात्रुहरुलाई अत्याधिक भाडा तिरेर निजि बिमान सेवामा जान बाध्य गराउन्थे/ मेरो पालामा तेस्तै गर्ने अधिकारि थर भयको निगमको पाइलट बिरुद्ध निगमको संचालक समिति मा मात्रै होईन सिडियो लाई समेत जानकारी गरायको थिय/ मैले उ माथि प्रहरी समेत लगाउन खोजेको थाह भयर त्यो पाइलट नेपाल गंज बात भागेर काठमान्डू पुगेको थियो/ त्यो पाइलट त्यो काण्डमा यक महिना निलम्बन समेत भयको थियो/ यो कुरा निगममा अहिले पनि कार्यरत बरिस्ठ पाईलत श्री विजय लामा लाई पनि थाह छ र उहा सिट यो बारेमा लामै छलफल भयको थियो/

    ०३. निगमको नेपाल गंजको विजय गच्छदारले उद्घाटन गरेको त्यो आलिशान भवन बनाउँने ठेक्केदार कसरि कति भाग सिमेन्ट मिलाउनु पर्नेमा कति भाग मिलायर बनायको होला भनेर तपाइहरुले फलामको सुईरोले होईन मात्र काठको घोचोले त्याहाको प्लास्टर कोतरेर हेर्नुस थाह हुन्छ/ मैले त्यो भवनको कमजोरीको ३६ तस्विर हरु खिचेर केन्द्रमा पठाय पछि त्यो ठेक्केदाराले टालटुले मर्मत गर्न आयको थियो/

    ०४. नेपाल गंजको भवनमा २२ सटरहरू थियो क्यारे/ ती सटरहरू बजार भाउ अनुसार भाडामा लिन चाहनेहरु धेरै थिय/ तापनि ती सटरहरू भाडामा दिने तेंदरहरु सबै प्रक्रिया पुरा हुने अबस्थामा बारम्बार बर्सौ सम्म खारेज गर्दै आयको थियो/ मेरो पालामा पनि तेस्तै गराउन खोजे/ उनीहरुले ती स्तर भाडामा दिने टेन्डर नेपाल गंजको निगमको कार्यालय को भर्याङ्ग मुनि टाँसेको थाह भय पछि मैले त्यो उप्कायर ३०० कपि जत्ति फोटो कपि निकालेर सडक, होटेल र प्रतिष्ठित व्यापारिक केंद्रहरुमा बाड्न लागाय/ तेसपछी ती सटरहरु सबै बाजार भाउ अनुसारको भाडामा लाग्यो/

    ०४. म नेपाल गंज पुगेर त्याहा भयको गलत कुराहरु देखे पछि तेस्तो नगर्ने सल्लाह दियको सबैले माने तर तिन जनाले मानेनन्/ ति तिन जना कति सम्मको पहुँच र योग्यता भयको रहेछ भन्ने कुरा म भन्छु/ तिन जनामा २ जना मरिच मानको पालामा तोक आदेश अनुसार भर्ना गरेको रहेछ/ जागिर खान आउँदा अत्यन्त बिपन्न अवस्थाको ती दुई जना मध्य यक जना संधै जसरि गरेर भय पनि नेपाल गंज्माको बिमानस्थलमा टाँसिने त्यो पछि यति सम्पन्न भयो कि उसको उपनामनै केपी अर्थात करोडपति भयो/ अर्को ४ तहको आफुलाई यस यल सी पास भन्छ तर अरु अरु य बि सी दि पनि पुरा लेख्न आउन्दैन/ ती दुवै जनालाइ उनीहरुले अकुत सम्पति कमाउने थलो बनायको स्थान बात “हिज्जिनु पर्ने” स्थानमा सरुवा गरे/

    म नेपालगन्जमा सरुवा हुँदा देउपा प्रधान मन्त्रि थियो/ गच्छदार पर्यटन मन्त्रि थियो/ देउपाको श्रीमतीको नाता पर्नेको जापानको एजेन्टलाई दिनै नपर्ने करोडौको बोनस नदियकोमा मलाई निर्वाचन हुने मिति घोसना भैसकेको अवस्थामा सजाय को रुपमा मात्र ५ तहको कर्मचारीको स्थानमा ७ तहको अधिकृत पदमा रहेको मलाई अपमानित हुने गरि सरुवा गरेकोमा तेती बेला पत्र पत्रिका मा खवर छपियकोमा अत्यन्त आक्रोसित हुँदै म सिट नेपाल गंज बिमान स्थलमा गच्छदार भेट्दा “जावो यक जना कर्मचारीलाई नेपाल गंज सरुवा गर्दा पत्र पत्रिका र दरवारमै कुरा उठ्ने ? भने/ तेती बेला उहा सिट पर्यटन सचिव रिद्दी बाबा प्रधान ज्यु लगायत १२जना पत्रकारहरु पनि थियो/ तेती बेला उहालाई मैले दियको जवाफ थियो ” गलत काम गराउन नसकेकोमा …..यस्तै हुन्छ “/ तव गच्छदारले उहासित आयको पत्रकारहरुलाई तपाइन्हरु हाम्रै पार्टी सिट आवद्ध हुनु हुन्छ उंहाले भन्नु भयको कुरा नाछ्प्नु होला भने/ तर पछि पर्यटन सचिप रिद्दी बाबा प्रधानले निगममा इनिहरुले अरु के कस्तो गलत काम गराउन सक्छ लेखेरै दिनु भने पछि तेहिको तेही मैले करिव १०/ १२ वटा गर्ने नहुने तर तिनीहरुले गर्न दवाव दिने कुरा हरु लेखेरै दिय/ ती सबै पढेर रिद्दी बाबाले हो ई काम हरु गराउन उहालाई पनि दवाव दिंदै आयको मलाई भने / तव मैले उहालाई दिदि तपाई रिटायर हुने लाग्यो नगर्नुस ती काम हरु; फस्दैनन तपाईं फस्नु हुन्छ भने/

    Reply
  6. Max Thapa says:
    August 4, 2018 at 11:13 pm

    स्मार्ट सिटि बनाउछु भन्नेहरुलाइ स्मार्ट सिटिको अर्थ पनि त थाहा हुनु पर्यो नि होइनर ? तेसैले कहाँ बनाउछन र? त्यो त जनतालाइ उल्लु बनाउने कुरा मात्र हो | जो जति जोगी आए पनि काननै चिरिएका भनेको यहि होला पक्कै |

    Reply
  7. Shankar says:
    August 4, 2018 at 8:48 pm

    लाज पचेको सरकारी अधिकारि लाइ कति गालि गर्नु | खालि रास्ट्रीय गीत ” यहि हो नेपाल , नेपालि को घर ”

    Reply
  8. Anjan Acharya says:
    August 4, 2018 at 5:35 pm

    अहिले भने राम्रो शौचालय छ । महिला र पुरुषलाई फरक फरक। तर यहाँ देखाएजस्तै शौचालय नै नभएको होइन होला । किनभने भएको शौचालय पनि पुरानो डिजाइन कै छ ।

    Reply
  9. Suraj Shree says:
    August 4, 2018 at 4:11 pm

    थुइक्क मेरो देश चलाउने पाखेहरू

    Reply
  10. Raju Acharya says:
    August 4, 2018 at 3:52 pm

    जहाज कुर्ने ठाउँको चर्पी पनि गतिलो थिएन l आज भोलि सुधार भएको भए कुन्नि l एउटा चर्पीको ब्यबस्थापन गर्ने नसक्नेहरुले स्मार्ट सिटि बनाउने भनेर खोकेका छन् l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme