Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक महिनापछि माग्‍न नपाइने : मागे हजार रुपैयाँ, माग्न लगाए १० हजार रुपैयाँ जरिवाना र कैद पनि

Posted on July 17, 2018 by Salokya

आज साउन १ गते। अबको एक महिनापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। आज भिक्षा माग्ने कानुनबारे।

भदौ १ गतेदेखि भिक्षा माग्ने वा माग्न लगाउने काममा प्रतिबन्ध लाग्नेछ। भिक्षा मागे एक हजार रुपैयाँ र अरुलाई माग्न लगाएमा १० हजार रुपैयाँसम्म जरिवाना र कैदसमेतको व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। 

ऐनको दफा १२६ मा गरिएको व्यवस्था अनुसार तीन प्रकारका काममा दण्ड लाग्नेछ-

  • कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा मागेमा
  • कसैले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा माग्न लगाएमा
  • अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन दिएमा

यसो गरेमा हुने दण्ड र जरिवाना यस्तो छ-

  • पहिलो पटक भिक्षा मागेको भए एक महिना कैद वा एक हजारसम्म जरिवाना
  • दोस्रो पटकदेखि प्रत्येक पटक दुई महिना कैद वा दुई हजारसम्म जरिवाना
  • माग्न लगाएको भए पहिलो पटकमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै
  • दोस्रो पटकदेखि प्रत्येक पटक तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै

अनि यसमा कुनै साधु सन्त जोगी वा भिक्षुलाई भन्ने कानुन नलाग्ने भनिएको छ।

तपाईँलाई यो कानुन कस्तो लाग्यो त? सरकारले चाहिँ विदेशी दातृ राष्ट्र वा निकायसँग माग्न हुने, जनताले चाहिँ नहुने भनेर चाहिँ नभन्नु होला है फेरि।

 

26 thoughts on “एक महिनापछि माग्‍न नपाइने : मागे हजार रुपैयाँ, माग्न लगाए १० हजार रुपैयाँ जरिवाना र कैद पनि”

  1. Pingback: भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद « Mysansar
  2. SUSHIL says:
    July 23, 2018 at 10:34 am

    यो नियम राज्यलक्ष्मी गोल्छाका माग्नेहरुलाई लागु होला कि नहोला?

    Reply
  3. madan man bajracharya says:
    July 21, 2018 at 9:38 pm

    जोगी भिछ्यु लाई नलाग्ने भने पछि यो कानुन कानुनको कितावमा मात्रै सिमित रहनेछ/ किन भने आफु जोगी बा भिछ्यु भयको भनेर सरकारमा दर्ता गरेर परिचय पत्र लिनु पर्दैन/ तेसैले मात्र जोगीले लगाउने रंगको कपडा लगायो बा हातमा केहि टुक्रा फूलहरु र रातो टिका राखेको पात्र लियर माग्न थालेमा कानुन त् नलाग्ने नै भयो/

    सायद साथीहरुलाई याद हुनु पर्छ; उहिले भारतले दिल्लीको पर्यटकीय स्थलहरुमा माग्नेहरूलाई समाउन्दै हातमा ५०० / ५०० खर्च दियर नेपाल हुल्यायको थियो/ तिनै भारतीय माग्नेहरू ( ठग बाबा) जोगीको बस्त्र लगायर नेपालको ठमेल बसन्तपुर आदि पर्यटकीय स्थलहरुमा बिदेशी पर्यटकहरु सिट फोटो खिचाउने अनि उनीहरुले भने जत्तिको रकम त्यो पनि सके सम्म दलरमै नदिय सम्म पछि लगेर हैरान बनाउंदै आयको हो/ अब तेस्तोलाई नलाग्ने कानुन बनायर मागेरै खान बाध्य भयको नेपालिहरुलाई पनि तिनै भारतीय ठग बाबा जस्तै बन्न बाध्य गरे/
    यो संदर्वमा मलाई यौटा कुरा याद आयो/सन् २००१ मा म साही नेपाल बायु सेवा निगमको आर्थ प्रवन्धक पदमा जर्मनको फ्रेंक फोर्ट स्थित निगमको कार्यालयमा सरुवा भयको थिय/ निगमको त्यो कार्यालयमा बसन्तपुरमा पर्यटकहरुलाई संगै फोटो खिचाउन लगायर भने जत्तिको रकम नदिय सम्म हैदान नै गर्ने भारतीय ठग बाबाको ठुलो तस्विर नेपालको कुमारीको तस्विर संगै झुन्द्यायाको देखे/ मैले बसन्तपुरमा त्यो ठग बाबालाई पर्यटकहरुलाई हैदान गर्दै गरेको देखेर जम्मायर थप्पड हानेको र तेस्को बारेमा बसन्तपुरको प्रहरी कार्यालयमा समेत रिपोर्ट गरेको थिय/ प्रहरीले तेतिबेला तेसलाई कार्यवाही गर्न असमर्थ भयको भनेको थियो/ तेस्तो भारतीय ठगबाबाको तस्विर निगमले होईन नेपालको सरकारको पर्यटन मन्त्रालयले छापेको थियो/

    “भारतीय ठगा बाबाहरुलाई नलाग्ने र नेपालीलाई मागेर खानु नपर्ने ब्यबस्था नगरेर मागेर खाय कैद सजाय र दण्ड दिने कानुन बनाउनेलाई के उपनाम दिने खै ?”

    Reply
  4. Pingback: एक महिनापछि फेसबुक वा इमेलबाट जिस्क्याएमात्र पनि एक वर्ष कैद हुने « Mysansar
  5. lok nath sigdel says:
    July 19, 2018 at 10:20 pm

    पहिलो कुरो सरकार ले नि माग्न छोड्नु पर्छ सरकारले मागी मागी गरिब जनताको टाउकोमा ऋण थुपारेकोले बाध्य भएर माग्नु परेको हो बिचरा गरिब र असक्त हरु जसले मागेर गुजारा चलाई राखेका हुन्छन उसले कसरि जरिवाना तिर्ने? यदि तिर्नु पर्यो भनि मागेर नै त हो नि सरकार जरिवाना तिर्ने ? देसै डुबाउने र आँफु मात्र मोटाउने नेताहरुको मनपरी तन्त्र छ देशै कंगाल बनाउने घिनलाग्दो मन्त्र छ !!!

    Reply
  6. Sunil, London says:
    July 19, 2018 at 6:51 pm

    यो नियम रद्दी को टोकरीमा फाले हुन्छ ! नेपालमा ९० प्रतिशत माग्ने भारतीय छन् , उदाहरण पशुपतिनाथ मन्दिर मा गएर हेर्नुस ! येत्रा भारतीयको रोजगारी खोसेको आरोपमा फेरी मोदी साहब ले ओली जी को सरकार नै ढालिदेलान नि, होस पुर्याएर मात्र नियम बनाउ है नेपाली नेता हरु, मालिक संग “पंगा” नलिएकै राम्रो, यहि निहु मा फेरी “नाकाबन्दी” चालु होला !!!

    Reply
  7. Naresh Rajbhandari says:
    July 19, 2018 at 6:26 pm

    नेपालले विदेशी सरकारसंग मागेर ल्याएको वजेटवाट विकास गरे कस्लाई कारवाही गर्ने त ? लिपुलेक

    Reply
  8. MANI says:
    July 19, 2018 at 10:19 am

    भिक्षा मा पनि ?

    Reply
  9. Pingback: तपाईँलाई थाहा छ? एक महिनापछि ब्लु फिल्म बोकी हिँडेमात्र पनि एक वर्ष कैद हुनसक्छ « Mysansar
  10. Susu says:
    July 18, 2018 at 9:20 pm

    कमेन्ट पढ्दा लाग्छ येहा कसैले पनि गहिरिएर सोचेर विचार गरेर लेखेको जस्तो लाग्दैन. कतै मैले सुनेको थिए –हचुवाको भरमा. तेस्तै लाग्छ. माग्ने मान्छे हरु आफ्नो इछ्याले भन्दा पनि अरुको दबाबमा माग्ने गर्छ. निरुत्साइत गर्ने पर्छ तर नेपाल जस्तो धनि (नेता लाइ हेर्नुस न) देसमा लागु गर्न अलि गारो पर्छ कि.

    Reply
  11. Lj says:
    July 18, 2018 at 7:17 pm

    मन्दिरमा पनि माग्नेहरू नहुने भएत भक्तजन हरुलाई गाह्रो होला! कसलाई दिने भिक्?
    अब भिक् दिनेलाइ पनि कर्भई गर्नु पर्छ. अनि जुस्तिस हुन्छ !

    Reply
  12. Suresh Gurung says:
    July 18, 2018 at 12:58 pm

    कुन उल्लुले बनाको कानून होला? ३ छक पर्छु मा त् ।भिकारी ले आफु संग न भएर त माग्ने हो नि । भिकारी संग छैन भने जरिवाना केले तिर्ने?
    अनि साधु, सन्त, जोगी लाइ चाहि माग्न छुट छ रे। भनेसी अब सब भिकारी हरु साधु, सन्त, जोगी बन्ने भये। अब घरमा १-२ जना जोगी आउने ठाउमा दिन को १५-२० जना आउने भो त। क्यार्ने होला?

    Reply
  13. Sanjay says:
    July 18, 2018 at 12:46 pm

    गरिबी हटाउने हैन, गरिब नै हटाउन लाग्य जस्तो छ त, देस धनि भएछ कि क्या हो.

    Reply
  14. madan man bajracharya says:
    July 18, 2018 at 12:06 pm

    मागे बा माग्न लगाय जरिबाना र कैद सजाय नै हुने भय अब यो आफै मागी खानेको सरकार र पार्टी कसरि चल्छ होला/ अब फेरी अर्को नेपाल सिट मागेर नपाय पेलेर ढाटेर लिने दिल्लीले अर्को सम्झौता गरायर बनिने सरकार र ब्यबस्था आउने त् होलानी/

    Reply
  15. Yam pun says:
    July 18, 2018 at 11:22 am

    देशै मागेर चलाउनेहरुले माग्ने र माग्न लगाउनेलाई सजाय दिन कानुन बनाउनु कहाँ सम्म हास्यास्पद होला ? बरु सरकारमा बस्ने नामर्द पानी मरुवाहरुले भ्रष्टाचारि, डन, माफिया, मानव बेचबिखन, लागू औसधि र बलात्कारिहरुलाई फासिको सजाय हुने कानुन बनाए हुने नि ।

    Reply
  16. Rajendra Giri says:
    July 18, 2018 at 9:16 am

    हैन एसमा donation माग्ने पर्छ कि पर्देन होला ?

    Reply
  17. गौरव नेपाली says:
    July 18, 2018 at 7:14 am

    पहिलो कुरो, मगन्ते नियन्त्रण गरिने पर्छ| हद भयो| तर मगन्ते हटाउन भन्दा पनि जुन मगन्ते प्रबित्तिको हावी भएको छ त्यो निर्मुल गरिन पर्छ|
    यस सन्दर्भमा एउटा कुरो पस्कन मन लाग्यो|
    हाम्रो समाज र राज्य व्यवस्था संचालनकर्ताहरुको एउटा प्रभावशाली हिस्साको ढांचा नै मगन्ते माग्ने प्रवृत्तिले प्रभावित र दिग्दर्शित
    बनेको छ र त्यही मानसिकतालाई पुर्ब र वर्तमान सरकारले पनि अंगाल्दै आएका छन| समयान्तरमा जजमानी र काट्टो खाने जस्ता प्रथा र पेशा
    अनि अरुको कमाईको अंश येन के प्रकारेण हात पारु सोच अहिले मौलाएर बौलाएर अर्कै विभत्स कला रुप धारण गरेका छन| सरकारी
    सेवामा रहिआएका मध्ये धेरैले त्यही मागीखाने प्रबित्ति वा आफ्नो हात जगन्नाथ अपनाउदै आएका छन|
    हाम्रो आज र भोलिको विकराल समस्या के भने त्यही मगन्ते प्रबित्ति र सोच, आफै मात्र खाउँ, आफ्नो जात, नाता र परिवारलाई मात्र
    पोषाउ भन्ने हो| सुशासनका वाधक पनि यिनै सोच र व्यवहार हुन्| यस्ता सोचमा डुबेका मुलुकका संचालनका लागि डाडु पन्यु आफ्ना
    हातमा लिएकाहरुले समृद्धि सम्वृद्धि भनेर मात्र हुने होइन| ल हेर्नुस, निजामति सेवा देखुन लिएर राजनीतिमा खेल्नेहरु सहित अन्य
    सबै सरकारको ढुकुटीबाट तलब सुविधा भत्ता खाने अधिकतम कुन सोचमा हुर्केका बढेका छन, एक क्षण सोचौ त?
    सडकका माग्नेलाई कानुन बनाएर हटाए पनि माथि उल्लिखित सोच भएका र राज्य संचालनमा आधाउधि सम्पुर्णै जिम्मेवारी लिएकाहरुलाई
    के गर्ने? मुलुकलाई मगन्ते बनाएको दशकौ भयो तर राहत मिलेको छैन, अधिकतम उनीहरुकै छोरा छोरी आफन्त पढे बढे ठुला जागिर
    पाए युरोप् अमेरिका अष्ट्रेलिया गए| साधारण गरिखाने जनतालाई अरब जान वाध्य हुनपर्यो| वहस गरिखाने vs. मागिखाने प्रबित्ति हटाउने
    कानुन बारे हुनपर्ने|
    हरे शिव, अब कसलाई साधु सन्त जोगी भिक्षु मान्ने होला जब प्रशासनमै यी हावी छन अबस्त्रधारण रुपमा?
    पशुपति, सिम्भु र घनटाघरमा डडेलो देखाएर माग्ने कसरि नियन्त्र गर्ने हो?
    कानुनै बनाएर पनि स ही कार्यन्वयन भएन भने के मतलब? कामपा अक्षम रहेकै हो?
    |

    Reply
  18. प्रकाश बस्नेत,चितवन ,हाल यु ए इ,अबु धाबी says:
    July 18, 2018 at 5:52 am

    पक्कै पनि हाम्रो देशमा काम गर्नको अल्छीले खरानी धसी कमान्डलु बोकी हिड्ने देखि चोक,गल्लीमा मागी हिड्ने धेरै छन्।अझै भन्ने हो भने बिहारबाट परिवार सहित आएका तर घर बारा,पर्सा,रौतहट,सिराहा,धनुषा बताउने थुप्रै भेटिन्छन्। र अर्को महत्त्वपूर्ण कुरा माथी उल्लेखित कानुनमा अपांग,बृद्धअबश्थाका ब्यक्ति जो परिवार बिहिन छन् र काम गरि खान पनि नसक्ने अवस्थाका छन् त्यस्ताका लागि केही उल्लेख गरेको पाइएन।
    तसर्थ नियम कानुनका ठेली बनाउनु र जबर्जस्ती लाद्नु ठूलो उपलब्धि होइन,नियम लागू गरिए पछि आउने परिवर्तन र समस्याका बारेमा पनि सरकार उत्तिकै सचेत बनोस्।
    अन्त्यमा: सरकार चलाउने टाउकेहरुलाइ हामी हात बाधेर बस्छौं हाम्रो भराकीमा अन्न भरिदेउ भन्ने चाहाना कुनै जनताको होइन तर जुन किसिमको मुल्य वृद्धि,कर लागू गर्दै छ त्यस्को प्रतिफल पाउनुपर्ने जनताको अधिकार हो।
    जनताले बुझाएको करले सत्तामा बसेर भत्ता मात्रै खादै,देश र जनताका लागि समर्पित छु भन्नू महा पाप हो।

    Reply
  19. Saru Chhatri says:
    July 18, 2018 at 4:52 am

    यो कानुन मलाई निकै राम्रो लाग्यो. काम गर्नाको दुखले अरुको अगाडी हात पसारेर खान पल्केका हरुलाई निरुत्साहित गर्ने पर्छ. छिमेकी मुलुक बाट मागेर पैसा कमाउन परिवार सहित आउने र छ महिना मा करिब एक लाख (५ जना परिवार को गरेर) कमाएको मलाई नै थाहा छ.

    Reply
  20. Kiran Rijal says:
    July 18, 2018 at 3:04 am

    “सरकारले चाहिँ विदेशी दातृ राष्ट्र वा निकायसँग माग्न हुने, जनताले चाहिँ नहुने भनेर चाहिँ नभन्नु होला है फेरि।”
    हाहा हा हा हा हा / बडो चोटिलो कुरा गर्नु भयो./
    तेही भएर त म यो ब्लग सधै दिनको एक चोटी हेर्ने गर्छु /

    Reply
  21. bijay says:
    July 18, 2018 at 3:03 am

    माग्नेलाइ जरिवाना..हा हा हा हा
    अनि जरिवाना तिर्ने पैसा नभए फेरी मागेर पैसा जम्मा गर्न पठाउने??

    Reply
  22. Rajeev says:
    July 18, 2018 at 2:17 am

    Ab sarkar Lai vig na puger hola!

    Reply
  23. Salik says:
    July 18, 2018 at 12:56 am

    Nepal ?? jogi bhayeko huda yo niyam lagu nahune….

    Reply
  24. Susu says:
    July 18, 2018 at 12:18 am

    बढी भन्दा बढी जन्समुदाये समक्ष्य यो कुरा जावोस.

    Reply
  25. Khum bahadur oli says:
    July 17, 2018 at 11:31 pm

    अनि जो केहि पनि गर्न सक्दैन र उस्को कोहि सहारा पनि छैन भने उस्लाई के कुनै काम पाउँछ वा कुनै राहत

    Reply
  26. Debu says:
    July 17, 2018 at 11:15 pm

    Garib ani magne haru ko vewatha gari yo kanun lagema alik ramro hunthyo ki…!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme