
हिजो राति बसेको ने क पाको बैठकले डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने निर्णय गरेसँगै आज जुम्लामा केही न केही हुने अनुमान धेरैले गरिसकेका थिए। डा. केसी आमरण अनसन बसेको आज २० औँ दिन थियो। उनको स्वास्थ्य लगातार बिग्रँदै थियो र सिसियुमा राख्नुपर्ने स्थिति कुनै पनि बेला आउन सक्ने भनिएको थियो। तर उनी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यो सुविधा थिएन।
बिहानै डा. गोविन्द केसीको एउटा अडियो सार्वजनिक भयो जसमा उनले भनेका थिए- ‘राज्यले यहाँबाट अपहरण गरेर काठमाडौँ लैजाँदै छ। हाम्रो अभियान तुहाउँन खोज्दै छ। सरकार मेरो स्वास्थ्यमा चिन्तित छ भने मरो माग पूरा गर म अनशन तोड्छु। यो मेरो पवित्रस्थान हो। जबसम्म माग पूरा हुँदैन म यही जुम्लामा बसेर सत्याग्रह जारी राख्छु। मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन र गुन्डागर्दी चल्दैन।’
सुन्नुस् अडियो-
सुरुमा गोविन्द केसीलाई प्रतिष्ठान हाताभित्र प्रवेश गर्न दिइएको थिएन, निषेधाज्ञा छ भन्दै। उनलाई एउटा चीसो हलमा राखिएको थियो। त्यहीँबाट उनले अनसन सुरु गरेका थिए।
पछि स्वास्थ्य बिग्रँदै गएपछि प्रतिष्ठान (अस्पताल) सारिएको थियो।

डा. केसीलाई एयर लिफ्ट गर्न सरकारी प्रतिनिधिहरु अस्पताल हाता पुगेपछि जुम्लाका विद्यार्थीहरु र महिलाहरुले मानव साङ्ग्लो बनाई घेरेका थिए।




अस्पताल हाता ठूलो संख्यामा आएका प्रहरीहरुले घेरेका थिए।


यत्तिकैमा जुम्लाकी आमाहरुको समूहलाई तितरबितर बनाउँदै अस्पताल हातामा प्रहरी पस्यो। त्यहाँ अश्रुग्यास पनि प्रहार गर्यो। लाठिचार्ज पनि भयो। करिब ३०-४० जना विद्यार्थी र नर्सहरु घाइते भए। केही विद्यार्थी बेहोस पनि भए। त्यहाँको इमर्जेन्सी पूरै प्याक। अश्रुग्यास र सिसाको गोली चलेको समेत भनियो।
यस्तैमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रहरीको मृत्यु भएको खबरसमेत आयो। तर पछि त्यो समाचारको खण्डन गृह मन्त्रालय र प्रहरी मुख्यालय दुवैले गर्यो।
यद्यपि प्रहरी हताहत भएको माइकिङ प्रहरी स्वयंले गरेको दावी पनि गरियो अडियोसहित
आफू त्यहाँ बसे रक्तपात हुने भन्दै डा. गोविन्द केसी काठमाडौँ जान तयार भए। सुरुमा उनले आफू सरकारी खर्चमा हेलिकप्टरमा नजाने भनेका थिए। तर पछि आर्मीकै हेलिकप्टरमा उनी आए। उनलाई सुरुमा टुँडिखेलमा उतारी वीर अस्पताल लैजाने तयारी गरिएको थियो। तर डा. केसीले टिचिङ जाने भनेपछि उनकै इच्छा अनुसार टिचिङ लगियो।
लुकाइएको विषय
प्रहरी र गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रहरीमाथि सिसा र चिपर्ट प्रहार भएको र चिर्पटमा भएको किला छातीमा गढेर प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएको उल्लेख छ।


यी विज्ञप्तिहरुमा प्रहरीले अस्पताल हातामा लाठिचार्ज गरेको र अश्रुग्यास प्रहार गरेको उल्लेख छैन। प्रहरीको ज्यादतिका कारण घाइते भएका विद्यार्थी र नर्सहरुबारे केही पनि उल्लेख छैन।
अस्पताल हाताभित्रै लाठिचार्ज र अश्रुग्यास प्रहार हुनु गम्भीर विषय हो। एक जना सत्याग्रहीलाई जबर्जस्ती लैजान यस्तो ज्यादति हुनु अति हो। अस्पताल हातामा भएको ज्यादतिबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि बोलेको छ विज्ञप्तिमार्फत्

आन्दोलनकारीको विज्ञप्तिमा चिर्पट प्रहार भएको बारे केही उल्लेख छैन भने प्रहरीको विज्ञप्तिमा अस्पतालभित्र लाठिचार्ज र अश्रुग्यासको कुरा छैन।
जुम्लामा भएका डाक्टरले यसो लेखेका छन्-

प्रहरीले गोली चलेको हैन भने पनि सिभिल ड्रेसमा रहेका ती प्रहरीलाई गोली नै लागेको खबरहरु पनि आएका छन्। अहिले नेपालगञ्जमा उपचारका लागि रहेका ती प्रहरीलाई गोली लागेको नलागेको कुरा त राज्यले नलुकाउने हो भने एक्सरे लगायतका रिपोर्टबाट प्रष्ट हुने नै छ।
जबर्जस्ती गरेर डा. केसीलाई काठमाडौँ त लगियो तर अस्पताल पूरै ध्वस्त भएको छ। अस्पताल तोडफोड भएको छ। यसको क्षति कसले पूर्ति गर्ने हो !







यातायात, म्यान पावर, निर्माण कम्पनि र ठेक्काहरुमा जस्तै मेडिकल कलेजमा पनि दलिय राजनैतिक स्वार्थ गांसियकैछ/ यसमा डाक्टर गोबिन्द केसीज्यु बाधक बन्नु भयो र यमालेको निमित पनि अरुचिकर बने/ यमालेको निमित अरुचिकर बने पनि डाक्टर गोबिन्द ज्यु नागरिकको निमित लोकप्रिय बने/ नागरिकलाई मन परेको तर यमालेलाई मन नपरेको डाक्टर गोबिन्द केसी ज्यु अनसन बसेर असक्त भय/ यमालेलाई मन नपरेको डाक्टर यमालेकै सरकार रहेको बेला अनसन बसेर असक्त बनेको लाइ कांग्रेसीले यमालेको बिरोध गर्ने अवसर बनाउन खोजे त् सजिलै समाधान हुने बिषय जटिल बने/
के भाको होला कुन्नि ?
संकै छैन यसमा १००% ओली सरकार जिम्मेबार छ. साथ साथै ओली सरकार ले जन विश्वास मात्रै गुमायको छैन, आफ्नै खुट्टा मा बन्चरो ले हानेको छ . सरकार अब सधै को लागि लंगडो भयको छ.
नेपाल को कानून अनुसार को सजाय दिनु पर्छ ।