Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीज्युलाई म्याकबुक चलाउन आएन कि क्या हो !

Posted on July 26, 2018July 28, 2018 by Salokya


पहिलो चोटी पेपरलेस मन्त्रिपरिषद्को बैठक बसेको भन्दै प्रधानमन्त्रीको निजी सचिवालयले फोटोसहितको समाचार पठायो। भिडियोहरु पनि हेर्न पाइयो। अरु कुरा त ठीकै हो, एक मन्त्रीले म्याकबुक ‘अन’समेत नगरी चलाएको जस्तो गरेको पनि देखियो भिडियोमा। माथिको फोटोमा हेर्नुस् त सबै मन्त्रीहरुको म्याकबुकमा एप्पल लोगो बलेको छ, छेउकी मन्त्री बिना मगरको म्याकबुकमा छैन। त्यो नबल्नुको अर्थ म्याकबुक अन नहुनु हो। तर भिडियोमा हेर्नुस् त उहाँले के गर्नुभएको छ।

भिडियोमा त उहाँले म्याकबुक चलाए झैँ पो गर्नुभएको देखिन्छ त।

के त्यो लोगो नबले पनि म्याकबुक अन हुन्छ त? आफ्नो म्याकबुक छैन त्यसैले यसो गुगलमा सर्च गरी हेरेको त यस्तो देखियो-

अर्थात् नबलेसम्म अन नहुने रहेछ। स्क्रिन देखिने भएसम्म लोगो पनि बल्ने रहेछ। खासमा उहाँलाई म्याक बुक अन गर्नै नआएको हो कि यसो भिडियोमा पोज चैँ दिनुभएको हो चलाए झैँ गरी, त्यो भने थाहा भएन।

यो पनि हेर्नुस् है भ्याइयो भने

म्याकबुके मन्त्रिपरिषद् : गिनिज बुकमै नाम लेखिन्छ कि क्या हो गाँठे !

सरकारको उपलब्धि : मन्त्रीका हात-हातमा म्याकबुक

12 thoughts on “मन्त्रीज्युलाई म्याकबुक चलाउन आएन कि क्या हो !”

  1. मोहन says:
    July 27, 2018 at 7:05 pm

    कुन चाही दाताले सहायोग दीयो होलाता म्याक्बुक ?

  2. Samir Ranjitkar says:
    July 27, 2018 at 3:03 pm

    बिना मगरले चलाउनु भाको म्याकबुक २०१७/२०१८ को मोडेल हो जसमा {apple} को लोगो बल्दैन सर. एसो रिसर्च गरेरे लख्ने होकी….

  3. आगत अवस्थी says:
    July 27, 2018 at 2:13 pm

    खानेपानी मन्त्रीज्यूले २०१८ को मोडेलको म्याकबुक प्रयोग गरेको जस्तो देखियो। २०१८ को मोडेलमा बल्ने एप्पल लोगो हटाइएको छ है। मन्त्रालयस्तरबाट म्याकबुक खरिद गरिएको हो क्यारे, अनि विभिन्न मन्त्रीलाई मन्त्रालयले विभिन्न भर्जन मोडेलको म्याकबुक उपलब्ध गराएको हुनसक्छ। https://www.macrumors.com/2016/10/28/new-mbp-no-backlit-logo-or-power-extension-cable/

  4. Mahesh says:
    July 27, 2018 at 12:34 pm

    नयाँ म्यक्बुकको backlight बल्दैन, त्यस्तो भएको पनी हुन सक्छ.

  5. mukhiya ghale says:
    July 27, 2018 at 11:52 am

    टच बार भएको नया म्याकबुकमा बत्ती बल्दैन ! अनि लोगो पनि अरु भन्दा सानो छ ! त्यो नया म्याक्बुक हो!

  6. Laxman says:
    July 27, 2018 at 9:42 am

    २०१७ series देखि लोगो बल्दैन उमेश जी. बिना जी ले नया किनी रैछन भनि बुझ्नु पर्यो .

  7. Sudip says:
    July 27, 2018 at 8:49 am

    साथी नया म्याकबुक पारो होला जसमा लोगो बल्दैन | कुन मोडेलको हो त मलाई थाहा भएन | सधै दोष नै दिनु पनि हुदैन आफै पागल हुन् सकिन्छ | मसंग पनि एउटा छ जसमा बल्दैन आएर हेर्ने हो कि ?

  8. Rshrestha says:
    July 27, 2018 at 8:02 am

    Hi Salokya,
    I read this blog daily and thank you for your quality blogs. I do like to comment on this specific post by the way. The macbook that she is using seems latest generation (2016 or later, macbook pro series) which does not have illuminated apple logo. I believe she is using same version. i can make out this by seeing the pictures where the macbook only have thunderbolt 3 ports (which are exclusive to 2016 and later versions). by the way i highly doubt nepal government offices have equipment that supports this technology.

    And this is indeed a great development in developing country like ours to move forward towards next generation.

  9. Bijay_S says:
    July 27, 2018 at 7:07 am

    नयाँ जोगीले धेरै खरानी घस्छ भन्थे हो रहेछ! लुटाओ जोगी हो, जति लुट्नु छ लुट ! हात्ती छाप चप्पलले मजाले काम चल्ने ठाउँमा हात्ती नै ल्याइएको रहेछ!

  10. Ramzi says:
    July 27, 2018 at 5:14 am

    बिनाजी इस ले Mac बुक प्रो चलाउनु भोको हो. येस्मा ON हुदनी बत्ति बल्दैन. अरु मिनिस्टर हरु चै पुरानो वेर्सिओन ओफ Mac Air चलाउनु भाको हो, येस्मा बत्ति बल्छ.

  11. Ashish says:
    July 27, 2018 at 2:05 am

    You can get one that don’t have light at the back of the screen as well. I have one.

  12. sunil says:
    July 27, 2018 at 12:55 am

    सालोक्य जी अहिलेको नया मोडेल को म्याक मा ब्याक लाइट छैन , अर्थात् बल्दैन !

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme