Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म्याकबुके मन्त्रिपरिषद् : गिनिज बुकमै नाम लेखिन्छ कि क्या हो गाँठे !

Posted on July 26, 2018July 26, 2018 by Salokya


नेपालको मन्त्रिपरिषद् अब चानचुने मन्त्रिपरिषद् रहेन। यो त म्याकबुके मन्त्रिपरिषद् भएको छ आजदेखि। सब मन्त्रीका लागि म्याकबुक छ। म्याकबुक भनेको डिजाइन्ड इन अमेरिका र मेड इन चाइना प्रोडक्ट हो। तर चाइना र अमेरिकाको मन्त्रिपरिषद्‍ बैठकमा समेत म्याकबुक प्रयोग हुँदैन। त्यसैले हाम्रो म्याकबुके मन्त्रिपरिषद्को नाम गिनिज बुकमा लेखाउन सिफारिश गरे पनि हुन्छ कि क्या हो! आउनुस् न हेरौँ, अरु देशका मन्त्रिपरिषद् बैठक कस्ता हुँदा रहेछन्-

यो अमेरिकाको क्याबिनेट बैठक

यो चीनको क्याबिनेट बैठक

यो भारतको क्याबिनेट बैठक

यो बंगलादेशको क्याबिनेट बैठक

यो बेलायतको क्याबिनेट बैठक

यो फ्रान्सको क्याबिनेट बैठक

यो जर्मनीको क्याबिनेट बैठक

अनि यो हाम्रै नेपालको-

8 thoughts on “म्याकबुके मन्त्रिपरिषद् : गिनिज बुकमै नाम लेखिन्छ कि क्या हो गाँठे !”

  1. kiran joshi says:
    July 28, 2018 at 12:07 am

    एउटा जोक छनि:
    श्रीमान: अण्डा बनाउ त
    श्रीमती: ल लिनुस यो उसिनेको अण्डा
    श्रीमान: आज तारेको अण्डा खाउ भनेको त उसिनेछ
    भोलि पल्ट:
    श्रीमान: अण्डा बनाउ त
    श्रीमती: हिजो तारेको अण्डा खाने भन्नुभाको होइन? ल लिनुस यो तारेको अण्डा
    श्रीमान: आज उसिनेको अण्डा खाउ भनेको त तारेछ
    फेरी अर्को दिन:
    श्रीमान: अण्डा बनाउ त
    श्रीमती: ल लिनुस यो तारेको अण्डा अनि उसिनेको अण्डा पनि, दुइटै खानुस
    श्रीमान: लौ हेर यो उसिनिनु पर्ने अण्डा चाही तारेछ अनि तार्नु पर्ने अण्डा चाही उसिनेछ, कस्तो ढंग नभाको

    हो येस्तै हो जब कसैलाइ जस दिनु छैन अनि बिरोध मात्रै गर्नु छ भने उपाए हजार हुन्छन…. सहि छुट्याउने काम निस्पक्ष जनताले मात्रै गर्न सक्छ

    Reply
  2. dhan bahadur says:
    July 27, 2018 at 9:22 pm

    खस्रो चाक को मल मल धोति…

    कुरा केहि होइन / नेपाल को मन्त्रीहरुको खाली अरुलाई दोष लगाउने प्रवृति सबैलाइ सर्बबिदितनै छ. अब ल्यापटप भयो भने त भोलि केहि भयो भने कम्प्युटरलाइ दोष दिन पायो नि खै कुरा बुझेको.
    जनतालाई उक्साउन पायोनि त. भन्नेछ गएर गाउँ गाउँमा कि “अब कम्पुटर चलाउन स्कुल जानु पर्दैन”
    “क्रान्ति गर त्यो मान्छेले बनेको कम्प्युटर मान्ने ले चलाउन नसक्ने काँहा लेखेको छ र ?” भन्दै जानेछ हेर्दै जानुस

    Reply
  3. Suraj says:
    July 27, 2018 at 8:49 pm

    यो कहिँ होइन जनताको पैसा मा विलाशी जिन्दगिको लोभ हो .

    Reply
  4. kamal says:
    July 27, 2018 at 9:30 am

    कही नभयको जत्रा हादी गाउमा भनेको येही हो । कम्प्युटर चलाउन त के on गर्न नि नजान्ने लाई mac book बोक्नु पर्ने ? बिचाराहरु लाई Internet security को बारे म के थहा ? मन्त्री हरुले free मा २ लाख पर्ने computer पाय । कर्मचारी ले पनि यही मौकामा आफ्नो लागी पनि किन्न पाय, साथमा थुलो कमिसन पनि मिल्यो । पायको बेला मा मोज गर साथी हो । अब जनता भनेको यस्तै हुन, कराहिरहन्छन अनि सितामोल र जिबनजल पनि खान नपायर मर्छन । जय ओलि माहारज जि ।

    Reply
  5. dipesh says:
    July 27, 2018 at 4:42 am

    Usually it is the security reason that most of the government agencies don’t use Mac Book. Windows gives more control to the government compared to the apple I think ( I am not specialist on it but this is the reason we are given in our office which is a government office). Instead of laptops we are now upgraded to tablet so all our desktops has been replaced by tablets. Also wondering if I apply for right to information will I get the documents saved in mac book too because in Canada if someone asks for any information then that person has right on the documents saved in the computer issued by the government. If i ask for information related to “Water Conservation in Nepal and policies” then i get all documents that has these key words. Is it same in Nepal?

    Reply
  6. Pingback: मन्त्रीज्युलाई म्याकबुक चलाउन आएन कि क्या हो ! « Mysansar
  7. nabin thapa says:
    July 26, 2018 at 10:40 pm

    नमच्चिने पिङ काे १०० वटा झडका भन्थे बुढा पाका ले हे रहेछ?

    Reply
  8. dor prasad says:
    July 26, 2018 at 10:09 pm

    अरुदेश मा बिधुतिये साधन पैसा न भएर प्रयोग भएको हैन बरु गोप्निएता र रेकर्ड को लागि हो !
    गोप्पे कुरा हरु हेकर ले बाहिर लायुन सक्छन भनेर हो .. उसो त अमेरिकन रास्ट्रपति ले इमेल प्रयोग गर्दैन् … कारण उही … सोसिएल मेडिया प्रयोग गर्ने ओबामा पहिलो राष्ट्र पति हो , उनको लागि बेस्स फोन बन्यिएको थियो ..

    अर्को कुरा बिधुतिये रेकर्ड डिलिट हुने डर हुन्छा …. नेपाल मा चाही २-३ लाख पर्ने अप्पल को कम्पुर कुम्लाय्ने दाउ ???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme