Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केन्यामा उद्दार गरिएका युवती र तीन वर्षअघि नयाँ दिल्लीबाट फर्काइएका युवती उस्तै कसरी?

Posted on July 21, 2018 by Salokya

आजको कान्तिपुरमा केन्यामा २१ नेपालीको उद्दार गरिएको समाचार छापिएको छ। समाचारमा राखिएको फोटोको क्याप्सनमा भनिएको छ- केन्याको वेस्टल्यान्डस्थित मोगोसियो सडकमा रहेका दुई क्लवबाट उद्वार गरिएका नेपाली युवती। तर ठ्याक्कै त्यही फोटो  तीन वर्षअघि माइरिपब्लिकामा पनि छापिएको छ। केन्यामा भर्खरै उद्दार गरिएका र तीन वर्षअघि नयाँ दिल्लीबाट काठमाडौँ फर्काइएका युवती एउटै लुगा, एउटै पोजमा कसरी हुनसक्छ?

कान्तिपुरले यो फोटो केन्या प्रहरीको सौजन्यमा रहेको बताएको छ। केन्या प्रहरीले दिएको भन्दैमा यो सही फोटो नै हुन्छ भन्ने अनुमान गरेको देखियो। वास्तवमा केन्या प्रहरीले गरेको ट्विटमा फोटो राखिएको भए पनि उद्दार गरिएका युवती यिनै हुन् भनेर लेखिएको भने थिएन।

#Detectives from the #DCI Anti-Human Trafficking & Child Protection Unit and the Transnational Organized Crime Unit last night raided #two clubs in Mogotio Road, Westlands and rescued 21 Nepalese girls who had been Trafficked to Kenya for Exploitation. pic.twitter.com/6mXc7EA4DO

— DCI KENYA (@DCI_Kenya) July 20, 2018

वास्तवमा केन्या प्रहरीले आफ्नो ट्विटमा जथाभावी फोटो राख्नाले यस्तो भएको हो।

खासमा यो फोटो माइरिपब्लिकाका फोटोग्राफर विजय राईले तीन वर्षअघि खिचेका हुन्। खाडी देशमा लान लागिएका युवतीहरुलाई उद्दार गरी काठमाडौँ फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो फोटो खिचिएको रहेछ। हेर्नुस् रिपब्लिकाको तीन वर्षअघिको समाचार

3 thoughts on “केन्यामा उद्दार गरिएका युवती र तीन वर्षअघि नयाँ दिल्लीबाट फर्काइएका युवती उस्तै कसरी?”

  1. ramesh says:
    July 26, 2018 at 10:41 am

    गूद क्वालिटी कन्ट्रोल अफ कान्तिपुर

    Reply
  2. Mahesh Gautam says:
    July 23, 2018 at 1:10 pm

    यो फोटो बारे कान्तिपुरले के भन्यो वा लेख्यो । जान्न पो मन लाग्यो ।

    Reply
  3. madan man bajracharya says:
    July 21, 2018 at 9:02 pm

    उद्धार गरेको समाचार त् छापिन्छ तर झुक्यायर बिदेशमा यौन शोसन गराउन लग्ने दलालहरुलाई सजाय दियको बिरलै सुन्नमा आउँछ/ अझ भन्ने हो भने कयौं यस्तो कुकार्य गरेको आरोप लागेकोलाई चुनावमा पार्टीहरुले टिकट समेत दिय/ जव सम्म केटीलाई झुक्यायर यौन शोसन गराउन विदेश लग्ने दलालहरुलाई कडा भन्दा कडा सजाय दिंदैन यो कूकार्य रोकिंदैन/

    सन् १९८० तिरै भारतको कोठी बजारहरुमा ८०हजार भन्दा नेपालि चेलीहरु रहेको भइन्छ/अहिले त् सायद यै दुई लाख होईन दसौ लाखनै पुगे होला/ भारतको सबै सहरहरुमा तेस्तो कोठी बजारहरु छन्/ नेपालमा अहिले उहिले ठुला कुर्सीमा पुगेका सबै पहिला कुर्सि नपाउँदा भारत प्रवाशमा जाँदा उनीहरुले तेस्तो कोठीहरूमा नेपालि चेलीहरु दिनहु बलात्कृत हुँदै आयको नदेखेको त् हुने सक्दैन/ अहिले उनीहरु नेपालको ठुला ठुला कुर्सीमा विराजमान भयको छ र उनीहरुले चाहेमा त्यहा फसेको सबै नेपालि चेलीहरुलाई फर्काउन सक्छ; तर फ़र्काउन्दैनन/ उहिले राणाहरुले ब्रिटिश र भारतको सेनामा नेपालीलाई भर्ति गरायर ती देसको सेवा गरायकोमा कमिसन पाउँथ्यो/ त् अहिले भारतमा भारतीयको यौन त्रिस्ना मिताउन लाखौँ नेपालि चेलीहरुलाई भारतको कोठी बजारमा रही रहन बाध्य गरेर कसले केहि त् पक्कै पाउने गरेको छ नभय त्यहा फसेको नेपालि चेलीहरुलाई उद्धार गरि हाल्थ्यो र तेस्तो ठाउँ मा नेपालि चेलीहरुलाई झुक्यायर फसायर पुर्याउने दलालहरुलाई सजाय दिन्थ्यो/ म त् यति सम्म भन्छु कि नेपालि चेलीहरुलाई भारत बा अरु देसमा यौन पेसा लगाउनेहरु दलाल हुन् भने तेस्तो दलालहरुलाई सजाय नदिलाउने र नेपाली चेलीहरुलाई उद्धार नगर्नेहरु तेस्ता दलालको पनि दलाल हुन्/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme