Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन हप्तापछि हटाइयो अस्पतालको छतमा दुर्घटना भएको हेलिकप्टर

Posted on July 23, 2018 by mysansar


आजभोलि अस्पताल र केही अग्ला घरहरुको छतमा पनि हेलिप्याड बनाउने गरिएको छ। तर यस्ता हेलिप्याडमा दुर्घटना भएको भने पहिलो पटक गएको असार १५ गते सुनियो। त्यो दिन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको थियो सिम्रिक एयरको एउटा हेलिकप्टर। तीन हप्तापछि आइतबार त्यसलाई अस्पतालको छतबाट तल झारिएको छ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममा दुई दिन सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिम दिनभर ब्यस्त रहेको थियो। अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme