Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आहा गण्डकी ! यी हुन् प्रदेशको प्रतियोगितामा उत्कृष्ट भएका फोटोहरु

Posted on July 26, 2018 by Salokya


गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको गण्डकी प्रदेश स्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिताका उत्कृष्ट फोटोहरुको घोषणा बुधबार गरिएको छ। फोटो पत्रकार क्लब,नेपालको व्यवस्थापनमा सबैलाई खुल्ला गरिएको प्रतियोगिता यही असार १९ देखी साउन ५ गतेसम्म अनलाइनबाट फोटो आह्वान गरिएको थियो। प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा ११९ र पर्यटकीय गन्तव्य विधामा ३३९ फोटोहरु गरी कूल ४५८ वटा फोटोहरु प्रतियोगिता लागि प्राप्त भएको थियो।

फोटो प्रतियोगिताको निर्णायक मण्डलको अध्यक्षता भने मन्त्रालयका सहसचिव दिवाकर पौडेलको थियो। त्यसमा नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख सूर्य थपलिया सदस्य थिए। धन्न फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की, राष्ट्रिय फोटो पत्रकार समूह कास्कीका पूर्व अध्यक्ष कृष्णमणि बराल र नागरिक दैनिकका फोटोपत्रकार विजय गजमेर त्यसमा अटाएका थिए।

विधाका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले नगद क्रमशः ३०, २०, १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

पर्यटकीय गन्तव्य विधा


मनाङको ब्राखाको गुम्बा।


रानीपौवाबाट मुक्तिनाथ जाने बाटोबाट देखिएको झार्कोट गाउँ


मादी गाउँपालिकाको कोरी गाउँ।


मनाङको फु गाउँ।

पर्यटकीय गतिविधि विधा


माछापुच्छ्रे हिमालमा सूर्यको पहिलो किरणले चुम्दाको दृश्य।


पोखरा नजिकैको अस्ट्रेलियन क्याम्पमा फोटोग्राफरहरु आकाशगंगा खिच्दै।


माथिल्लो मुस्ताङको यार्तुङ चाडमा घोडचढी।


अन्नपूर्ण बेसक्याम्प नजिकै ६४४१ मिटरको उचाइमा रहेको हिउँचुलीमुनि स्की खेल्दै।

1 thought on “आहा गण्डकी ! यी हुन् प्रदेशको प्रतियोगितामा उत्कृष्ट भएका फोटोहरु”

  1. सनि लिम्बु says:
    July 28, 2018 at 5:07 am

    प्रकाश बुढाले खिचेका नेपालका तस्बीर हरु सारै राम्रा लाग्छन। उनका तस्बिरका पहीलादेखि प्रशंसक हुँ, गतिबिधि बिधाको पहीलो तस्बिर पनि सटीक छ। हुन त गण्डकी प्रदेश नेपालको सबैभन्दा फोटोजेनिक प्रदेश हो। सालोक्यजी पछी प्रदर्शनीमा समेटीने इरु तस्बीरहरु पनि पस्किनु होला, हामि बिदेशमा बस्नेलाइ आँखा शितल हुन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme