Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सञ्चारमन्त्रीको ‘भाले’ भारत पुग्यो

Posted on July 13, 2018July 13, 2018 by Salokya

गएको जेठ ३१ गते मन्त्रिपरिषद्को बैठकका निर्णय बारे जानकारी दिने क्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री जो कि सरकारका प्रवक्ता पनि हुन्, गोकुल बाँस्कोटाले भन्नुभो,’सदर चिडियाखाना जावालखेलमा रहेको एउटा भाले, जो साइटिस सन्धि अन्तर्गत भारतको रहेछ, त्यो भारत सरकारलाई फर्काउने निर्णय भएको छ।’

उहाँले भाले त भन्नुभो, तर केको भाले चाहिँ भन्नुभएन। कुखुराको भाले कि गैँडाको भाले कि हरिणको भाले कि….। त्यतिबेला नखुले पनि अहिले भारतै पुगिसकेपछि भने खुलेको छ।

सबभन्दा पहिला हेर्नुस् मन्त्रीज्युले के भन्नुभएको थियो त्यसको भिडियो-

‘भालु’लाई अलि फरक अर्थमा पनि जनजिब्रोमा बुझ्ने चलन छ। कतै त्यही अप्ठेरो लागेर ‘भाले’ भनिएको हो कि। खासमा यो भालु रहेछ रंगिला नामको। वाइल्डलाइफ एसओएस नामको संस्थाले यसलाई भारत फर्काउन प्रयास गरेको रहेछ जुन केही दिनअघि सफल भयो।

BREAKING NEWS!
After months of highly stressful calibration & international negotiations, we finally have all the paperwork in place & Team @WildlifeSOS is in Nepal to rescue & repatriate the one surviving #SlothBear ‘Rangila’ back to India! pic.twitter.com/L5OJZ17du2

— Wildlife SOS (@WildlifeSOS) July 10, 2018

एनिमल एम्बुलेन्समा राख्दै नेपालको जाउलाखेलस्थित चिडियाघरमा रहेको यो भालुलाई मंगलबार भारतको गोरखपुर पुर्‍याइएको थियो।

#UpdateFromTheField
The @WildlifeSOS convoy bringing Rangila, the #SlothBear from Nepal has reached the city of Gorakhpur in Uttar Pradesh now, which is approx 400 kms away from the #AgraBearRescueFacility.
Your kind support makes such rescues possible: https://t.co/ZpzkoVbrkY pic.twitter.com/qYVH8qXeRk

— Wildlife SOS (@WildlifeSOS) July 10, 2018

भोलिपल्ट बुधबार यो भालु भारतको उद्दार गरिएको भालु राख्ने ठाउँमा पुग्यो। त्यहाँ दुई सय वटा भालु रहेका छन्।

Can't contain our happiness as the @WildlifeSOS convoy carrying 'Rangila' the surviving Dancing Bear from the Kathmandu Zoo finally reaches the gates of the #AgraBearRescueFacility!
Please consider making a generous donation to support Rangila's new life: https://t.co/Pe6HPc0pNs pic.twitter.com/j3DQFtTP1M

— Wildlife SOS (@WildlifeSOS) July 11, 2018

रंगिला भाले भालु र सरिता पोथी भालुलाई तस्करहरुले नेपाल पुर्‍याएका थिए। तर सरिताको केही महिनाअघि मृत्यु भएको थियो। खासमा यी भालु सर्कसमा नचाउनका लागि लगिएका थिए।

खासमा मन्त्रीले भनेको गलत थिएन। भाले त भाले नै थियो। केको भाले भनेर चाहिँ मन्त्रीले भन्नुभएन। भालु भन्न अलि अप्ठेरो लागेको हुनुपर्छ। खासमा यो भाले भालु थियो।

यो बारे अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले समेत समाचार बनाएको छ
Nepal’s last known dancing bear finds home in Indian sanctuary

2 thoughts on “सञ्चारमन्त्रीको ‘भाले’ भारत पुग्यो”

  1. Krishna says:
    July 14, 2018 at 6:59 pm

    भालु भन्न गार्हो भयो नि मन्त्रि ज्युलाइ! कसरि भनुन तनी , सुन्दा पनि कस्तो लाग्छ 🙂
    “नेपाल बाट एउटा भालु भरत पठाइयो” हाहा

    Reply
  2. Jeevan Rai says:
    July 13, 2018 at 11:40 am

    यहाँ अमेरिकामा जस्तै नेपालमा पनि भाले भालु पाइनछ रे भन्ने
    सुनेको, सत्य रहेछ .. हाहा ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme