Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रसिया विश्वकप फाइनलको त्यस्तो दृश्य जुन तपाईँले टेलिभिजनमा लाइभ देख्‍न पाउनु भएन

Posted on July 16, 2018July 16, 2018 by Salokya


रसिया विश्वकपको फाइनलमा धेरै नेपालीहरुको सहानुभूति समर्थन क्रोएसियालाई थियो। फ्रान्स सशक्त टिम थियो नै। नभन्दै फ्रान्सले ४-२ को अन्तरले फाइनल जितेर विश्वकप घर लाने भयो। यो विश्वकपको फाइनलमा गजबै भयो। आत्मघाती गोल पनि क्रोएसियाले नै गर्‍यो। भिएआर रिभ्युबाट पेनाल्टीमा गोल पनि क्रोएसियाले नै खायो। गोलकिपरको सिल्ली मिस्टेकबाट गोल गर्ने मौका पनि क्रोएसियाले नै पायो। यो सब दृश्य त तपाईँले टेलिभिजनमा लाइभ नै देख्नुभयो होला। तर एउटा दृश्य भने धेरै देख्न पाउनु भएन। त्यो हो मध्यान्तरपछिको केही मिनेटपछि कडा सुरक्षा व्यवस्था भएको स्टेडियममा चार जना दर्शक छिरे। उनीहरु छिरेको केही समयसम्म त टिभीमा लाइभ देखाइएको थियो तर पछि देखाइएन। मैदानमा उपस्थित दर्शक र पत्रकारहरुले भने यो दृश्य खिचेका छन्। हेर्नुस् टेलिभिजनमा लाइभ देख्न नपाउनुभएको दृश्य।

माथिको फोटोमा क्रोएसियाका डिफन्