Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँलाई थाहा छ? एक महिनापछि ब्लु फिल्म बोकी हिँडेमात्र पनि एक वर्ष कैद हुनसक्छ

Posted on July 19, 2018July 19, 2018 by Salokya

अहिले साउन महिना चलिरहेको छ। एक महिनापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। हिजो भिक्षा माग्ने कानुनबारे चर्चा गरेका थियौँ, आज अश्लील सामग्रीबारे।

तपाईँलाई थाहा छ? एक महिनापछि अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा? 

यो कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन।

यसअघि पनि यस्तो कानुन नभएको हैन तर त्यसले विद्युतीय सञ्चार माध्यमलाई समेटेको थिएन। अब भने इन्टरनेटमा राखिने यस्ता सामग्रीलाई पनि समेट्नेछ।

ऐनको दफा १२१ को (घ)ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ। अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने भो।

उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

अब यो कानुन आएपछि युट्युबमा अश्लील भिडियो राख्नेहरु वा इन्टरनेटमा त्यस्ता सामग्री राख्नेहरु कानुनी दायरामा आउने भएका छन्।

13 thoughts on “तपाईँलाई थाहा छ? एक महिनापछि ब्लु फिल्म बोकी हिँडेमात्र पनि एक वर्ष कैद हुनसक्छ”

  1. Milo says:
    August 16, 2018 at 9:16 am

    अब भनेपछि भोलि गएर इन्टरनेटमा पनि रोक लगाउने भो यो सरकारले.
    बिहानदेखि के गनायो के गनायो भनेको त नेपाल सरकारको नभएको दिमाग कुहिएको पो गनाएको रहेछ | थुक्क !!

    Reply
  2. Sunny says:
    July 25, 2018 at 4:09 am

    यो कुरा सहि हो भने यो बाम पन्थी हरु को पतन चाडै नै हुन्छ ! डेमोक्रेटिक सिस्टम बात आएर socialist बाम पन्थी हुन् खोजेको ठिकै थियो तर dictator ताल ले जनता लाइ चलाउन खोजेको भए चाइ यी साला हरु को अब खएर छैन ! धेरै नै उम्लियो !!

    Reply
  3. Arjun says:
    July 21, 2018 at 3:52 am

    शेरेले भनेको ‘हाँस्न पनि पाइन्न’ भन्ने दिन आएकै हो त ए गाँठे!

    Reply
  4. gokul pokharel says:
    July 20, 2018 at 9:42 am

    nautanki bhanda aru kehi hunna yo deshma…chahine bhanda nachahine dherai sochne…garibi hataune tira dhyan jaaos….rojgar sirjana tira bahas chalos…product manufacture garna tira aakha jaaos…yesta waaiyat kaam tira kina time kharchinu par6 ra…herne le her6..nahernele herdaina…

    Reply
  5. Aakash says:
    July 20, 2018 at 6:57 am

    Bhane paxi Nepal ka sabai yuva jail jane bhaye?

    Reply
  6. Ratna Thapa, London says:
    July 19, 2018 at 10:46 pm

    यता यूरोप तिर ISP हरुले parental कन्ट्रोल फिल्टर राख्ने गर्छन, इन्टरनेट एकाउन्ट होल्डरले आफ्नो पासवर्ड यूज गरेर अश्लील, पोर्न, जुवा, क्राइम, जस्ता साइटहरुमा छानी छानी ब्लक गर्न सक्छ; उसको इन्टरनेट प्रयोग गर्नेले त्यस्ता फोहोरी वा असामाजिक क्रियाकलाप सम्बन्धि साइट, विडियो वा गेम हेर्न सक्दैन | सबै साइटको नाम लेखी लेखी ब्लक गर्नु पर्दैन, अश्लील भने पुग्छ, कुनै पोर्न साइट खुल्दैन | भिखारीलाइ मात्र टार्गेट गरेर कानून बनाए जस्तो ISP लाइ लक्षित गरेर त्यस्तो कन्ट्रोल राख्नु अनिवार्य गर्नु हो भने सरकारको र धेरै जस्तो जनताको उद्धेश्य पूरा हुनेथियो | विशेष गरेर अहिलेका युवा युवती विद्यार्थीवर्ग देखि ८० वर्ष पुग्दा पनि कुलत लागेका सबैमाथी केही हद सम्म अंकुश लाग्ने थियो |

    Reply
  7. Shankar says:
    July 19, 2018 at 9:42 pm

    पानि जाहाज , र रेल मा बोकी हिडेमा एक बर्स कैद भनेको हो | गुण्डा सभासद भएको ठाउमा कतिको मोबाइल चेक गर्ने हो भने उनैको फोन मा ब्लु फिल्म भेटिन छ | के नियम बनाउछ | आर्को पार्टीको कार्यकर्ता लाइ फसाउन सजिलो हुने ठानेर जन्तु हरुको खोपडी बलेको हो कि |

    Reply
  8. jitu says:
    July 19, 2018 at 7:41 pm

    सरकारले सक्ने हो भने देश भरि अस्लिल भिडियो युत्युब, पोर्न साइट नचल्ने बनाउनु पर्यो, नभय के को येन कानुन हो यो जमानामा आएर, मात लागेको वाम सरकार

    Reply
  9. madan man bajracharya says:
    July 19, 2018 at 3:01 pm

    ब्ल्यु फिल्म बोकी हिडे यक बर्ष कैद हुने कानुन बन्ने भयो/ तर कसरि कार्यान्वयन गर्ला यो कानुन? ब्ल्यु फिल्म नै कसैले बोकी हिड्न सक्दैन/ उहिले जस्तो ब्ल्यु फिल्मको रिल, भीसीआर टेप भिसिडी सिडी अब कोहि बोक्दैन बोक्ने त् ल्याप टप, ट स्मार्ट फोन नै हो/ ल्याप टप र स्मार्ट फोन त् यो कानुन बनाउने सबैले बोक्छन/ त् के उनीहरु पनि अब यक महिना पछि सबै जेल जाने भयो?
    नेपालि चेलीहरुलाई भारतको बेस्यालायामा बेच्नेलाई सर्वस्व जफत गरेर आजीवन कैद हुने कानुन बनाउन्दैनन; उल्टै तेस्तै धन्धा गर्नेलाई चुनावमा टिकट दिन्छन/ भारतको ब्यस्यालयमा लाखौ नेपालि चेलीहरु अहिले पनि दिनहु बलत्कृत हुँदै छन् तिनीहरुलाई त्याहा बात मुक्त गर्ने कुनै प्रयास गर्दैनन्/ तर ब्ल्यु फिल्म बोके यक बर्स कैद हुने नौटंकी कानुन बनाउञ्छन/

    कुनै कुनै मात्रै आफु खुसि यौन धन्दा मा लाग्छिन/ मात्र हाँसे पनि नारि बेस्या हुने कथन महान थान्नेहरुकै कारणले समाज र सरकार र ब्यबस्था चलाउनेहरु यौन सम्भंद को कुरामा घिनै लाग्ने गरि संकुचित भयकै कारणले नेपाली नारीहरु बेस्या बन्न र यौन अपराध गर्न बाध्य भयको हो/ पुरुषले गरे केहि नहुने नारीले गरे घोर अपराध हुने ठान्नेहरु समाज र सदन चलाउने भयकैले नेपालि नारीहरु सिट पुरुषको साधन र सेविका बन्न तयार नभय बेस्या बन्नु पर्ने भयको हो/ तेसैले ब्ल्यु फिल्म बोक्ने होईन यस्तैलाई जेल हाल्न नसकिने भय बहिस्कार गर्नु पर्छ/

    Reply
  10. simit gauchan says:
    July 19, 2018 at 12:41 pm

    भुस्का थैला……!

    Reply
  11. sahas says:
    July 19, 2018 at 12:30 pm

    राम्रो यो र अर्को पोस्ट हेर्दा खेरि चाही यो संसारको उत्क्रीस्त कानुन हुने वाला देशमा जन्मिँदा गौराव्वान्वित महसुस भएको हामीलाई लागि रहेको छ |

    Reply
  12. Ramesh says:
    July 19, 2018 at 11:56 am

    This reminded me of the communist regime in East Germany (1984) where those pornographic materials are not allowed to carry. Are we following those outdated old thoughts in democratic country? It strangles the personal freedom of the people. How many democratic countries in the world have promulgated such laws? Do you have answer? Kahin nabhayeko jatra Hadi gaonma.

    Reply
  13. Mahendra Gorkhali says:
    July 19, 2018 at 1:45 am

    Pen drive lukaunu parne bho ta?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme