Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक महिनापछि फेसबुक वा इमेलबाट जिस्क्याएमात्र पनि एक वर्ष कैद हुने

Posted on July 20, 2018 by Salokya

अहिले साउन महिना चलिरहेको छ। एक महिनापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। अस्ति भिक्षा माग्ने कानुनबारे र हिजो अश्लील सामाग्रीबारे चर्चा गरेका थियौँ, आज जिस्क्याए वा धम्क्याएको बारे।

तपाईँलाई थाहा छ? एक महिनापछि फेसबुक वा इमेलबाट कसैलाई जिस्क्याए वा धम्क्याएमात्र पनि एक वर्ष कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा?

यस्तो कानुन पहिले पनि नभएको हैन। तर अहिलेको कानुनमा विद्युतीय माध्यम भनेर इमेल, इन्टरनेट जसमा फेसबुक, ट्विटर आदि पनि पर्छन्, त्यसबाट जिस्क्याए वा धम्क्याए पनि एक वर्षसम्म कैद हुनसक्छ।

ऐनको दफा ३०० मा यस्तो भनिएको छ-

यसले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल, इमेल आदिबाट कसैलाई धम्की दिएमा, सताएमा, जिस्क्याएमा वा अन्य कुनै किसिमको अनुचित व्यवहार गरेमा पनि एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

त्यसैले अब सावधान हुनुस्।

1 thought on “एक महिनापछि फेसबुक वा इमेलबाट जिस्क्याएमात्र पनि एक वर्ष कैद हुने”

  1. आनन्द says:
    July 20, 2018 at 8:17 am

    सम्बन्ध विच्छेद पछि श्रीमतिले अंश नपाउने भन्ने हल्ला छ । त्यसलाई पनि प्रष्ट पार्दिनु पर्यो सालोक्य जी ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme