Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उडेको चरा र आमाको फूली : प्रम ओलीका आजका दुई तुक्का

Posted on July 23, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओली रमाइला उखान तुक्का जोडेर भाषण गर्न खप्पिस छन्। यस्ता तुक्काहरुले उनको भाषण सुन्नेलाई रमाइलो बनाइराखेको हुन्छ। प्रधानमन्त्री भइसकेपछि उनले गरेको भाषणका तुक्काहरुको एउटा संग्रह निकाले पनि हुने हो। तर खै कसैले वास्ता गरेका छैनन्। बरु आजदेखि हामी नै त्यो काम थालौँ। प्रधानमन्त्रीले हरेक दिनका भाषणमा गर्ने तुक्काहरु यही ब्लगमा संग्रह गर्न थालौँ। सुरु गरौँ आज पुष्पलालको स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुनाएका दुई तुक्का- उडेको चरा र आमाको फुलीबाट।

उडेको चरा समात्ने गफ दिने कांग्रेस
प्रधानमन्त्री ओलीलाई गफमात्रै दिने नेता भनेर विपक्षीहरु खुब आलोचना गर्ने गर्छन्। तर आज प्रधानमन्त्रीले विपक्षी कांग्रेसलाई नै गफ दिने पार्टीका रुपमा व्याख्या गरिदिए। उनले सुनाएको तुक्का यस्तो थियो-

हाम्रा हजुरआमाका साथीहरु बसेर बूढीमान्छेहरु कुरा गरिरहेको सुन्थेँ सानोमा। अलि भर्खरकाहरुलाई भन्नहुन्थ्यो- ए के गर्‍या त्यो। तिमीहरुको पालामा त उड्या चरा समाउँथ्यौँ हामीले। कांग्रेस त्यस्तै घाममा बसेर उड्या चरा समाउने गफ गर्ने। उमेर सिद्धिएको, जुरुक्क उठ्न सक्दैन तर उड्या चरा समातेको गफ दिन्छ।

आमाको फुली
यो तुक्का चाहिँ उनले डा. . गोविन्द केसीलाई लक्षित गरेर भनेका हुन्। उनले सुनाए-

मैले सुनेको थिएँ एक ठाउँमा ‘आमा…’ भनेर एकदम अंगालो हालेर रोएर.., अंगालो छोड्दा खेरी त आमाको नाकको फुली नै रहेनछ अरे। यहाँ आमा बनेर अंगालो मार्नेहरु… झ्याप्पै अंगालो मारेर कराउनेहरु.. नाकको फुली…, त्यसो नगर्न म आग्रह गर्छु।

हेर्नुस् भिडियोमा तुक्का

3 thoughts on “उडेको चरा र आमाको फूली : प्रम ओलीका आजका दुई तुक्का”

  1. madan man bajracharya says:
    July 24, 2018 at 5:18 pm

    जुन पदमा आज ओलीज्यु हुनु हुन्छ, त्यो पद उखान टुक्का वाजी मात्रै गरेर बस्ने पद हुँदै होईन/ ओलिज्युले यो भुल्नु हुँदैन कि हिजो भारतले नाकाबन्दी गर्दा भारत को अगाडी नझुकेकैले मात्रै नेपालीले यमालेलाई बहुमत दियको होईन/ भारतको नाकाबन्दीको बेला ओलिज्यु (यमाले) भारत सिट नझुकेकोले मदन भण्डारी मनमोहन पछि “भाई काँग्रेस” बन्दै गयको यमाले अब सुध्रियो कि ठानेर मात्रै हामि नेपालि भारत सिट झुक्नु पर्ने देश होईन भन्ने नेपालीले बहुमत दियको हो/

    ओलिज्यु अहिले देस भित्र तपाईंलाई सबै भन्दा आलोचना र आरोप देउपा-कांग्रेस बाटै भै रहेको छ/ देउपा-कांग्रेसको यो यमाले बिरोधि बोलीलाई तपाई मात्र ” कुनै रेडियो स्टेसन बात कुनै उदघोसकले बोलेको कुरा जस्तै ठान्नुस” / रेडियोको स्पिकर सिट प्रतिबाद र उखान तुक्काबाजी मात्र मुर्ख्याई र समयको बरवादी हो/

    ओलिज्यु, देउपाको कांग्रेस “दिल्ली सम्झौता” को गर्भ बात जन्म भयको पार्टी हो र आज सम्म कांग्रेसले जे गरे त्यो राम्रो गरे भने मात्र भारतको निमित राम्रो गरे/ आज हाम्रो ठुला नदीहरुको पानि भारतको निमित मात्रै अन्न उब्जाउने बिजुली निक्लिने र तिर्खा मिटने पानि बनेको छ नेपाल र नेपालीको निमित खेत डुवाउने र ज्यान लिने बाढी बनेको छ/ यो सबै कांग्रेसले भारत सिट गरेको संधिहरुकै कारणले हो/ नेपाल माथि भारतको सदाबहार नाकाबन्दीको सुरुवात सन्धि बाटै भयको हो/ यो सन्धि कांग्रेसले नै गरे गरायको हो/ २००७ देखि हिजो सम्म पटक पटक गरेर सत्तामा सबै भन्दा बढी रहने कांग्रेसनै हो र कांग्रेसकै राजामा भारतले तराईको सिमानामा सडकको नाममा पुर्व देखि पश्चिम सम्म बाँध बनायर नेपाल दुबाउन्दै आयकोछ, के यो नाकाबन्दी होईन? भारतले नेपालमा जे जति सामानहरु बेच्दै आयको छ तेस्मा भारतकै उत्पादन सायद १०% प्रतिसत पनि होला नहोला बाकि त सबै तेस्रो मुलुकको कम्पनीले भारतमा उत्पादन गरेकै सामानहरु हुन्/ तर नेपालले तेस्रो मुलुकको पार्ट पुर्जा, प्रविधि प्रयोग गरेर उत्पादन गरेको बस्तुलाई भारतमा निर्यात गर्न नदिने भन्नु र भारतको लगानी नभयको आयोजना बात निकालेको बिजुली भारतले नकिन्ने भन्नु के नाकाबन्दी होईन? नेपालमा भारतको बिरोध भयको सुन्न र हेर्न चाहँदैन/ नेपालमा बसेर भारत बिरुद्ध केहि गरे त्यो तेस्रो मुलुकको नागरिकनै भय पनि भारत लाई सपुर्दगी गर्न नमानेकोले नेपालमा अपराध गरेर भारतमा बस्ने नेपालीलाई पनि नेपाललाई सपुर्दगी गर्ने सन्धि गर्न भारत मानि रहेको छैन/ तर भारतकै भूमिमा बसेर नेपालमा नाकाबन्दी र अपराध गर्ने गराउनेलाई भारतले संरछ्याँ दिंदै आयको छ; के यो नाकाबन्दी होईन?
    तपाईंलाई भारतको स्पिकर जस्तै भयकालाई त् उखान टुक्का सुनाउंदै हुनु हुन्छ तर खै त् नेपाल माथि अझै पनि नदि बन्द ब्यापार बन्द आदि गर्दै नाकाबन्दी लगाउंदै आउने भारत बिरुद्ध बोलेको?

    Reply
  2. Prem says:
    July 24, 2018 at 7:52 am

    रेल ल्याउने रेला गरेको रे !
    ओली तगडा हुन उखान तुक्कामा/
    तर तेस्तो आमुल परिवर्तन गर्न नसकेकोले उनको अलोकप्रियता दिनहु बढ्दो छ / सिण्डिकेट तोड्न किन हिच्किचाहट र ढिलाई?
    देशलाई अधोगतिमा लैजाने कांग्रेस र राप्रपा हीरो हुन् खोज्दैछ/ ओली र प्रचण्डकै असफल नेतृत्वले गर्दा हो भन्न मिल्ला?

    Reply
  3. Shankar says:
    July 24, 2018 at 6:22 am

    आमाको नाक को फुली र उडेको चरा हैन तिमि बेइमान हरुले नेपालि लाइ एकदिन प्यालेस्टाइन बनाउछौ |
    किनभने नेपालि हरु सिक्किम , दार्जलिङ्ग , भुटान मा र इन्डियामा आज दोस्रोदर्जाको नागरिक भएर हिजो देश नै गुमाउनु पारेको तिमिहरुजस्तई धेरै बाठो नेता र बुद्दिजिबिको को हर्कत ले थ्यो |
    गणतन्त्र आयो , अब त् देश मा सिस्टम बसला , भ्रास्टाचार को अन्त होला भनेको त् तिमीहरु त् झन् चोर को बाउ चण्डाल रहेछौ | अब येस्ता फुस्रे कुराले जनता सधै झुक्याउन पाइन्न भन्ने बुझ्नु पर्यो , तिम्ले भन्दा २-३ गुणा बढी उखान जान्ने गाउले पनि होलान नि | उखान मात्रले भुत्रो हुन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme