Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजदेखि लोग्नेले स्वास्नीलाई जबर्जस्ती सेक्स गरे पाँच वर्ष कैद सजाय

Posted on July 17, 2018August 17, 2018 by Salokya

आज भदौ १ गते नेपालको लागि ऐतिहासिक दिन हो। तत्कालीन राणा शासक जंगबहादुर राणाले बेलायत यात्राबाट फर्केलगत्तै बनाएर विक्रम संवत् १९१० मा लागू गरेको मुलुकी ऐन विभिन्न समयमा संशोधन हुँदै आए पनि आजको मितिदेखि पूरै प्रतिस्थापन गरी नयाँ ऐन लागू गरिएको छ। यसका कतिपय प्रावधानहरु नयाँ छन्, कतिमा सजाय बढाइएको छ। त्यसैमा थपिएको एउटा प्रावधान हो- जबर्जस्ती जस्तै अवस्थामा पनि सजायको हकदार हुन्छ। विश्वका अरु धेरै देशमा जस्तै अब नेपालमा पनि लोग्नेले स्वास्नीलाई जबर्जस्ती सेक्स गरे छुट पाइन्न। विवाह गर्दैमा लोग्नेले जे पनि गर्ने लाइसेन्स पाउने हैन। मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा यस्तो व्यवस्था गरिएको छ।


दफा २१९ को उपदफा ४ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने लेखिएको छ।

जबर्जस्ती करणीको परिभाषा पनि व्यापक भएको छ। गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक योनीमा अन्य कुनै वस्तु योनीमा प्रवेश गराए पनि जबर्जस्ती करणी नै गरेको मानिने नयाँ व्यवस्था पनि यो ऐनले गरेको छ।

त्यही भएर कानुनका एक जानकारले यस्तो सहमति पत्र पनि सार्वजनिक गरेको पाइयो-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme