Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको लेटरप्याडमा पार्टीको विज्ञप्ति

Posted on July 14, 2018 by Salokya


प्रधानमन्त्री देशको हुन्छ, कुनै एउटा पार्टीको हैन। देशको भएकोले सबै पार्टीका प्रधानमन्त्री उही हुन्। तर सबैको हुनुपर्ने प्रधानमन्त्रीले पार्टीको विज्ञप्ति आफ्नो लेटरप्याडमा सार्वजनिक गरेको पनि देख्नुपर्‍यो। त्यसो त दुई तिहाईको सरकार भएकोले जे गरे पनि भइहाल्छ भन्ने पनि भएको हो कि।

प्रसंग हिजो जारी गरिएको पूर्व राज्यमन्त्री मुस्ताक आलमको निधनबारेको विज्ञप्ति हो। यस्तोमा प्रधानमन्त्रीले विज्ञप्ति जारी गर्नु नौलो कुरा हैन। तर विज्ञप्तिको भाषा हेर्नुस् त।

विज्ञप्तिको भाषामा हाम्रो पार्टी लेखिएको छ। हाम्रो पार्टी उहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ भनिएको छ। जबकि प्रधानमन्त्रीका तर्फबाट त देशको प्रतिनिधित्व पो गर्ने हो। देशको तर्फबाट पो समवेदना दिने हो।

अझ विज्ञप्तिमा पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भनिएको छ।

विज्ञप्तिको भाषा हेर्दा यो पार्टीको लेटरप्याडमा आउनु पर्ने व्यहोरा देखिन्छ। तर प्रधानमन्त्रीको लेटरप्याडमा आएछ। नयाँ पार्टी भएकोले लेटरप्याड बनिनसकेकोले हो कि?

1 thought on “प्रधानमन्त्रीको लेटरप्याडमा पार्टीको विज्ञप्ति”

  1. गौरव योञ्जन says:
    July 14, 2018 at 4:32 pm

    हेर्नुस, मैले संधै धेरै फोरमहरु प्रासंगिक बिषयमा टिप्पणी गर्दा तलका कुरा उठाउदै आएको छु-
    प्रधान मन्त्रि र मन्त्रिहरुको सल्लाहकारहरु र पी ए स्वकीय सचिव आदिमा नियुक्ति गरिदा जतिकै विज्ञ भए पनि पार्टीका लाई सकेसम्म गरिनु हुँदैन| जात थर मिल्ने र नाता पर्नेलाई चै उक्त नियुक्तिमा कानुनी बन्देज नै गरिनु आवश्यक छ| उक्त नियुक्ति सरकारी कोषबाट तलब भत्ता खानेलाई लागु हुनेछ| अलि क्रिएटिभ बनेर प्रत्यक्ष र परोक्ष रुपमा आईएनजीओ लाई फण्ड गर्न लगाउने खोजे जनताले त्यसको पनि निगरानी गर्नेछन|

    ककसले अहिलेसम्म सरकारी कोषबाट तलब र भत्ता ख्वाएर आफ्ना मान्छे वा पार्टीका मान्छेलाई पी ए, सहयोगी, कम्प्युटर अपरेटर र सल्लाहकारहरु नियुक्ति दिएका थिए वा छन्, त्यो लिस्ट प्रकाशमा आए नेतालाई नभए पनि नेपाली गरिखाने मेहनती जनतालाई शरम लाग्नेछ| कसैको सालो, कसैको छोरो, कसैको भान्जा अनि कसैको गर्लफ्रेन्डको आफन्त|

    भ्रष्टचार र अपारदर्शिताको त्यो मूल जरो नै हो|

    कोइ नेताले त कतिसम्म हिम्मत गरे भने अन्तराष्ट्रिय तौरमा भ्रष्टचार गरेर मुलुकको बदनाम गरेका व्यक्तिलाई पनि आफु नेताको नाताले सांसद मै मनोनित गरे|

    दुइटै कोईराला, माकुने र शेरेको सरकारले थप स्थायित्व दिंदै आएको उक्त भ्रष्ट पद्धतिलाई तोड्ने प्रष्ट जनादेश ओली र प्रचण्ड दुवैमा छ| तर अहिलेसम्मको स्थितिले वोध गराएका छन् यस कार्यमा दुवै हिम्मतहारा र लाचार देखिएका छन्| आफ्नो मान्छे वा परिवार जन वा पार्टिगत रुपमा मौकाको फायदा उठाउने तिर दौडेका छन्|
    लेबल मात्र नंया नेपाल दिएर कसोरी हुन्छ हौ कमरेड इन कमाण्ड हरु?

    पी ए र सल्लाहकारहरु केवल आफ्नै मान्छे मात्र नियुक्ति गर्ने हो भने यो मुलुकमा उनीहरुकै वृत्त बाहेक अरुले चान्स पाउन कठिन छ| जो छन् उनीहरु बढछन्, अरु लढ्या लढ्यै| यही हो त नेपालको कम्युनिज्म पुष्पलाल, मनमोहन, निर्मल आदिले वलिदान दिएको?

    माथिको प्रेस बिज्ञप्तिमा उठाइएको मुद्दामा ध्यान नदिनुको एउटा कारण पार्टि र आफ्नो मान्छे सल्लाहकारको काम गराई र सोचाई कमजोरीले गर्दा हो| सरकारी तलब भत्ता खाएका धेरैजसो आफ्ना मान्छे र आफ्ना पार्टी पी ए र सल्लाहकारहरुलाई पार्टीको काम गर्न पर्ने कि मुलुकको हितमा गर्ने पर्ने कुनै हेक्का नै छैन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme