Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली क्रिकेटप्रेमीहरुले नभुल्ने यो ऐतिहासिक जितको दृश्य अनि त्यो रोमाञ्चक अन्तिम ओभर

Posted on August 4, 2018August 5, 2018 by Salokya


आजको दिन नेपाली खेलप्रेमीहरुका लागि ऐतिहासिक दिन हो। नेपालले पहिलो ओडिआई (वन डे इन्टरन्यासनल) क्रिकेट जित्यो। खेल यति रोमाञ्चक र सास नै रोकिने खालको थियो कि अन्तिम बलसम्म पनि कसैको पनि जित हुन सम्भव थियो। र माथिको त्यही दृश्य हो जसका कारण नेपालले जित हात पार्‍यो। पारस खड्काले बलिङ गरेको अन्तिम बलमा बल अर्को छेउतिर गएको भए र ब्याटिङ गर्ने खेलाडीले रन पूरा गरेको भए खेल बराबरीमा टुङ्गिन्थ्यो। तर रन लिन यता आउन नपाउँदै पारसले बल टिपेर स्टम्प उखेलेपछि रन आउट भयो र नेपाल एक रनले विजयी भयो। यो ऐतिहासिक क्षणको ऐतिहासिक दृश्य सधैँका लागि स्मरणीय बन्नेछ। अन्तिम ओभरको स्कोर झन् मुटुको धड्कनै रोकिएला जस्तो बनाउने थियो।

सन्दीप लामिछानेले ४३.३ ओभरमा स्नेटरलाई बोल्ड गर्दा त्यो नवौँ विकेट थियो नेदरल्यान्डसको र स्कोर थियो १८५ रन। जितका लागि आवश्यक थियो २१७ रन। कठिन दे