Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक दशकपछि कान्तिपुरको नेतृत्व पुनः नारायण वाग्लेलाई, हरिबहादुर थापाको राजीनामा?

Posted on July 13, 2018July 13, 2018 by Salokya


१० वर्षपछि खोलो फर्किन्छ भने जस्तै कान्तिपुर दैनिकको नेतृत्व पुनः नारायण वाग्लेको हातमा आएको छ। यसअघि कान्तिपुरकै सम्पादक रहेका वाग्लेलाई सुधीर शर्माको राजीनामा पछि प्रधान सम्पादकमा नियुक्त गरिएको हो। वाग्लेलाई भित्र्याइएसँगै प्रिन्ट लाइनमा नाम नआएका कान्तिपुरका सम्पादक हरिबहादुर थापाको भने राजीनामाको चर्चा चलेको छ। उनी नयाँ सम्पादकलाई स्वागत र पुरानालाई विदाइ कार्यक्रममा पनि बसेनन्। स्रोतका अनुसार उनले आन्तरिक रुपमा राजीनामा घोषणा गरिसकेका छन् तर ‍‍‍औपचारिक घोषणा भने आइतबार गर्ने भनी हिँडेका छन्।

काठमाण्डु पोस्टबाट राजीनामा दिएका प्रधान सम्पादक अखिलेश उपाध्यायले ट्विट गरी नारायण वाग्लेलाई जिम्मेवारी हस्तान्तरणको फोटो राखेका छन्

Great to welcome back @narayanwagle as Editor in Chief of Kantipur. pic.twitter.com/KRfQqfKvsD

— Akhilesh Upadhyay (@akhileshU) July 13, 2018

सुधीर शर्माले बुधबारै राजीनामा दिएको सोसल मिडियाबाट घोषणा गरे पनि यसबारे औपचारिक समाचार कान्तिपुर दैनिकमा शुक्रबारको अंकमा समेत गरिएको थिएन।

१० वर्षअघि कान्तिपुरबाट विनोदराज ज्ञवाली अलग्गिँदा वाग्ले कान्तिपुरका सम्पादक थिए। उनीसहित काठमाण्डु पोस्टका सम्पादक प्रतीक प्रधान, समाचार सम्पादक अमित ढकाल, कान्तिपुरका समाचार सम्पादक गुणराज लुइँटेलसहित नाम चलेका पत्रकारहरुको ठूलो समूह कान्तिपुरबाट बाहिरिएका थिए।

त्यसपछि कान्तिपुरको नेतृत्व सुधीर शर्माले गरेका थिए। ज्ञवालीसँगै बाहिरिएकाहरु भने पछि ज्ञवालीसँग मतभेद भएपछि दैनिकी पत्रिका निकाल्न कस्सिएका थिए। तर दैनिकी अनलाइनमा मात्र आयो, पत्रिका आएन।

पछि यो टिम पुनः ज्ञवालीकै समूहमा मर्ज भएपछि नागरिक दैनिक र रिपब्लिका दैनिक प्रकाशित भयो। नागरिक दैनिकका सम्पादक नारायण वाग्ले भए भने रिपब्लिकाका सम्पादक अमित ढकाल। प्रतीक प्रधान ग्रुप एडिटर बने।

त्यसको एक वर्षपछि प्रतीक प्रधान नागरिकबाट अलग्गिए। तर व्यवस्थापनसित कुरा नमिलेपछि २०६९ सालमा नारायण वाग्ले र अमित ढकाल दुवै नागरिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाबाट बाहिरिए।

‘कान्तिपुर’ सँग अलग्गिएपछि नयाँ राष्ट्रिय दैनिकको तयारी थालेको ज्ञवालीको प्रकाशन संस्थाले सुरुमा युवराज घिमिरेलाई प्रधान सम्पादक नियुक्त गरेको थियो। तर वैशाख ११ गते ‘नागरिक’ दैनिक सुरु हुँदा घिमिरेले राजीनामा दिइसकेका थिए र नारायण वाग्ले प्रधान सम्पादक भए। वाग्लेको तीन वर्षीय कार्यकालपछि किशोर नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष प्रतीक प्रधान नागरिकको प्रधान सम्पादक बने। त्यसपछि नागरिकमा गुणराज लुइँटेल सम्पादक छन्।

अमित ढकालको सम्पादकत्वमा सेतोपाटी अनलाइन सुरु भयो जसमा नारायण वाग्ले पनि प्रमुख टिप्पणीकारका रुपमा रहे।

कान्तिपुरबाट ठूलो संख्यामा नाम चलेका पत्रकारहरु बाहिरिँदा हरिबहादुर थापा भने कान्तिपुरमै रहेका थिए। उनलाई गत वार्षिकोत्सवमा मात्र सम्पादकमा बढुवा गरिएको थियो। धेरैले शर्माको बहिर्गमनपछि नेतृत्व उनकै हातमा आउने सोचेका थिए। तर त्यसो भएन।

१० वर्षपछि नारायण वाग्लेले पुनः सम्पादकीय नेतृत्व लिँदा थापाले कान्तिपुरबाट राजीनामा गरेका छन्।

किन राजीनामा?
राजीनामाको यकिन कारण अहिलेसम्म खुल्न सकेको छैन। आफ्ना सहकर्मीहरुलाई राजीनामाको जानकारी दिँदा सुधीर शर्मा र अखिलेश उपाध्याय दुवैले ‘व्यक्तिगत कारण’मात्र बताएका थिए। टाइम्स अफ इन्डियामा काम गरिसकेका एक भारतीय नागरिक रजनिश ऋखी कैलाश सिरोहियाभन्दा मुनि रहने गरी आउन लागेको नै यो लफडाको मुख्य कारण भएको बुझिएको छ। तर टाइम्स अफ इन्डियाको लगानी नै भित्रिन लागेको हो कि व्यवस्थापनका लागि
पावरफूल म्यानेजर भित्रिन लागेको हो, ती म्यानेजरसित सम्पादकीय हस्तक्षेपको अधिकार हुने हो कि हैन, स्पष्ट भएको छैन।

बिदाई र स्वागतकाे क्षण @sudheerktm @narayanwagle pic.twitter.com/bRjx6h89GP

— Janakraj Sapkota (@janakrasa) July 13, 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme