Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारको उपलब्धि : मन्त्रीका हात-हातमा म्याकबुक

Posted on July 26, 2018July 27, 2018 by Salokya

सरकारले आजदेखि एउटा नयाँ काम सुरु गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीका अगाडि तोकेको स्याउको लोगो भएको म्याकबुक थिए। क्याबिनेट अटोमेसन सिस्टम लागू गरेर मन्त्रिपरिषद्का प्रस्ताव, निर्णय आदि कागजमा नलेखी म्याकबुकमा देखिने बनाइएको हो। यसका लागि सबै २० जना मन्त्रीहरुलाई म्याकबुक एयर खरिद गरिएको थियो। 

म्याकबुक त सबैलाई दिइयो तर सम्पति विवरणमा सामसुङको आइफोन लेख्ने मन्त्रीहरुलाई चलाउन त जानेका छन्? वर्षौँ अरु ल्यापटप चलाएकालाई पनि म्याकबुक चलाउन गाह्रो हुने गर्छ। जे होस्, समृद्धितर्फ हाम्रा मन्त्रीहरुले राम्रै फड्को मारे। देशभरका विद्यार्थीहरुले बुक पाए पनि नपाए पनि सबै मन्त्रीहरुको म्याकबुक हुनु कम्ता खुशीको कुरा हैन। यो म्याकबुक लाख रुपैयाँ घटी पाइने चिज पनि हैन। हेर्नुस् पसलको मूल्य-

8 thoughts on “सरकारको उपलब्धि : मन्त्रीका हात-हातमा म्याकबुक”

  1. Nirmal says:
    July 31, 2018 at 8:34 am

    रेल र पानी जहाज चलाउन चाइयेन त कम्प्युटर?
    छोरा छोरी र स्पौज अनि आफन्त बिचौलिया लाइ पनि एक्सेस
    दिए पछि सक्किगो राज्यको गोपनीयता
    तेस बारे पनि कानुन बनाउने संसदीय मामिला मंत्री बल्खु दरवार र पेरिस
    डांडाको हावा खान घर फर्कन वाध्य भए.

    Reply
  2. madan man bajracharya says:
    July 29, 2018 at 8:15 am

    यो कुरामा केहि भन्नु पर्दैन जस्तो लाग्छ/ संसारको सबै मुलुकमा सबै कुरा कम्प्युटरकै माध्यम बात हुन्छ त् हामि अनि तेस्तै गर्ने पर्छ/ तर हामि यो कुरामा धेरै पछि छौं/ तेसमाथि नागरिकले चुनेको सांसद र पार्टीको नेता ल्याप्चे जस्तै पनि बन्न सक्छन / समानुपातिक सांसद र मन्त्रि त् पार्टीले चाहेको कुरा पुरार्याउन सके पढेको होस् नहोस दुई देस तिन देसको पासपोर्त्नै बोकेको होस् बा अदालतले कैद ठोकेकै पनि हुन् सक्छन/ इनिहरुलेनै कार्यालयको पिउन पदमा नियुक्त हुन् पनि यो यो योग्यता हुनु पर्ने नियम र कानुन बनायको हो/ तर यस्तो कुनै पदमा रहन यति योग्यता चाहिने नियम बनाउने इनिहरुले आफु समानुपातिक कोटाको सांसद, मन्त्रि र प्रधान मन्त्रि बन्न चाहि कुनै योग्यता चाहिने नियम चाहि बनायनन/ त् हात हातमा लाखौँ पर्ने म्याक बुक ल्याप टप इनिहरुको निमित आफु पनि आधुनिक प्रविधि चलाउन जान्ने भनेर आँखामा धुलो हाल्ने जस्तै हुन्न पनि सक्छ/ यस्तो भै हाले पनि हामि जनताले लौ फलाना समानुपातिक कोटाको सांसद र मन्त्रिलाई नागरिकले पद मुक्त गर्न सक्दैन/ तेसैले इनिहरुलाई म्याक बुक दिने मात्रै होईन चलाउन पनि जसरि भय पनि सिकाउनु पर्छ/ नत्र इनिहरुको नाममा इनिहरुलाई म्याक बुक ल्याप टप खोल्ने चलाउन सिकाउने कर्मचारीले इनिहरुको कार्यालय चलाउने छन् र इनिहरु नाम मात्रैको मन्त्रि हुनेछ, रास्ट्रिय गोप्यता चुहिने समेत सम्भावना हुने छ/

    Reply
  3. Indra says:
    July 28, 2018 at 6:40 am

    मार्सी अर्गानिक चामल को भात मन्त्रीज्युलाई !!!

    Reply
  4. Prabal Sharma says:
    July 28, 2018 at 4:38 am

    उपयोग राम्रैसंग भए त राम्रै हो/ सामान्य फेसबुक चलाउनमात्र प्रयोगमा ल्याउनेहो भने यसको नकारात्मक प्रयोग बढी हुने देखिन्छ | म्याकबुक दिएपछि प्रयोग गर्ने तरिका र सहि तरिकाले प्रयोग गर्ने क्र्यास कोर्स पनि अवस्य गराएको हुनुपर्छ सयाद गराएको पनि होला|
    प्रयोगकर्ताले सदुपुयोग गरे राम्रै हुने होला तर त्यो त समयले बताउला| म्याकबुक खै भन्दा छोराछोरिले चलाइरहेछन् भन्ने सुन्न नपरे हुने थियो|

    Reply
  5. Shankar says:
    July 27, 2018 at 6:14 pm

    नेपाल चै लुटेरै सकिने भो गाँठे | हिजो राजाले , राणाले लुटे आज हाम्ले किन लुट्न न पाउने हामि तेत्रो जेल ,नेल भोगेर आएको भन्छ उखान टुक्के काजु |

    Reply
  6. Pingback: मन्त्रीज्युलाई म्याकबुक चलाउन आएन कि क्या हो ! « Mysansar
  7. rshrestha says:
    July 27, 2018 at 8:20 am

    i see one lady using macbook pro latest generation. (costs ~ 2lakhs NPR before tax, link here: http://evostore.com.np/product/13-inch-macbook-pro-with-touch-bar-3-1ghz-dual-core-i5-512gb-space-grey/). Why waste money??

    Reply
  8. Ravi Dahal says:
    July 26, 2018 at 9:16 pm

    CIA jasta baliyo khufiya agency america ra belayat ma can,tyahi vyaera uniharu lai macbook or android device ma load gariyeko suchana gopya rahana sakdain vannne ramro hekka as.Hamra babura haru lai tesbare k jankari hunu,local newspaper ko news ko adhaar ma report banaune NIB vako Hamro desh ma Mac book ko khatara bare bichar pugna garho xa.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme