Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कम्युनिस्ट सरकारलाई असफल बनाउन बलात्कार बढेको- सांसदको लजिक

Posted on August 3, 2018 by Salokya


हाम्रो संसदमा गजब गजबका कुरा सुन्न पाइन्छ। आजकै संसदमा एउटा गजबको कुरा सुन्न पाइयो। संसदको विशेष समयमा बोल्दै शशी श्रेष्ठले भनिन्- ‘अहिले बहुमत प्राप्त कम्युनिष्ट पार्टीको सरकार छ। यसलाई असफल बनाउनका लागि षडयन्त्र त भएको छैन? म सरकारको ध्यानाकर्षण गराउँछु।’

हैट। अधिनायकवाद भन्दै कांग्रेस त कुर्लिएको थियो नै, अब हुँदाहुँदा दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकारलाई असफल बनाउन बलात्कारीसमेत लाग्न थालेछन्? बलात्कारी सबै प्रतिपक्षीहरु पो रहेछन् जो सरकारलाई असफल बनाउन खोज्दैछन्।

लजिक गजबको छ सांसदज्युको। भोलिपर्सि अपराध बढेको तथ्याङ्क आउला- सरकारलाई असफल बनाउन त बढेको हैन?

बस दुर्घटनाहरु होला- सरकारलाई असफल बनाउन त भएको हैन?

बाढीपहिरो आउला- सरकारलाई असफल बनाउन त आएको हैन?

यो दुई तिहाईको सरकारलाई असफल हुने डर किन लागेको होला? दुई तिहाई भनेको असफल हुनका लागि हैन। काम गरेर देखाउनका लागि पो हो त। काम गर्ने, देखाउने अनि अर्को चुनावका लागि बहुमत कायम राख्ने। तोरीलाउरे तर्क राखेर पहिल्यै हात किन उठाउने हो? बलात्कार बढेको भए समातेर कारबाही पो गर्ने हो धमाधम। सरकारलाई असफल बनाउन बढेको त हैन भनेर शंका गर्ने पनि कुनै लजिक हो? हरे भगवान!

सुन्नुस् सांसदज्युको बोली

6 thoughts on “कम्युनिस्ट सरकारलाई असफल बनाउन बलात्कार बढेको- सांसदको लजिक”

  1. जलन says:
    August 4, 2018 at 9:22 pm

    त्यस्तो बेला न कुबेलाको विकृत मानसिकताको सोच नल्याऊ है मित्र जनजातिलाई आरोप लाएर| त्यैइ तालमा भन्नु हो भन्ने जदौ गरेर माग्ने संस्कारमा हुर्किएका को छन् र अहिले सरकार र प्रशासनमा को छन् र विगतमा को थिए अनि मुलुकलाई नै खाते मगन्ते संस्कारमा डोर्याउने को हुन्? यो देशले किन निकास पाएन? कसको हातमा सत्ता रहदै आएको छ, अर्काको आंगमा जुमरा देख्न अघि आफ्नो आङ्गमा भैसी देख्न परो|

    Reply
  2. cb says:
    August 4, 2018 at 8:11 pm

    कस्ता कस्ता नेता सांसद छन् अच्चम्म छ के बोलेकोहोला , अनि यस्ताहरुलाई संसदमा पठोउने हामि

    Reply
  3. nimesh, KTM says:
    August 4, 2018 at 8:13 am

    यो जनजाति नेताहरुको दिमाग कसले भुटेको होला खै . कतै यिनीहरुको दिमागै त्यस्तै हो म त अचम्ममा छु . एउटा जनताति मन्त्रि आफ्नो भागमै नपरेको कुरामा कुतर्क गरेर मन्त्रि पदै हात धुनुपर्यो . अब यो शशि श्रेष्ठ आफु पनि महिला त्यसमाथि हेर्दा त आमा-बज्यै जस्तो मान्छेले गर्ने तर्क हो त यो सोचनीय छ .

    Reply
  4. madan man bajracharya says:
    August 3, 2018 at 10:41 pm

    यस्तो तर्क गर्ने पनि सांसद हुँदो रहेछ/ बलात्कार गर्नेहरु को थिय कुन अबस्थामा कसरि तिनीहरुले बलात्कार गरे भन्ने कुरा कतै लुकेको छैन/ यदि बलात्कार र अन्य अपराध बढेकै हो भने तेस्को कारण अपराध गर्नेको विकृत मानसिकता र सजाय कम हुने र दोषी भय पनि मिलापत्र बा कानुनको दाउ पन्जा लगायर मुक्त सक्ने अबस्थाकै कारणले हो/ यसो भन्नुको मतलव यो पनि होईन कि आफ्नो भन्दा भिन्न राजनैतिक आस्था राख्ने माथि कहिले कसैले ज्यान मारेकै छैन सम्पति लुतेकै छैन, बलात्कार गरेकै छैन भनेको हो, तेस्तो केहि होईन धेरै गरे भयकै छ र उनीहरुलाई सजाय भयको छैन र सजाय भय पनि उनीहरुको पार्टीको सरकार बनेको बेला माफी दियको छ/ तेस्तैलाई माफी दिनेकै सरकार अहिले सम्म देसमा चल्दै आयकै छ र उनीहरुनै कस्तो अपराध गर्नेलाई के सजाय दिने कानुन बनाईन्छ/ बिगतमा र अहिले पनि अपराध गर्दै आयका उनीहरुको “आफ्नाहरू” हरु अझै कति होलान होलान/ त् उनीहरु अपराध गरेमा कडा सजाय पाउन बात उन्मुक्ति नपाउने कडा कसरि बन्छ?

    Reply
  5. आशिषजी says:
    August 3, 2018 at 3:13 pm

    कोहि कपाल काट्दा काट्दै सांसद भएका छन्, कोहि हलो जोत्दा जोत्दै, कोहि भाडा माज्दा माज्दै, कोहि चोरी गर्दा गर्दै, कोहि मान्छे मार्दा मार्दै…अनि यस्ताले यस्तै बकम्फुसे, वाहियात र हावा कुरा बाहेक के बोलुन त?
    तेही भएर अब राजनीति गर्न पनि योग्यता निर्धारण गर्नु पर्यो…अंगुठा छापहरुको राजनीतिमा बोलबाला हुदासम्म सांसद, मन्त्रिहरुबाट यस्ता प्रतिक्रिया आउनुलाई आस्चर्य न माने हुन्छ नेपाली जनताले…

    Reply
  6. Nir says:
    August 3, 2018 at 7:30 am

    यस्ता झुरेस्ट कुराहरुले सांसदहरु कति पानीमा डुबेका छन् भन्ने थाहा हुन्छ|
    नेपाली जनताले तिरेको करमा तलब भत्ता खाएको भन्ने हेक्का गराउन संसद भित्र पोस्टर चार्ट राखिदिए कसो होला?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme